कम्प्युटर भनेको के हो ?
१.कम्प्युटर भनेको के हो ?
कम्प्युटर
एउटा Electronic यन्त्र हो। जसले इनपुट लिन्छ र उच्चबेगमा प्रयोगकर्ताले दिएको निर्देशन अनुसार प्राप्त
डाटालाई प्रशोधन गरि कार्य सम्पादन गरेर अर्थपुर्ण नतिजा प्रस्तुत गर्ने र डाटा भण्डार गर्ने काम गर्छ। जुन हाम्रो लागि उपयोगि हुन्छ जसलाई कम्प्युटर भनिन्छ।
“A Computer is an
electronic device which can perform mathematical calculation and logical
operation at very high speed”
COMPUTER FULLFORM
C:- Commonly (साधारण)
O:- Operating(सञ्चालन)
M:- Machine (यन्त्र)
P:- Purpose (उद्देश्य)
U:- Use full (उपयोगी)
T:- Technology (प्रविधि)
E:- Education (शिक्षा)
R:- Research (खोज तलस)
कम्प्युटरको परिभाषा
कम्प्युटर कएक इलेक्ट्रोनिक यन्त्र हो जसले अत्यन्तै उच्च वेगमा तर्कपुर्ण चरिकाले कार्य सम्पादन गर्न अधिकोश गणितीय समस्याहरु हल गर्न डाटा भण्डार गर्न तथा छाप्न सक्दछ।
साच्चै भन्ने
हो भने कम्प्युटर विधुतीयशक्तिबाट संच्चालित मानव निर्मित एक यन्त्र हो। यसले एक सेकेन्डमा
हजरौ करोड निर्देशनहरु पालना गर्न सक्दछ। यसले आफ्नो अन्तरिक भण्डारमा करोडौ अक्षर
वा अंकहरु संच्चय गर्न सक्दछ भने बाहिरि
भण्डारमा (Floppy, Hard disk, CD-Rom, Tape, Pen Drive, Memory Card )
सयौ खर्ब
अंक, अक्षरहरु, चित्रहरु, ग्राफहरु, चलचित्रहरु तथा आवजहरु भण्डार
गर्ने क्षमता राख्दछ। यि सम्पूर्ण
आँकडहरुलाई पढन, छानबिन गर्न, सूचनाको रुपमा तालिका तयार गर्न र आवश्यकता आनुसार केही सेकेन्डभित्रै
पुरा गर्न पनि सक्दछ। एउटा कम्प्युटरले अर्को कम्प्युटरसंग कुराकहानी गर्न र आफु व्यस्त
भएको समयमा आफ्नो काम अरुलाई वितरण
गर्नुका साथै अरुसंग मिलेर कार्य गर्न समेत सकिन्छ। हजारौ किलोमिटर टाढा रहेको कम्प्युटरसंग
आकाशमा स्थापित सेटलाईटको माध्यमबाट कुराकहानी गरि त्यसको कार्य पुरा गर्न सक्दछ। मानिसले
गर्न नसक्ने जोखीम पूर्ण कार्यहरु गर्ने वाक्क लाग्ने झन्झटिला कार्यहरु र तर्क पूर्ण
कार्यहरु गर्ने क्षमता भएको यन्त्र कम्प्युटर हो। कम्प्युटरले आकाश, समुन्द्र , तथा धरातालमा बसी चौबिसै घण्टा कार्यमा एकचिन्त भइ मनिषलाई साथ
दिने साधनको रुपमा सहयोग गर्न सक्दछ। आज जसरि टेलिफोने, टेलिभिजन हवाईजहज, मोटर, मोटरसाइकल, प्रिन्टिङप्रेस तथा टाईपराइटरले, जुनसुकै पेसामा लागेका व्यक्तिहरुलाई साधनको रुपमा कार्य गरि
सहयोग पुर्याइदिन्छ त्यसैगरि कम्प्युटरले पनि मनावजातिलाई कुनचाहि काममा सहयोग गर्न
सक्दैन भन्न गाहो् भएकोछ। त्यसैले आजकल युरोपतिरु "Computer
is pen" भन्ने कुरो प्रचलितछ। आब यसको
महिमा गाएर साध्य छैन। यसकारण डाक्टर, इन्जिनियर, मेनेजर, डाइरेक्टर, प्रोफेसर, अनुसन्धानकर्ता, शिक्षक, बिधार्थी, गण्तिज्ञ, वैज्ञानिक, व्यपारी, उद्धयोगी, खेलेडी तथा आन्य जोसुकैलाइ कम्प्युटर
अत्यन्तै उपयोगी साधन कलम जस्तै हुन थालेकोछ। अब हाम्रो मुलुकमा पनि एक उपयोगी साधनको
रुपमा यसको प्रयोग हुन लागेकोछ।
कम्प्युटर बाट हुने फाइदा(ADVANTAGE OF COMPUTER)
कम्प्युटर
एक असाध्यै, छिटो, सुव्द र जटिल गण्तिय कार्य गर्न सक्ने इलेक्ट्रोनिक यन्त्र हो। हजारौ किलोमिटर टाढा रहेका रेकर्ड
वा तालिकालाई आफ्नो पर्दामा ल्याउन प्रसोधन गर्न र प्रयोग गर्न सक्ने यन्त्र हो। बारबार
दोहरि रहने, झन्झटलाग्दा कार्यहरु
बर्षौसम्म नथाकी गरिरहन सक्ने यन्त्र हो। मानिसको कार्य क्षमता, स्मरण शक्ति तर्कपूर्ण सोचाईमा बृद्नि गरि सहयोग पुर्याउने विधुतीय
यन्त्र हो। इनपुट लिएर प्रोग्राम अनुसार सम्पादन गरि (Out
Put) प्रस्तुत गर्ने एक बहुरुपी यन्त्र हो।
ADVANTAGES OF COMPUTER
1:- it can work very fast.
2:- it can give accurate
results.
3:- it can store large
amount of date for future use.
4:- it can work nonstop for
a long time.
5:- it can work
automatically.
6:- it can be used in many
field and applications.
DISADVANTAGES/LIMITATIONS
OF COMPUTER
1:- it is expensive
machine.
2:- it is not affordable by
everyone.
3:- it cannot work itself.
If needs to operate.
4:- it needs skilled
manpower to operate.
5:- it cannot think
rationally like human being can do.
6:- it only does the work
that is instructed.
