आसामका मुस्लिम यसरी बन्दैछन् अनागरिक !
हर्ष मन्दर/दिसपुर ३० जुनमा आसाममा नागरिकता दर्ता अपडेट गर्ने लामो प्रक्रिया पूरा भएको छ । सर्वोच्चको निगरानीमा चलिरहेको प्रक्रिया आसाको भारतीयको नाम प्रकाशित भएपछि समाप्त हुनेछ । यसको कारण आसाममा रहेका बंगालीभाषी करिब ९० लाख मुस्लिमहरुमा त्रासको माहौल सिर्जना भएको छ । मुस्लिम समुदायका जस्तै सानो संख्यामा रहेका बंगाली मूलका हिन्दूहरु पनि तनावमा परेका छन् । नागरिकताको राष्ट्रिय दर्ता प्रक्रियाको संयोजन गरिरहेका अधिकारी डा.प्रदीप हजेलालाई उदृत गर्दै करिब ४८ लाख आसामीले भारतीय नागरिक भएको प्रमाण पेश गर्न नसकेको समाचार आएको छ । तर, उनले यसको खण्डन गर्न आफ्नो हवाला दिँदै समाचार छाप्ने पत्रकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् । उनले राज्यमा अवैध रुपमा बसिरहेकाको संख्या ५० हजारको हाराहारी रहेको बताएका छन् । अब यसरी नागरिकता पाउनबाट बञ्चित हुनेलाई के विदेशी ठहर गरिन्छ ? यो सवाल अहिले जबरजस्त रुपमा उठेको छ । यस्तो अवस्थामा बंगलादेशी ठहर हुनेलाई स्वदेश फर्काउन भारतसँग कुनै सम्झौता नभएको अवस्थामा केही पुस्तादेखि भारतलाई आफ्नो देश मानेर बसिरहेका उनीहरुको अवस्था के हुन्छ भन्ने स्पष्ट छै...