गणतन्त्र आएको पाच बर्षमै धरापमा
संबिधान सभाको पहिलो बैठकमा जेष्ठ सदस्यका नाताले संबिधान सभा बैठकको अध्यक्षता गरेका कुलबहादुर गुरुङले गणतन्त्र कार्यन्वयनको प्रस्ताव अत्याधिक मतले पारित भएको घोषणा गर्दा संबिधान सभा हल तालीको ध्वनीले गुन्जायमान मात्र भएन झन्डै ६ दशकदेखिको नेपाली जनताको चाहाना गणतन्त्र स्थापना हुदा सारा देशले एक स्वरमा एक जुगमा एक दिन आउने ऐतिहासिक अवसर भएको उद्घोष गर्यो । नेपाल विधिवत रुपमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ मा प्रवेश गर्दा आम जनताहरुमा खुुसीयाली मात्रै ल्याएन सर्वसाधारणले गणतन्त्रका पक्षमा ठाउाठाउामा प्रदर्शन र दीपावली गरेर परिवर्तनलाई स्वागत गरेका थिए । त्यसैदिन तत्कालीन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देश नयाा युगमा प्रबेश गरेको घोषणा गरे । नेपालमा गणतन्त्र दिवस मनाइरहदाा नेपाली जनताहरु भने नेपालको राजनीतिक अस्थीरतालाई देखेर वाक्क छन् । १० बर्षको बलिदानीपूर्ण जनयुद्ध र १९ दिन लामो जनआन्दोलनबाट मुलुकमा गणतन्त्र स्थापना भएको ६ बर्ष लागेपनि आन्दोलनको उपलब्धीलाई सस्थागत गर्नतर्फ नलागी नेताहरु कुर्ची र सत्तालिप्सामा लाग्दा जनतामा राजनीतिक नेतृत्वप्रतिको विश्वास भने गुम...