कम्प्युटरका विशेषताहरु characteristics
of computer
1:- स्वचालन (Automatic)
2:- कार्य बेग (Speed)
3:- सुद्धता (Accuracy)
4:- डाटा भण्डार (Storage)
5:- मेहनती लगनशिल (Diligent)
6:- विविधकार्य क्षमता (Versatility)
(1) स्वचालन (Automatic)
कम्प्युटरलाई ठिकबेठीक निर्देशनहरु दिन सकिएमा यसले Automatic कार्यहरु गर्न सक्दछ डाटा र प्रोगराम भण्डार गरिएका कम्प्युटरमा मानिसले चाहेमा लगातार कामहरु गर्न लगाइ राख्न सकिन्छ।
(2) कार्य बेग(Speed)
कम्प्युटरले काम अत्यन्तै छिटो गर्न सक्दछ अर्थात एक सेकेन्डमा हजारौ, वा करोडौ निर्देशनहरु पालना गर्न सक्छ। साधारणतय यसको कार्य क्षमतालाई सेकेन्डमा नाप्ने चलन छ।
(क) मिलीसेकेन्ड – एक हजार भागको एक खण्ड
(ख) माईक्रो सेकेन्ड – दश लाख भागको एक खण्ड
(ग) नानो सेकेन्ड – एक अरब भागको एक खण्ड
(घ) पिको सेकेन्ड – दश खरब भागको एक खण्ड
(ङ) फेक्तो सेकेन्ड – दश निल भागको एक खण्ड
Unit of the part meaning
part of second power.
Millisecond (ms) one
thousandth of a second 1/1000
sec
[10] ^ (-3)
Microsecond (us) one
millionth of a second 1/1000000
sec [10] ^ (-6)
Nanosecond (ns) one billion
of a second 1/000000000
sec
[10] ^ (-9)
Pico second (ps) one
trillionth of a second 1/10000000000 sec [10] ^ (-10)
(3) सुद्धता(Accuracy)
कम्प्युटरले हिसाब गरि निकाल्ने नतिजा सत प्रतिसत ठिक हुन्छ। हामीले गलत प्रोग्राम वा गलत सुत्र वा डाटा दिएमा मात्र गलत उत्तर निकाल्दछ।अन्यथा यसले गर्ने हिसाब गलत हुदैन।
(4) डाटा भण्डार (Storage)
कम्प्युटर भित्र डाटा भण्डार हुने ठाउलाई Hard
Disk भन्दछ । हुन त बाहिरपट्टी कम्प्युटरले आफ्नो डाटाहरु टेप, फल्पी डिस्क र सिडीरोम डिस्कमा पनि भण्डार गर्दछ।
यी सबैलाइ डाटा भण्डार गर्ने ठाउको रुपमा लिइन्छ यीनीहरुमा कतिवटा डाटा वा रेकर्डहरु अड्छन् भनि क्षमता नाप गर्न एउटा Unite आवस्यकता पर्दछ डाटा भण्डार गर्ने क्षमता Byte मा नापिन्छ। अर्थात एक Byte भन्नुको अर्थ एउटा अक्षर वा अंक वा चिन्ह हो ।
जस्तै :- (A B
C D 1 2 3 ) ईत्यादि हुन्।
(5) मेहनती लगनशिल (Diligent)
कम्प्युटरले
काम गर्दा बढी एकाग्रता कायम गर्न सक्छ यसलाई जुन काम दियो उता हेरी एकैनासले त्यो
काम धेरैपटक दोह्रोर्याई, तेह्रोर्याई गरि रहने गर्दछ।
उक्त कार्य गर्दा यसले सुद्ध नतिजा ल्याउन उच्चा
वेगमा बिना रोकावट कार्य गरिरहन्छ। मनिषले काम गर्दा थकित हुने, गल्ति नतिजा निकाल्ने तथा अल्छि गर्ने हुन्छ तर कम्प्युटरले
कहिल्यै ढिला, गल्ति तथा अल्छि गर्ने काम गर्दैन यसैमा यसको महत्व छ।
(6) विविध कार्य क्षमता (Versatility)
कम्प्युटर एउटा यस्तो मेसिन हो जसले धेरै थरीका कामदरु गर्न सक्दछश्। कम्प्युटर हिसाब गर्ने, लेखा छाप्ने, ग्राफ खिच्ने, लेखा राख्ने, नक्सा कोर्ने, फोटो खिच्ने, चिठिपत्र आदनप्रदान गर्ने, रोग निरिक्षण गर्ने, वैज्ञानिक कार्य गर्ने, बैकिङग कार्य गर्ने, शिक्षक बनि पढाउने रिजल्ट तयार गरिदिने लगाएका धेरै कामहरु गर्न सक्दछ त्यसैले कम्प्युटर एउटा विविध कार्य क्षमता भएको मेशिन हो।
कम्प्युटरको वर्गीकरण
हामिले फरक-फरक कम्प्युटर प्रयोग गर्दछौ कम्प्युटरहरुमा फरक-फरक कामका लागि फरक-फरक खालका कम्प्युटर उत्पादन गरेका छन्। त्यसैले आज हामिले बजारमा धेरै धरीका कम्प्युटर देख्न सक्छौ।
कार्य अनुसार कम्प्युटर मुख्य तिन प्रकारका छन्।
(1) एनालग कम्प्युटर – Analogue computer
यो यस्तो कम्प्युटर जसले गणनाको सट्टा कुनै पनि ईकाइ नापेर वा मानिसले जस्तै कार्य गर्नसक्दछ। यस्तो कम्प्युटरलाई एनालग कम्प्युटर भनिन्छ। ग्रिक शब्द “एनालग” बाट एनालग भन्ने नाम राखिएको हो। ट्याक्सिमा चढ्दा जति टाढा गयो उति,उति मिटरमा पैसा थपिदै जान्छ त्यस्तै मोटरसाइकलमा त्यसको गुड्ने वेग बढ्दै जादा 20,30
वा 40 को गति किलोमिटर वेगका साथ बढ्दै जान्छ त्यसलाई स्पोडमिटरको सुइले देखाउदै जान्छ। पेट्रोल पम्प बाट पेट्रोल वा डिजल खन्याउदै जादाँ लिटरको सङख्या बढ्दै जान्छ। त्यस्ता कम्प्युटरलाइ एनालग मेसिन भनिन्छ। अन्तर्देशिय टेलिफोन प्रयोग गर्दा लागेको समय नाप्ने यन्त्रलाकई पनि एनालग कम्प्युटर भन्दछन्।
(2) डिजिटल कम्प्युटर – Digital Computer
