घोषणामा नै सिमित अन्तराष्ट्रिय सहकारी बर्ष
संयुक्त राष्ट्र संघले सन् २०१२ लाई अन्तर्राष्टिय सहकारी वर्षको रुपमा मनाउने घोषणा गर्यो । सोही अनुरुप विश्वमै सहकारीमा जागरण ल्याउने कामहरु पनि भएका छन् । सहकारीमा जागरण ल्याउनकै लागि राष्ट्र संघले अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गर्न पुगेको राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल बताउछन् । तर नेपालमा भने राजधानीको खुलामञ्चमा अन्तर्राष्ट्रिय सहकारी वर्षको औपचारिक उद्घाटन कार्यक्रम गर्ने र कृषि तथा सहकारी मन्त्रालयलाई अलग गर्ने काम बाहेक सरकारले खासै उपलब्धीमुलक कामहरु गर्न सकेन । सहकारीको महत्व निकै रहेको बताउने डा.बाबुराम भट्टराईले नै सरकारको नेतृत्व गरेपनि सहकारीको क्षेत्रमा सरकारले उपलब्धीमुलक कामहरु गर्न सकेन । सहकारीलाई हेर्ने साझा दृष्टिकोणमा स्वयं सहकारीकर्मीहरुमा समेत समस्या रहेको सहकारी संघका अध्यक्ष बडाल बताउछन् । सहकारीको क्षेत्रमा जति विकास हुनु पर्ने हो त्यति विकास हुन नसके पनि क्रमिक रुपमा विकास भइरहेकोले भविष्य सहकारी सागै जोडिएको सहकारीकर्मीहरुको बुझाई छ । सहकारी संस्थाहरुको क्रमिक रुपमा विकाश हुदै गइरहेको छ । देशमा बिद्यमान सहकारी नीति नै सहकारीको विकास र वि...