Posts

Showing posts from November 17, 2012

प्रचण्डलाई कुट्नेमाथि कति होला सजायँ ?

Image
२ मंसिर, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डलाई बाग्लुङका पदम कुँवरले शुक्रबार सार्वजनिक स्थलमा थप्पड हाने । तत्कालै बसेको एमाओवादी पदाधिकारी वैठकले घटनालाई देशी, विदेशी प्रक्रियावादीको नियोजित खेल बतायो । माओवादी कार्यकर्ताको सख्त पिटाइ खाएका कुँवर यतिबेला प्रहरी अस्पतालमा उपचारत् छन् । जंगबहादुरका पालाको कानून भएको भए प्रचण्डलाई पिट्नेमाथि पैंचो चुक्ता भैसकेको छ, तर लोकतन्त्र र कानूनी शासनलाई मान्ने हो भने प्रचण्डको गालामा थप्पड हान्नेमाथि अब कानुनबमोजिम सजायँ हुनेछ । तर, नेपालको कानूनअुनसार प्रचण्डमाथि कुटपिट गर्नेलाई के-कति सजायँ होला ? यस विषयमा नेपाली कानून अस्पष्ट र दुर्बल छ । पदम कुँवरमाथि दुईवटा कानुन लाग्न सक्छन्, एउटा मुलुकी ऐनको महल ९ अनुसार ‘कुटपिटको’ र दोस्रो सिडियोले गर्ने कारवाही अन्तरगत केही सार्वजनिक (अपराध नियन्त्रण) ऐन । कुँवरले साथमा धारिलो हतियार नबोकेको र खुनी प्रकारको आक्रमण नगरेका कारण उनीमाथि ‘ज्यान मार्ने उद्योग’ जस्तो कडा कानुन प्रभावित हुने स्थिति छैन । कानून सबैलाई समान हुने हो भने प्रचण्डलाई कुटे पनि वा सामान्य नागरिकलाई कुटे पनि दोषीमाथि एउटै ...