वाईनरि डिजिट (O र I ) मा आधारित कम्प्युटरहरुलाई डिजिटल कम्प्युटर भनिन्छ। यस्ता कम्प्युटरले कुनै पनि नाप नाप्नको सट्टा सख्या गरेर कार्य गर्ने गर्दछ। आज संसारमा भर प्रयोग भएका 90% कम्प्युटर डिजिटल छन्।
(3) हाइब्रिट कम्प्युटर (
Hybrid Computer)
एनालग र डिजिटल कम्प्युटरले गर्ने काम एउटै कम्प्युटरले गर्न सक्ने गरि बनाइको कम्प्युटरलाई हाइब्रिट कम्प्युटर भनिन्छ। हाइब्रिट कम्प्युटरलाइ खासगरि अस्पताल, कारखाना, बैज्ञानिक,कार्यशाला, हवाईजहाँज, रकेड आदिमा जडान गरिएको हुन्छ। आएतन अनुसार 9 इल (
Hybrid Computer)
आयतन अनुसार कम्प्युटर मुख्य चार भागमा बर्गिकरण गरिएको छ।
(क) सुपर कम्प्युटर (Super Computer)
सुपर कम्प्युटर
सबै भन्दा शक्तिशाली कम्प्युटर हो। यसको साइज ठुलो हुन्छ। प्रोसेशिङ्ग गति पनि निकै
बढी हुन्छ। यस्ता कम्प्युटर खस गरि वैज्ञानिक, अनुसन्धानहरु जस्ता न्युक्लीयर फिजन, न्युक्लीयर चेक रियाक्सन आदिको लागि प्रयोग गरिन्छ।
(ख) मेनफ्रेम कम्प्युटर (Mainframe
Computer)
मेनफ्रेम
कम्प्युटर आयतनको हिसाबले निक्कै ठुलो हुन्छ। करिब १ हजर वर्ग फिट ठाउँ लिन्छ। यो निकै
शक्तिशाली प्रोसेशिङ्ग गति निकै बढी भएको कम्प्युटर हो। यस कम्प्युटर बाट एकै पटक ४००+५००
ओटा कम्प्युटर टर्मिनलमा डाटा इन्ट्री गर्न वा डाटा प्रोसेशिङ्ग गर्न सकिन्छ। यस्ता
कम्प्युटर एकै समयमा सयौ मानिसहरुले काम घर्ना सक्दछ। यसको मूल्य पनि निकै धेरै छ।
यसले नेटवर्किङमा भाग लिन सक्दछ।
(ग) मिनी कम्प्युटर (Mini
Computer)
मिनी कम्प्युटर
मेनफ्रेम कम्प्युटर भन्दा कम शक्तिशाली र माईक्रो कम्प्युटर भन्दा बढी शक्तिशाली हुन्छ
यस कम्प्युटरमा पनि सयौ टर्मिनलहरु जोडेर यस बाट काम गराउन सकिन्छ। यी कम्प्युटरहरु
मुख्यगरि डाटा प्रोसेशिङ्ग, प्रोग्रमिंग र डेस्कटप जस्ता
कार्यहरुमा प्रयोग गरिन्छ।
(4) माईक्रो
कम्प्युटर (Micros Computer)
माइक्रो
कम्प्युटर आयतनको हिसाबले सब भन्दा सानो कम्प्युटर हो। यो कम्प्युटर माईक्रो चिप्स
(Microchips) प्रयोग गरेर बनाइएको
हुनाले यसको नाम माईक्रो कम्प्युटर रहेको हो। माईक्रो कम्प्युटरलाई प्रसनल वा Home कम्प्युटर भनिन्छ यो कम्प्युटर
घर, अफिसमा, मुख्य गरि आवस्यकछ। आज भोलि धेरै जसो क्षेत्र जस्तै, व्यापार, व्यवसाय, शिक्षा, संचार हरुमा प्रयोग गरिन्छ।
कम्प्युटरले
कसरी काम गर्दछ ?
How does a computer work?
कम्प्युटरले
काम गर्नको लागि हार्डवेयर(Hardware) र सफ्टवेयर(Software) को मिलन हुनुपर्दछ। हार्डवेयर(Hardware) भन्नाले कम्प्युटरका विभिन्न भागहरु हुन् जस्तैः सि.पि.यु,
मनिटर, प्रिन्टर, किबोर्ड, माउस इत्यादीलाई बुझिन्छ। जसलाई हामीले आखाँले देख्नन र हातले छुन सक्छौ तर सफ्टवेयर(Software)भन्नाले कम्प्युटर ले बुझ्ने भाषामा क्रमबद्व गरि लेखिएका निर्देशनहरुका
विभिन्न सेटहरु लाई सफ्टवेयर भनिन्छ जसलाई हामीले हातले छुन सक्दैनौ।
कम्प्युटर
इनपुट र आउटपुट (IPO) सिद्वान्त आनुषर काम गर्दछ।
इनपुट
प्रोसेसर
आउटपुट
30+90 प्रसोधन,
प्रोसेसर, सि.पि.यु 120 परिमाण
डाटा
आउटपुट साधनहरु
इनपुट साधनहरु
मनिटर
किबोर्ड
प्रिन्टर
माउस
स्क्यानर स्पिकर
माईक्रोफोन
डिजीटल-वेब
क्यामरा
कम्प्युटर
संचालन गर्ने तरिका
कम्प्युटर
एउटा मेसिन हो जसले प्रयोग कर्ताले दिइएको निर्देशन आनुसार काम गर्दछ। कम्प्युटरलाई
काम गराउनको लागि वा रेडी गराउनको लागि त्यसमा जोडिएका सम्पूर्ण भागहरु (Peripherals) राम्रो संग जोडिएको हुनु पर्दछ। अनि सम्पूर्ण हार्डवयर र सफ्टवेयरहरु बीचमा सम्बन्ध कायम गराउन पर्दछ यसरि हार्डवयर र सफ्टवेयर
बीचको एक आपसमा सम्बन्ध कायम गराउन एउटा बिषेश प्रकारको
सफ्टवेयर आवस्यकता पर्दछ जसलाई अप्रेटिंग सिस्टम ९(Operating
System)सफ्टवेयर भनिन्छ।
कम्प्युटर
खोल्दा पहिले यसमा U.P.S (On) गर्नुपर्दछ। त्यसपछि यसको सुरुवातको लागि प्रोसेस अप्रेटिङ
सिस्टमबाट सुरु हुन्छ। त्यसपछि हामी कम्प्युटरका प्रोग्राम भित्रजनाको लागि फरक -फरक
प्रोसेस छन् उक्त कुरा तपाइको कम्प्युटरमा राखेको अप्रेटिङ सिस्टमा भर पर्दछ। त्यसैले
कम्प्युटर संचालन गर्नु भन्दा अगाडी आफ्नो कम्प्युटरमा राखेको अप्रेटिङ सिस्टमको बारेमा
ज्ञान हुनु आवश्यक छ।विन्डोज अप्रेटिङ सिस्टम अन्तर्गत
कम्प्युटर खोल्ने तरिका स्टेप १:- U.P.S.(Uninterrupted
Power Supply) (On) गर्नुहोस।
स्टेप २:-
कम्प्युटर C.P.U (Central Processing
