Posts

Showing posts from May 16, 2013

नेपाल थरको इतिहास

धेरै पहिले हिम नदीले गर्दा उत्तरी ध्रुवको आर्यनाम भाएहोबाट हाम्रा पुर्खजहरु (आर्यन) सरे । उनीहरुको यस महा भ्रमण दक्षिण र दक्षिण पश्चिम अर्थात् इरान, भारत, ग्रीस, रुस, जर्मनी एवम् अन्य युरोपेली राष्ट्रतर्फ रह्यो । करीब १५०० बि.सी. तिर हाम्रा वंशजहरु इरानी प्लाटुबाट आइ इन्दस नदी उपत्यका (पाकिस्तान) आक्रमण गरे जसले गर्दा गाढा छाला भएका वासिन्दाहरु (द्राविदियन) भागे । त्यसपछि ऋग्वेदिक कालमा (१३०० देखि १००० बि.सी.) हाम्रा पुर्वजहरु त्यस उपत्यकाबाट पूर्व तथा दक्षिणतर्फ (भारत) लागे । त्यतिखेर उनीहरुले ब्राम्हण पाठपुजा फैलाए र जातिभेदको थालनी गरे । उनीहरुको पहिलो यात्रा सप्तसिन्धु (कश्यप गिरी अर्थात् हिन्दू कुश पर्वत) तिर रह्यो । ती मध्ये शकहरु शकद्वीप हुदै दक्षिणतिरबाट मध्य भारत छिरे । खसहरु (हाम्रा पुर्वज) पूर्व हिमालय (मानस प्रदेश) सिन्ध र मध्य मेरुको उत्तरी पहाड, पामिर प्लाटु, युराल र चित्राल, जालन्धर पहाड, र काश्मीर उपत्यकातिर लागे । यो आठौं बि.सी. तिरको कुरा हो । त्यसपछि हाम्रा पुर्खाहरु पश्चिम बद्रिनाथतिर रहे । करीब १३ औं शताब्दी ई.स. तिर पर्वत पण्डित केदारभुमी त्यागेर सिंजा क...