१५ वर्षअघि नै कोरोना भाइरस आउने भविष्यवाणी

यतिबेला विश्व कोरोना भाइरसको चपेटामा परेको छ । सबैभन्दा बढी कोरोना भाइरसबाट इटलीमा मृत्यु भएको छ भने अमेरिकामा सबैभन्दा बढी संक्रमित बनेका छन् । तर यतिबेला कोरोना भाइरसबारे पूर्व जानकारी थियो भन्ने कुराले विभिन्न सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म व्यापक चर्चा पाएका छन् । 

रुसको पुरानो पत्रिका प्राब्धाको अनलाइन संस्करणले कोरोना भाइरसबारे सन् २००५ मा नै अमेरिकी गुप्तचर एजेन्सी सीआईएले कोरोनाबारे रिपोर्ट तयार पारेको उल्लेख गरेको छ । सीआईएको रिपोर्ट ‘व्हाट द वल्र्ड विल बी २०२०’ यतिबेला चर्चामा आएको हो । जसमा कोभिड–२० को महामारीको विकासको वर्तमान परिदृश्य उल्लेख गरिएको छ । 

यो रिपोर्ट सेप्टेम्बर २००५ मा लेखिएको हो भने फ्रेन्चमेन अलेक्जेन्डर एड्लरले आफ्नो पुस्तक ‘द सीआइए रिपोर्ट अन व्हाट विल बी २०२०’ मा उल्लेख गरेका थिए । पुस्तक पश्चिमी देशमा २००५–२००९ मा प्रकाशनमा आएको थियो । 

‘विभागले सधैंझै संसारको भविष्यबारे १५ देखि २० वर्ष अघि नै भविष्यवाणी गर्ने कोशिस गरेको थियो । वैश्विक महामारीको सम्भावना पनि आश्चर्यजनक रुपमा वास्तविक बनेको छ,’ एक वैश्विक महामारीको सम्भावित प्रकोप नामको अध्यायमा सीआइए विशेषज्ञले एक परिदृश्य उल्लेख गरेका छन् । 

पूर्वाभास गर्दै उनी भन्छन्, ‘एक नयाँ, अत्यधिक संक्रामक, घातक, मानवमा श्वासप्रश्वाससम्बन्धि रोक आउनेछ । जसको कुनै पर्याप्त उपचार छैन र वैश्विक महामारीको कारण बन्न सक्छ ।’ 

कोही पनि महामारीका लागि तयार हुँदैन

कुनै पनि महामारीका लागि कोही तयार भएर बसेको हुँदैन । त्यसैले यस्ता संक्रामक रोग लागेपछि त्यसलाई नियन्त्रणमा लिन लामो समय पनि लाग्न सक्छ । यस्ता रोगका लक्षण र निम्त्याउने परिणाम सम्म पर्खिदा यस्ता रोग संक्रामक महामारीमा परिणत भइदिन्छन् । 
वैश्विक संक्रमण परिदृश्य
सीआईएको सो रिपोर्टमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय गतिविधि, केही सामान्य र विना लक्षणका यात्रुका माध्यमबाट या एक देशबाट अर्को देशमा फैलिन्छ । अधिक भन्दा अधिक संक्रमित हुनेछन् । हरेक महिना नयाँ संक्रमित भेटिदै जानेछन् ।’

नयाँ भारइसरको उत्पत्ति र क्षेत्रबारे समेत उल्लेख
‘यदी कुनै महामारी फैलिन्छ भने त्यो निसन्देह घना बस्ती भएको क्षेत्रमा फैलिन सुरु हुन्छ । जहाँ मानिसहरु जनावरको नजिक हुनेछन् । चीन र दक्षिण पूर्वी एसियामा यस्तो क्षेत्र छ, जहाँ मानिस पशुधनको सम्पर्कमा हुन्छन् ।’ सीआईएको रिपोर्टमा दश देखि केही सय मिलियन पश्चिमा देशका मानिसमा यो संक्रमण फैलिने र मृत्यु हुनेको संख्या पनि लाखौंको संख्यामा हुने छ । बाँकी संसारमा पनि आधारभूत ढाँचामा ह्रास आउनेछ, वैश्विक स्तरमा आर्थिक नोक्सान हुनेछ । लगभथ एक तिहाई जनसंख्या संक्रमणबाट रोगी बन्नेछन् ।

परिणाम स्पष्ट छः तनाव र द्वन्द्व
‘यदी यो रोग सन् २०२० मा देखियो भने आन्तरिक र देश देशबीच द्वन्द्व सुरु हुनेछ । अपर्याप्त क्षमता भएका देश संक्रमणबाट बच्नका लागि या त प्राकृतिक संशासनसम्म पहुँच बनाइराख्न र जनसख्या नियन्त्रणका लागि कोशिस गर्नेछन्,’ रिपोर्टको निश्कर्षमा भनिएको छ । 

प्रब्धालाई प्राप्त रिपोर्टअनुसार चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले आधिकारिक रुपमा ‘अमेरिकी सेनाले कोभिड–१९ भाइरस चीनको वुहानमा ल्याएको बताएका छन् । सन् २०१५ को वैज्ञानिक जर्नल नेचर मेडिसिनमा एक लेखमा अमेरिकी वैज्ञानिकले कृत्रिम रुपमा विभिन्न जनावरमा कोरोना भाइरसको ‘हाइब्रिड भर्सन’ बनाइरहेको उल्लेख छ, उदाहरणका रुपमा चमेरा । त्यसअघि सन् २०१३ मा उनीहरुले यस्ता भाइरस मानिसमा सार्न सक्ने सम्भावनाबारे अध्ययन गरिरहेको बताएका थिए । 

Comments

Popular posts from this blog

खस जातीको संक्षिप्त इतिहास

कम्प्युटर भनेको के हो ?

नेपाल थरको इतिहास