Unit) को स्विच (On) गर्नुहोस।
स्टेप ३:-
र मनिटरको स्विच (On) गर्नुहोस।
COMPUTER को आगाडी को भाग।
(1) सिडी रोम
(2) फ्लोप्पी डिस्क
(3) पावर आँन बटन
(4) रिरेस्ट बटन
(5) यू.एस.बि.पोर्ट
(6) साउण्ड पोर्ट
COMPUTER को पछाडिको भाग।
(1) (SMPS)
Switch Mode Power Supply
(2) Out Put Power Port (200-240)
(3) In Put Power Port (200-240)
(4) Ps/2
key Board Port(Purpale Color)
(5) Ps/2 Mouse Port(Green
Color)
(6) Com
(Sirial) Port (9pin)
(7) Parllel
(Lpt) port
(8) Display
port (Monitor Cable)
(9) USB Port (Universal
Sirial Bus)
(10) Lanport,
net work port (local aria network) Rj45 jack(Connector)
(11) Microphone
input port (pink color)
(12) Sound
out port (Green Color)
(13) Microphone
out port (Sky Blue)
(14) CPU
Colling Fan
त्यसपछि
केहि समय पर्खनु पर्ने हुन्छ, जुन समयमा कम्प्युटरले बुटिङ (Booting) प्रोसेस गर्दछ। बुटिङ (Booting) भनेको कम्प्युटर खोल्ने क्रममा हार्डडिस्क वा अन्य स्टोरेज
डिभाइसहरु (CD-Rom, Floppy, E.T.C) रहेको सिस्टम
फाईलहरु कम्प्युटरको मेमोरी(Memory) मा ल्याउने काम हुन्छ यहि प्रतिक्रियालाई नैबुटिङ (Booting) भनिन्छ।
यस क्रममा
मनिटरहरुमा कुनै निर्देशनहरु देखिएन भने त्यसलाई पालना गर्दै जानु पर्दछ यदि तपाइको
कम्प्युटर पासवर्ड (Password) सिस्टमबाट लग गर्नु भएको छ
भने युजर नेम र त्यस पासवर्ड टाइप गर्नुपर्दछ।
विन्डोज Windows
परिचय
:- अप्रेटिङ सिस्टम एउटा यस्तो प्रोग्राम
हो जसले कम्प्युटर सिस्टमको सम्पूर्ण क्रियाकलापलाई निन्त्रण तथा संचालन गर्दछ अप्रेटिङ
सिस्टमहरु धेरै प्रकारका छन्। जस्तै MS, DOS MS
Windows(95/98/2000/XP Vista Etc) Unix
Linux आदि यी मध्ये आज विश्वको
धेरै भन्दा धेरै (प्राय सबै जसो) कम्प्युटर प्रयोग कर्ताहरुले विन्डोज (Windows)अप्रेटिङ सिस्टमनै प्रयोग गरेको पाइन्छ यो माइक्रोसोफ्ट कम्पनीले
उत्तपदन गरेको अप्रेटिङ सिस्टम हो। यस कम्पनीले विन्डोज भर्सनहरु उत्त्पदन गरिसकेका
छन्। जस मध्ये Windows Vista यस कम्पनीले हालैमात्र उत्त्पदन गरिको निकै एड्भान्स फिचहरु
र सुबिधाहरु उपलब्ध भएको अप्रेटिङ सिस्टम हो। यसको प्रयोग भर्खरै मात्र शुरुभएको छ।
विन्डोज एक्स.पि मा यस भन्दा अगाडी रिलिज गरिएका भर्सनहरु भन्दा निकै धेरै एड्भान्स
फिचरहरु उपलब्ध छन्। जसले गर्दा हामीलाई कम्प्युटर संचालन गर्न निकै सजिलो भएको छ।
यसले Dos तथा Windows मा आधारित सम्पूर्ण प्रोग्राम हरुलाई छिटो तथा सजिलै रन गराउन
सक्दछ। यसमा निकै एड्भान्स र शक्तिशाली मल्टिमिडिया तथा नेटवकिंगका फिचरहरु हुन्। यसले
इन्टरनेट-इमेल अडियो, भिडियो, च्याट, भ्वइस च्याटका लागि निकै सजिलो गराएको छ। त्यसैले आजकाल कम्प्युटर
प्रयोग कर्ताहरु Windows XP नै प्रयोग गर्ने गर्दाछन्। त्यसपछि सिधै विन्डोज भित्र जान सक्नुहुनेछ जसको सहायताले तपाइलाई
कुनै पनि काम गर्न सक्नु हुन्छ कम्प्युटर खुल्न देखिने चित्र यहाँ देखिएको छ।
Computer कम्प्युटर
कम्प्युटर शब्द ल्याटिन शब्द Computare बाट आएको हो । जस्को अर्थ गणना गर्नु हो । "कम्प्युटर"' Scientific बैज्ञानिक आविस्कार द्धारा गरिएको बिज्ञानको एक अति उन्नत विकास भएको यन्त्र या उपकरण हो । A computer is an electronic device that manipulates information, or data. It has the ability to store, retrieve, and process data. You may already know that you can use a computer to type documents, send email, play games, and browse the Web. You can also use it to edit or create spreadsheets, presentations, and even videos.
कम्प्युटर शब्द ल्याटिन शब्द Computare बाट आएको हो । जस्को अर्थ गणना गर्नु हो । "कम्प्युटर"' Scientific बैज्ञानिक आविस्कार द्धारा गरिएको बिज्ञानको एक अति उन्नत विकास भएको यन्त्र या उपकरण हो । A computer is an electronic device that manipulates information, or data. It has the ability to store, retrieve, and process data. You may already know that you can use a computer to type documents, send email, play games, and browse the Web. You can also use it to edit or create spreadsheets, presentations, and even videos.
