Posts

Showing posts from June 10, 2016

चाल्दै-चाल्दै जीवन धूलो !

Image
                                                                                            -युवराज नयाँघरे चाल्न थालेको जीवन उमेर जत्तिकै भो ! जीवन चाल्दै छु म । चालेर हात थाके, आँखा गले, औँला बाउँडिए । तर नसकिने स्थितिमा छु जीवनलाई चाल्न । जानेदेखि बुझेर चालेँ । नजान्दै पनि चालिआएकै हो जीवनलाई । अँहँ, सकिएन चाल्न । घरमा श्रीमतीले पातलो चाल्नीले भान्सामा चाल्दैछिन् पीठो । एकदमै मसिन्न्याएर पीठो चालिरहेकी छन् उनी । हल्लाई-हल्लाई अथवा ढकढकाई-ढकढकाई पीठो चाल्ने उनको तन्मय निहालिरहेको छु छेउमै बसेर । तिनले पीठो घोटेर चाल्नी चलाएको हर्छु गहिरिएर । चालिएँ म यसरी नै थुप्रै घामपानीमा । उनले पीठो चालिरहेको कामलाई विचार्दैछु म पुस्तकमा घोत्लिएर । फरक पाटा हुन् यी । सिद्घान्त र व्यवहारका दुइ भँगालोजस्तो । सोच्छु-जीवन धूलै त हो नि ! हामी थाहा पाएर चाल्छौ...

संसारकै सुपर पावर जनवार कुन हाे ?

Image
– वेस्टर्न डायमण्डब्याक रेटलस्नेक संसारकै धैर्यवान शिकारी सर्प –यो सर्पले एक पटक आँखा झिम्क्याउँदा ४ पटक टोक्छ –मानिसको शरीरमा औसतमा ७ सय देखि ८ सय मांसपेशी, सानोभन्दा सानो प्रजातिको सर्पमा पनि १० हजार देखि १५ हजार मांशपेशी –पृथ्वीको गुरुत्वाकर्षण शक्तिभन्दा ३ गुणा तिव्र गतिमा आक्रमण –यो तिव्र गतिलाई उ आफैंले चाँहि कसरी नियन्त्रण गर्छ होला, किनकी उसले फुर्तीका साथ आक्रमणमा अघि सरेको बेला पछि हट्नुपर्ने समेत हुन्छ –के मान्छेले पनि यसबाट फाइदा लिन सक्छ ? केशरमणि कटुवाल/राजधानी  दोस्रो विश्वयुद्धको समाप्तीसँगै विश्व दुई धु्रवमा विभाजित भयो र लामो समय शीतयुद्धकालको अवस्थाबाट गुज्रिन पुग्यो । सोभियत संघको विघटनसँगै विश्वमा साम्यवादी खेमा कमजोर बन्न पुग्यो । पुँजीवादी खेमा मजबुत मात्रै बनेन उसको संसारमा एकलौटी नै चल्यो । आजपनि अमेरिका विश्वको सुपर पावर हो । कसैले रसियालाई सुपरपावरको रुपमा लिन्छन् भने चीन पनि अहिलेको उदाउँदो महाशक्ति राष्ट्र हो । पछिल्लो समयमा रुस, चीनलगाउतका देशहरु अमेरिकासँग टक्कर लिन सक्षम बनेका छन् । आर्थिक विकासको हिसाब गर्ने हो भन...