Posts

Showing posts from July 16, 2020

१५ वर्षअघि नै कोरोना भाइरस आउने भविष्यवाणी

Image
यतिबेला विश्व कोरोना भाइरसको चपेटामा परेको छ । सबैभन्दा बढी कोरोना भाइरसबाट इटलीमा मृत्यु भएको छ भने अमेरिकामा सबैभन्दा बढी संक्रमित बनेका छन् । तर यतिबेला कोरोना भाइरसबारे पूर्व जानकारी थियो भन्ने कुराले विभिन्न सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म व्यापक चर्चा पाएका छन् ।  रुसको पुरानो पत्रिका प्राब्धाको अनलाइन संस्करणले कोरोना भाइरसबारे सन् २००५ मा नै अमेरिकी गुप्तचर एजेन्सी सीआईएले कोरोनाबारे रिपोर्ट तयार पारेको उल्लेख गरेको छ । सीआईएको रिपोर्ट ‘व्हाट द वल्र्ड विल बी २०२०’ यतिबेला चर्चामा आएको हो । जसमा कोभिड–२० को महामारीको विकासको वर्तमान परिदृश्य उल्लेख गरिएको छ ।  यो रिपोर्ट सेप्टेम्बर २००५ मा लेखिएको हो भने फ्रेन्चमेन अलेक्जेन्डर एड्लरले आफ्नो पुस्तक ‘द सीआइए रिपोर्ट अन व्हाट विल बी २०२०’ मा उल्लेख गरेका थिए । पुस्तक पश्चिमी देशमा २००५–२००९ मा प्रकाशनमा आएको थियो ।  ‘विभागले सधैंझै संसारको भविष्यबारे १५ देखि २० वर्ष अघि नै भविष्यवाणी गर्ने कोशिस गरेको थियो । वैश्विक महामारीको सम्भावना पनि आश्चर्यजनक रुपमा वास्तविक बनेको छ,’ एक वैश्विक महामारीको सम्...

कोरोना कालमा ३ हजार डाक्टरले गुमाए ज्यान

Image
विश्व यतिबेला कोरोना भाइरसको महामारीको सामना गरिरहेको छ । यसले आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा प्रभाव पारेको छ । संसारमा कोरोना भाइरसबाट १ करोड ३६ लाख ९१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघिसकेको छ ।  पछिल्लो २४ घन्टामा मात्रै संसारमा २ लाख ३४ हजार भन्दा बढी संक्रमित भेटिएका छन् । छिमेकी राष्ट्र भारतमा मात्रै संक्रमितको संख्या ९ लाख ७० हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । हालसम्म विश्वमा ५ लाख ८६ हजार ८२१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  कोरोना भाइरसको कहर ‘वारियर्स’ मा पनि परेको छ । कोरोना भाइरस विश्वमा यस्तो युद्धका रुपमा आयो, जुन स्वास्थ्यकर्मीको नेतृत्वमा लड्नुप¥यो । तर कोरोना भाइरसको सिकार ठूलो संख्यामा तीनै स्वास्थ्यकर्मी बनेका छन् । एम्नेस्टी इन्टरनेशनलको रिपोर्टअनुसार संसारमा कोरोना भाइरसको संक्रमणबाट ३ हजारभन्दा बढी चिकित्सकको मृत्यु भएको छ ।  कोरोनाबाट चिकित्सकको मृत्यु हुनुकापछि असुरक्षित वातावरणमा काम गर्नु, लामो समयसम्म निरन्तर काम गर्नु, कम तलव र केही देशमा त स्वास्थ्यकर्मीमाथि...