कम्प्युटर एक इलेक्ट्रोनिक उपकरण हो जुन सूचना, वा डाटा को प्रबन्ध गर्दछ। योसँग भण्डार, पुनःप्राप्त र डाटा प्रक्रिया गर्ने क्षमता छ। तपाईंले
पहिले नै थाहा पाउन सक्नुहुन्छ कि तपाइँ कागजातहरू टाइप गर्न, ईमेल पठाउनुहोस्, खेल खेल्न, र वेब ब्राउज गर्न कम्प्युटर प्रयोग गर्न सक्नुहुनेछ।
तपाईं यसलाई सम्पादन गर्न वा स्प्रिेडिडसिटहरू, प्रस्तुतीकरण, र भिडियोहरू सिर्जना गर्न पनि प्रयोग गर्न सक्नुहुनेछ।
जसलाई नेपालीमा ' सुशाङख्या ' पनि भनिन्छ।यो एक मानव निर्मित Device यन्त्र भएतापनि मानब लेनै घण्टौ,घण्टा लगाएरपनि गर्न नसक्ने कुनै पनि सरल या जटिल काम
लाई क्षीणभरमै सरल तरिकाले छिटैनै गर्न सक्दछ । यो मानवजातीले बनाएतानि यसको मेमोरी
मानवजातीको भन्दा अरबौ गुणा बढी हुने हुदा यस एक्काईसौं शताब्दी मा कम्प्युटर अति आवस्येक
भएकोछ । यो एउटा प्रोग्रामेबल यन्त्र हो । यस यन्त्रको बनावट लगातार स्वचालित भई गणितिय अथवा तार्किक क्रमांकहरुको कार्य पुरागर्ने यन्त्र हुन्छ ।
हामीले दिने
सबै आदेश हरु Computer
कम्प्युटर ले पढ्न सक्ने भाषामा अनुबादगर्ने कार्य
भाषा (Program)
ले मानबभाषा र Computer कम्प्युटर बिचमा अनुवादकको काम गर्छ त्यस्तो सम्यन्त्र लाई Interpreter ईन्टरपेटर भनिन्छ । कुनै पनि क्रमांकहरुको
कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटर लाई एक भन्दा धेरै समस्याहरु समाधान गर्न
प्रयोग गर्न सकिन्छ। सामान्यत कम्प्युटरमा हुने एक प्रकार को Computer Memory मा तथ्याङ्क भण्डारण गरिन्छ,कुनै एक वस्तुले गणितिय तथा तार्क्रिक कार्य गर्दछ भने अर्को क्रमांक तथा नियन्त्रण
वस्तुले कार्य को श्रेणी जानकारी को भण्डारणको आधारमा परिवर्तन गर्दछ।
यसमा हुने पेरिफेरल साधन हरुले जानकारिलाई बाहिरी स्रोतबाट भित्र्याउनुका साथै
परिणामलाई बाहिर श्रोतासमक्ष पुर्याउँछ्न् । कम्प्युटरको प्रोसेसिङ बिभाग ले जानकारीहरुको पंक्ति सम्पादन गरेर तथ्याङ्क पठाउने निर्वाहित गर्ने तथा भण्डारण गर्ने गर्दछ । निर्णायक
जानकारीले क्रमांकिक जानकारीलाई यन्त्रको
अथवा वातावरणको हालको अवस्थाको क्रित्यका आधारमा परिवर्तन गर्छ । पहिलो बिध्युतिय कम्प्युटरहरु बिसौ शताब्दिको मध्ये (सन्1940_1945)मा युरोप मुलुक को ब्रिटिस या (युनाईटेड किगडम्) यू .के र अमेरिका (यु .एस) जस्ता देश बाट विकसित भएका हुन् । यस को पहिलो आबिस्कारक यिनी हरु धेरै ठुला ,ठुला थिए जस्तै एक कम्प्युटर राख्न लाई एक ठुलो घर नै चाहिन्थ्यो । किनकि तिनीहरु ठुला कोठाको जत्रो नाप भएक बिध्युतिय खपत हजारौं आधुनिक कम्प्युटरहरु ले जति खालका
थिए ।
आधुनिक कम्प्युटरहरु ईन्टि ग्रेटेड सर्किट्स प्रविधिका आधार मा बन्ने भएकाले यिनीहरु पहिलेका यन्त्र
भन्दा लाखौ-करोडौ गुना बडि क्षमतावन् र नाप मात्र केहि अंशका हुन्छन् ।सामान्य कम्प्युटरहरु प्रशस्तै सानो हुने हुदा यिनिहरु मोबाईल साधन मा सजिलै अटाउँछन् Mobile Phone मोबाईल फोन Computer कम्प्युटरलाई विध्युतिय पावर साना Battery ब्याट्री बाट उपलब्ध गराउन सकिन्छ। पर्सनल Computer कम्प्युटरहरु आफ्नो अनेकौ रुप , ईन्फर्मेसन् युग का मर्ति हुनुका साथै
धेरै मनिसले सोच्ने गरेका "कम्प्युटर्स "हुन् ।अन्तत : ईम्बेडेड कम्प्युटर हरु धेरै
खाले उपकरणहरु Mp3 players एम पि
थ्रि प्लयेर्स देखि आधुनिक युद्ध बिमान र खेलौना देखि उध्योग यन्त्रमानब सम्म पनि
प्रयोग गरिन्छ ।
अर्को तरिका ले भन्नुपर्दा कम्प्युटर
भन्नाले स्वचालित रूपमा शब्द, अंक, चित्र तथा आवाजहरूलाई प्रशोधन तथा भण्डारण
गर्न सक्ने विद्युतिय साधन भन्ने बुझिन्छ। यो शब्द
ल्याटिन भाषाको कम्प्युटारे Computare भन्ने
शब्दवाट व्युत्पत्ति भएको हो जसको अर्थ हरहिसाब गर्नु भन्ने हुन्थ्यो। हरहिसाब गर्न
सरल बनाउने उद्देश्यका साथ मानवजातीले गरेको निरन्तर अध्ययन र विकासको नतिजा आज कम्प्युटर
अत्यन्त शक्तिशाली, शिघ्र प्रशोधन र व्यापक भण्डारण गर्न
सक्ने साधनको रूपमा प्रस्तुत भैरहेको छ र यसको विकास गति अथै थामिएको छैन बरू अझ उच्च
दरमा बढ्दैनै छ।
आजको विश्वमा प्रयोग भैरहेका विभिन्न
विद्युतिय डिजिटल साधनहरू र कम्प्युटरका बीचमा के भिन्नता छ र कम्प्युटरलाई एक अलग
अस्थित्व कसरी प्राप्त भैरहेको छ भन्ने बुझ्नको लागि यसका विशेषताहरूबारे जानकारी हुनु
जरूरी हुन्छ। एउटा क्यालकुलेटर पनि डाटा प्रशोधन गर्ने विद्युतिय साधन नै हो तर यो
कम्प्युटर होइन। मोवाइल फोन, आइपोड
र अरू विभिन्न आधुनिक साधनहरू कम्प्युटरका सुविधाहरूमध्ये केही सुविधा प्रदान गर्न
सक्षम छन् तर ती कम्प्युटर किन होइनन् भन्ने बुझ्न कम्प्युटरको विशेषताहरू माथि ध्यान
दिनु पर्दछ। कुनैपनि साधन कम्प्युटर हुन निम्न लिखित विशेषताहरू ग्रहण गरेको हुन पर्दछ। आधुनिक युग को बिकास मा कम्प्युटर को
योगदान अमूल्य हरेको छ।
