जलवायु परिवर्तन र वाताबरणीय प्रभाव
चैत्रको महिनामा फुल्ने स्याउ र प्राय: फागुनको अन्तिम साता मात्र फुल्न थाल्ने लालीगुरास माघमै फुल्न थालेका छन् । बाहै्र महिना हिउंले ढाकेर सेताम्मे हुने हिमालहरुमा हिउं पग्लेर काला धब्बा मात्र देखिन थालेका छन् । यतिमात्र होइन कुनै समय लामखुट्टेको नाम मात्र सुनेका हिमाली जिल्लाका नागरिकहरु हिजोआज लामखुट्टेले टोकेर हैरान बनायो भन्न थालेका छन् । यी र यस्ता थुप्रै परिवर्तनहरु मानिसले प्रत्यक्ष अनुभूत गर्न थालेका छन् । जलवायु परिवर्तनका कारण तापक्रमको बृद्धि र वाताबरणीय बिनासले यसरी परिवर्तन आएको बारे सर्वसाधारण अनभिज्ञ छन् । विश्वमै जल्दोबल्दो समस्याका रुपमा देखिएको जलवायु परिवर्तनको प्रभाव सिङगो मानवसमुदाय र प्रकृतिका लागि साझा चुनौतीका रुपमा अगाडि आएको छ । प्राय: बोटविरुवा फुल्ने तथा पालुवालाई आधारमानी खेतीपाती लगाउने उनीहरुले खेतीपाती लगाउने समय समेत परिवर्तन गर्न थालेका छन् । बिश्वमा बढेको औधोगिकरण र अस्वस्थ वाताबरण मानवीय समस्याका रुपमा विकास भइरहेका छन् । तर पनि बाताबरणीय सरसफाईका क्षेत्रमा उल्लेख्य कार्य हुन सकेको छैन । यसबर्ष पनि सरकारी स्तरवाट नै राष्ट्...