किनकि आज एक्काईसौं
शदब्ती को युगमा कुनै पनि क्षेत्रमा जस्तै सरकारी कम काज देखि लिएर बिजिनेस क्षेत्र
मा उदाहरण जस्तै हवाई जहाज टिकेट ATM card
एटीएम कार्ड मेसिन Digital
studio डिजिटल स्टूडियो कुनै पनि कम को लागि बिज्ञान टेक्निक संचार
एबं शिक्षा को साथ कम्प्युटर को अहम् भूमिका रहेको छ। आज को यो युग मा सबै काम लाई
एक सुत्र मा बाधिदिएको छ Internet इन्टरनेट
ले त Computer कम्प्युटर
को प्रचार-प्रसार को बडो भूमिका निभाएको छ आज हामी यहि इन्टरनेट ले गर्दा नै संसार
को एक कुना बाट दोस्रो कुना मा आखा झिमक नहुदै सम्पर्क गर्न सकिन्छ।
जस्तै Email इमेल ले त पत्र ब्यबहार को काम छिन भर
मै गरिदिन्छ जसलाई हुलाक या डाक बाट कयौ दिन लाग्थियो जस्तो तरिका ले कम्प्युटर को विकास भएको
छ तेस्तै तरिका
बाट नै दुनिया को विकास पनि उन्नत भएर गएको छ यसै ले त अब को यूग लाई कम्प्युटर को
युग भनिन्छ यसरिले हर क्षेत्र को एक नया आयाम दिन्छा शिक्षा को क्षेत्र यसको
बढी महत्व छ आज को यो पाठ्यक्रममा Computer
कम्प्युटर अनिबार्य बने को छ संगीत सुन्न होस् या फिल्म हेर्न
Computer कम्प्युटर
कै आबसेकता छ यसै खुबी भएकोले कम्प्युटरको हर कार्यमा सक्षम को प्रमाण प्रदान गर्दछ।
Computer
कम्प्युटर मा प्रयोग हुने आई.सी.चिप सिलिकन ले बनेको हुन्छ ।कम्प्युटर
एउटा अति नै उपयोगी विद्यूतीय उपकरण हो जसले छिटोछरितो रूपले दिइएको तथ्यांङ्क प्रशोधन
गरी चाहिए जसरी प्रस्तुत गर्दछ। सानोदेखि ठूलोसम्म हरहिसाब छिनमै गर्ने, ठूलठूला रेकर्डहरू राख्ने र चाहिएका
बेला हेर्न, झिक्न सकिने भएकाले दिनदिनै यसको लोकप्रियता
बढीरहेको छ। टाइप गर्न होस् वा घरबसीबसी विश्वभर सुचना आदान प्रदान गर्न होस्, सिनेमा हेर्न होस् वा खेल खेल्न आधुनिक
युगमा कम्प्युटर हरेक घरको अनिवार्य आवश्यकता हुन थालेको छ। त्यसैले यसबारे सामान्य
जानकारी हासिल गर्न सबैका लागि आवश्यक छ।
कम्प्युटर
लोकप्रिय हुनाका कारणहरूः
Compatible (हरेक क्षेत्रमा प्रयोग हुनसक्ने)- यसले आवश्यकता अनुसार विभिन्न क्षेत्रको काम
गर्नसक्ने बनाउन र विभिन्न क्षेत्रमा काम लगाउन सकिन्छ। सिंगो कम्प्युटर एक्लै चलाउन
सकिन्छ भने विभिन्न अन्य उपकरणहरूलाई संचालन र नियन्त्रण गर्नमा पनि यसको उपयोग हुन्छ।Efficient (प्रभावकारी)- यसले सानासाना देखि लिएर ठूला ठूला जटील र झन्झटिला कामहरू नथाकिकन
निरन्तर गरिरहन सक्छ।Reliablity
(विश्वसनीय)- यसले कठीन र जटील कामहरू सही ढंगले
गर्दछ।
मानिसले गर्ने
काममा अन्जानमै गल्तीहरू हुने सम्भावनाहरू धेरै हुन्छन् तर कम्प्युटरलाई सही तथ्याङ्क
र सही निर्देशन दिएमा यसले गर्ने काममा गल्ती (Error) हुँदैन।Storage & Quick
Processing (भण्डारण र तीब्र तथ्याङ्क प्रशोधन)- यसले धेरै तथ्यांङ्क
भण्डार गर्ने र चाहिएको बेलामा आवश्यकता अनुसार छानेर झट्टै उपलब्ध गराउन सक्छ।आधुनिक
जमानामा सूचना प्रणाली (Information
Technology) को विकास भै विश्वब्यापी रूपमा यसले बजार मात्र
लिन सकेको होइन कि ब्यापक लोकप्रियता पनि हासिल गर्नसक्यो।
इन्टरनेटको
आविस्कारबाट इ-कमर्स (विद्यूतिय ब्यापार) सम्भव भयो। अब मानिसले घर बसी-बसी विश्वको
कुनैपनि ठाउँबाट चाहिएको बस्तु हेर्न, मोलतोल गर्न र किन्न पनि सक्ने भयो।
इन्टरनेट र इमेलको प्रयोगबाट छोटो समयमा, सस्तो मोलमा विश्वका कुना-कुनामा
चिठीपत्र-समाचार आदान प्रदान गर्न मात्र होइन अहिले त इन्टरनेट फोन मार्फत लोकल फोन
सरह अमेरिका, अष्ट्रेलिया आदि टाढाटाढाका देशहरुमा फोन गर्न सकिने भएको छ। त्यसैले आधुनिक युगका
नरनारी सूचना प्रणाली तर्फआकर्षित हुन थाले र विश्व बजारका ब्यापारीहरु पनि यसै क्षेत्रमा
लगानी गर्न हात धोएर लाग्न थाले। यी सबैको पछाडी एउटै कुरा थियो कम्प्यूटर। भू उपग्रहभित्र
र पृथ्वीमा रहने भू उपग्रह केन्द्रको कन्ट्रोल रुममा रहने कम्प्यूटरले एक सेकेण्डको
सयौं भागमा सूचना आदान प्रदान गर्ने भएकोले अत्याधुनिक सूचना प्रविधिहरुको विकास गर्न
सम्भव भयो।
कम्प्युटरमा के के हुन्छ –
कम्प्युटरमा मुख्यतः ३ अंग हुने गर्छन्
१. इनपुट (Input) -तथ्यांक हाल्ने माध्यम
२.प्रोसेसर (Processor)- कार्य सम्पादन कक्ष
३.आउटपुट (Output) -निस्कने माध्यम
Input
इनपुट डिभाइस मा किबोर्ड, माउस, स्क्यानर, माइक्रोफोन, जोएस्टीक पर्दछन्। यी डिभाइसहरूबाट कम्प्युटरलाई काम अह्राउने र तथ्यांक हाल्ने गरिन्छ।
Processor
प्रोसेसिङ (सम्पादन कक्ष) मा सिपियू बाकस पर्दछ। प्रोसेसरले अह्राए अनुसार तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।
Output
आउटपुट डिभाइस (निस्कने माध्यम) का माध्यमबाट कम्प्युटरले प्रशोधन गरेका तथ्यांकहरू हेर्न वा झिक्न सकिन्छ। मोनिटर प्रिण्टर, साउण्ड बक्स आदिलाई आउटपुट डिभाइस का रूपमा लिन सकिन्छ।
यो कम्प्युटरको स्क्रीन हो। कम्प्युटरमा के काम भैरहेको छ, के काम गर्न के निर्देशन (Command) दिनु पर्छ भन्ने हेर्न मोनिटर प्रयोग हुन्छ। मोनिटर सिपियू बाकसको VGA (Display कार्ड) मा डाटा केबुल (VGA केबुल) का माध्यमबाट जोडिएको हुन्छ।
मोनिटरको
लागि छुट्टै बिजुली चाहिने भएकाले यसमा एउटा पावर केबुल पनि जोडिएको हुन्छ। कुनै मोनिटरमा
सिपियूको पावर सप्लाई यूनिट बाटै पावर केबुल जोड्न मिल्छ भने कुनै मोनिटर सीधै बिजुलीको
प्लगमा जोडिन्छ। साधारण मोनिटर टेलिभिजन सेट जस्तै क्याथड्रे ट्युब प्रयोग गरी बनाइएको
हुन्छ। आजकल एल.सी.डी. डिस्प्ले भएका फ्ल्याट र प्लाज्मा मोनिटरको प्रयोग पनि बढ्दै
गैरहेको छ। कुनैकुनै मोनिटरबाट नै कम्प्युटरमा निर्देशन (Command) दिन मिल्छ जसलाइ टचस्क्रीन भनिन्छ।
मोनिटरलाई
भि.डि.यू. (Visual
Display Unit) पनि भनिन्छ।कम्प्युटरमा प्रयोग हुने आई.सी.चिप सिलिकन
ले बनेको हुन्छ सि पि यू बाकस (CPU Box) वा क्याविनेटक्याविनेट वा केसिङ
सबैतिर बन्द गरिएको बाकस आकारको हुन्छ। साधारण बोलचालको भाषामा कम्प्युटरको मुख्य बाकसलाई
सि पि यू बाकस भन्ने गरिन्छ। कम्प्युटरका इनपुट र आउटपुट का सबै यन्त्रहरू यसमा आवद्ध
हुन्छन्। त्यसैले कम्प्युटरको सबैभन्दा महत्वपूर्ण भाग पनि यही नै हो। कम्प्युटरको
दिमाग नै सि पि यू अर्थात् केन्द्रीय सम्पादन इकाइ हो। छोटकरीमा यसलाई प्रोसेसर मात्र
पनि भनिन्छ। यो सिपियू बाकसभित्र रहेको मदरबोर्ड मा जोडिएको हुन्छ। यसैको गति (CPU Speed) का आधारमा कम्प्युटरको क्षमता निर्भर रहन्छ। हामीले अह्राए अनुसार प्रोसेसरले तथ्यांकलाई
प्रशोधन गर्ने गर्दछ।
कम्प्युटर
विकास क्रमको संक्षिप्त इतिहास
कम्प्युटर करिब इशापूर्व ३००० तिर भएको एवाकसको आविस्कार कम्प्यूटरको प्रारम्भिक रूप मानिएको
छ। पछि अंकको प्रयोग हुनथालेपछि हिसाब किताबको विकास अत्याधिक भएको मानिन्छ। सन् १६१४
मा स्कटल्याण्डका जोन नेपियरले नेपियर्स बोन, १६२० मा विलियम ओज्ट रेड ले स्लाइड
रुल, १६४२ मा फ्रान्सका पास्कलाइनले पास्कलाइन नामक जोड घटाउ यन्त्र, १६७१ मा लेबनाइट्ज ले लेबनाइट्ज क्यालकुलेटर तथा सन् १८२२ मा बेलायतका चार्ल्स
बेबेजले डिफरेन्स इन्जिन र एनालिटिकल इन्जिनको आविस्कार गरेका थिए। तर यी सबै कार्यहरु
कम्प्यूटरको पूर्णताबाट बाहिर थिए।
सन १८८० मा
अमेरिकाको जनगणना सर्बप्रथम प्रयोग शुरु गरिएको रेकर्डहरु प्रशोधन गर्ने कार्यमा धेरै
समस्या देखिएकाले अमेरिका बसाईं सरेका जर्मन डा. हर्मन होलेरिथले सन् १८८७ तिर प्रतिमिनट
२०० वटा कार्डहरु पढेर छुट्याउन सक्ने Punched कार्ड Tabulating
Machine बनाए जसका लागी उनीले सम्मान पनि पाएका थिए। अन्तमा
सन् १९३६ मा Howard
Akin ले MARK-I नामको अटोमेटिक
हिसाब गर्ने यन्त्र बनाएपछि यस क्रमले नयाँ मोड लियो। त्यस्तै १९४२ मा जोन भी एटानासफ्टले
ABC
(Atanasoft Berry Computer), १९४३ मा जुसे कोनरेडले Z-3, १९४४ मा हावर्ड एकिनले MARK-II कम्प्यूटर बनाएका थिए तापनि यी कम्प्यूटरहरु
अति अजंगका थिए। यी सबै Electro-mechanical
Computer थिए।अन्तत, १९४४ मा हंगेरीका गणितज्ञ जोन भोन
न्यू मेनले Edvac नामको कम्प्यूटरको परिकल्पना गरी कार्य गरे पनि पूर्ण रूपमा सफल हुन सकेनन्।
सन् १९५२
मा जे प्रेस्पर एकर्ट र जोन मौच्ले ले संयुक्त रूपमा Univac कम्प्यूटर तयार गरे। यी सबै प्रथम पुस्ताका कम्प्यूटरहरु थिए। आधुनिक कम्प्यूटरको
शुरुवात यसै लाइ मानिएको छ। त्यसपछि दोश्रो, तेश्रो, तथा चौथो पुस्ताका कम्प्यूटरहरु को आविस्कार भयो। अहिले बजारमा IBM PC, Apple Macintosh,
Acer, Siemens, Compaq, Dell, Gateway आदि नामका
कम्प्यूटरहरु पाइन्छन्। नेपालमा पनि मर्केन्टाइल अफिस सिस्टमले मर्केन्टाइल पि सी र
बेल्ट्रोनिक्स ट्रेडर्सले बेल्ट्रोनिक्स पिसी नामका कम्प्युटर उत्पादन गर्न थालेका
छन्।
हाल पाइने
कम्प्यूटरहरुमा अत्याधुनिक कम्प्यूटर भनेर माइक्रो कम्प्यूटर पेन्टीयम IV लाइ मान्न सकिन्छ। यी कम्प्यूटरहरुमा अति तीब्र गतिमा काम गर्नसक्ने माइक्रो प्रोसेसरको
प्रयोग गरिएको हुन्छ। यस्ता कम्प्युटरलाइ जुनसुकै सफ्टवेयर राखेर पनि काम गर्नसक्ने
बनाइएको हुन्छ। कम्प्यूटरमा नेटवर्क तथा इन्टरनेटको सहायताले ब्याङ्क तथा वित्तीय संस्थाहरुले
केही मिनटमैं विदेशमा भएको पैसा नेपालमा भुक्तान दिने प्रविधिको विकास भएको छ, त्यसैले ब्याङ्कहरुले यसको प्रयोग अत्याधिक रूपमा गर्नथालेका छन्। यसका अतिरिक्त
एयर टिकटिङ्ग, ट्राभल एजेन्सी हरुले आफ्नो ब्यवसायमा कम्प्यूटरको प्रयोग बाट अत्याधिक लाभ लिन
सफल भैरहेका छन्। वास्तवमा भन्दा सूचना, संञ्चार, यातायात, शिक्षा, स्वास्थ्य, रक्षा आदि लगायतका सबै क्षेत्रमा कम्प्यूटरको ब्यापक प्रयोग भएको छ।
कम्प्युटरको
दुइ भाग
what is
cpu ? सीपीयु भनेको केहो ?
सबै भन्दा पहिला त CPU भनेको Center processing unit हो जुन हाम्रो कम्प्युटको मदरबोडको विच भागमा रहेर काम गर्छ । यसले software र hardware दुवै काम गर्छ यो कम्प्युटरको मस्तिषक भन्दा पनि फरक पर्दैन र यासको कम्पनिको हिसाबले दुई भागमा बाडेका छै जुन यस प्रकार छ ।
। intel र Amd
intel
intel
यो महंगो हुन्छ
यसले कम पावर use गर्छ
Amd
यो सस्तो हुन्छ
यसले बढि पावर प्रयोग गर्छ।
यसमा पनि generation भन्ने हुन्छ । जति नया र माथिल्लो generation को cpu भयो उतिनै राम्रो हुन्छ । तर हजुरहरुले intel र amd को एउटै price को cpu किन्नु हुन्छ भने intel को भन्दा amd मा राम्रो काम गर्न सक्नु हुन्छ। तर हजुरहरुले photo editing ,video editing जस्ता ठुला ठुला काम गर्नु हुन्छ भने intel को किन्दा राम्रो हुन्छ ।
यसले कम पावर use गर्छ
Amd
यो सस्तो हुन्छ
यसले बढि पावर प्रयोग गर्छ।
यसमा पनि generation भन्ने हुन्छ । जति नया र माथिल्लो generation को cpu भयो उतिनै राम्रो हुन्छ । तर हजुरहरुले intel र amd को एउटै price को cpu किन्नु हुन्छ भने intel को भन्दा amd मा राम्रो काम गर्न सक्नु हुन्छ। तर हजुरहरुले photo editing ,video editing जस्ता ठुला ठुला काम गर्नु हुन्छ भने intel को किन्दा राम्रो हुन्छ ।
कम्प्युटर भाइरस के हो ? कसरी हटाउने ?
अहिले धेरै मान्छेहरु भाइरसले दुःख दिएर हैरान भइरहेका छन् । भाइरसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ ।
पेन ड्राइभ, डिक्स, फ्लपी
आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना
हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री
डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन्
। त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ ।
भाइरसको प्रवेशले हाम्रो
कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि
उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने
मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर
राख्ने गरिएको छ । भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै
पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ ।
यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ । धेरैजसो भाइरस निश्चित कम्पनी
वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले
कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई
पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक
सफ्टवेर निर्माताहरूबीचमै पनि एक–अर्काको
सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।
विशेष सावधानी अपनाए कम्प्युटरलाई
भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै
नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत
भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ । इन्टरनेट प्रयोग
गर्दा विशेष सावधान रहनुपर्छ ।
भाइरसको रोकथाम
मानव शरीर र कम्प्युटर
भाइरस, संक्रमणको हिसाबमा केही
समान छन् त्यसैले भाईरस संक्रमण पछि त्यसको उपचार गर्नु भन्दा सकेसम्म कम्प्युटरमा
भाइरस लाग्न नदिने तर्फ सोच्नु पर्छ । सामान्यतया उल्लेख गरिएका विभिन्न तरिकाबाट भाइरस
इन्टरनेट, अर्को कम्प्युटर वा नेटवर्कबाट
कम्प्युटरमा प्रवेश गर्ने भएकोले इन्टरनेट चलाउँदा, अन्य
पोर्टेवल मिडिया वा मोबाईल फोन आदि कम्प्युटरमा जोड्दा सावधानी अपनाउनु पर्छ । स्थानीय
क्षेत्र सञ्जाल वा लोकल एरिया नेटवर्क (LAN) आदिमा काम गर्दा कम्प्युटरका फायरवाल सक्रिय गराउनु पर्छ। इन्टर
नेटको माध्यमबाट सक्रमण हुनसक्ने भाइरसबाट
सुरक्षाको लागि, आफ्नो ब्राउजरलाई सधैँ
अपडेट गर्ने, वा फायरफक्स, गुगल क्रोम आदि सुरक्षीत व्राउजर प्रयोग
गर्ने गर्न सकिन्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने,डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ
। कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ
। डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत्
पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल
इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने
त्यो भाइरस हुनसक्छ ।
अनलाइन भाइरस
स्क्यान
म्यानुअल भन्दा केही सजिलो
तर कम्प्युटरमा एन्टिभाइरस इन्स्टल नगरी भाइरस हटाउन सकिने यो अर्को विधि हो । यदि
तपाई कम्प्युटरमा कुनैपनि एन्टिभाइरस राख्न चाहनुहुन्न वा तपाईँको कम्प्युटरमा एन्टिभाइरस
सफ्टवेयर छैन र तपाईँसँग उच्च गतिको इन्टरनेट छ भने तपाई यो विधिबाट पनि कम्प्युटर
स्क्यान र भाइरस हटाउन सक्नुहुन्छ । इन्स्टल गरिरहनु नपर्ने भएकोले केही सजिलो भएपनि
अनलाइनमा स्क्यान हुनेहुँदा यो विधि कम्प्युटरमै राखिएको एण्टीभाइरस जत्ती छिटो छरितो
भने हुँदैन् ।
भाइरसबारे थप
जानकारी
१.
ईन्टरनेट नजोडिएको कम्प्युटरमा भाइरस लाग्दैन्
।
२.
भाइरस लागेपछि कम्प्युटर कामै नलाग्ने हुनसक्छ
।
३.
ईन्टरनेट नभए पनि पेन ड्राइव, सिडि, मोबाइल
फोन र कम्प्युटर सँग जोडिएका डिजिटल क्यामरा बाट समेत भाइरस सर्न सक्छन् ।
४.
भाइरसले डाटासम्म विगार्न सक्ने भएपनि कम्प्युटर
हार्डवेयर भने विगार्न सक्दैन ।
५.
फाइल तथा फोल्डरमा भाइरस हुन सक्छन् ।
६.
कम्प्युटरका समस्या भाइरसका कारणले मात्रै
आउँछन् अधिकांश समयमा कम्प्युटरका समस्या भाइरसका कारण नभएका पनि हुन सक्छन् ।
७.
फायरवाल ईनेवल गरेपछि एन्टिभाइरस नहाले पनि हुन्छ ।
८.
फायरवलाले नेटवर्कबाट छिर्ने केही शंकास्पद
गतिविधिको निगरानी गर्ने भएपनि भाइरसबाटै बचाउन सक्दैन् ।
९.
प्रायः भाइरस बनाउनेले ठुला ठूला कम्पनी
र व्यक्तिका कम्प्युटरलाई मात्रै निसाना बनाउँछन् ।
१०.
भाइरस सरुवा रोग जस्तै हो, जुन,
जस्तो
कम्प्युटरमा पनि लाग्न सक्छ ।






Comments
Post a Comment