Posts

Showing posts from June 3, 2016

विधान सभा परिणामको सन्देश

Image
– आसाममा बीजेपीको पहिलो सरकार, तमिलनाडुमा जयललिताको पुनरोदय – कंग्रेसभित्र उठ्यो नेतृत्व परिवर्तनको आवाज – जयललिताको लगातार चुनाव जित्ने रेकर्ड – जनताले गरे कंग्रेस–वाम गठबन्धन अस्वीकार – आसाममा बीजेपीको ‘पहिचान’को नारा केशरमणि कटुवाल भारतका पाँच राज्यमा भएको विधान सभा निर्वाचनपछि सरकार गठनको घम्साघम्सी सुरु भएको छ । दक्षिणी राज्य केरलामा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का वरिष्ठ नेता बीएस अच्यूतानन्दलाई किनारा लगाउँदै पिनराई विजयसन मुख्यमन्त्री बन्ने भएका छन् भने पश्चिम बंगालमा तृणमूल कंग्रेसकी ममता बेनर्जी फेरि पनि पार्टी विधायक दलको अध्यक्ष चुनिएकी छन् ।असाममा बीजेपीका सर्वानन्द सोनोवालले २४ मेमा मुख्यमन्त्री पदको शपथ लिँदा तमिलनाडुमा जयललिताको पुनरोदय हुनेछ । आसाममा गयो कंग्रेसको सरकार सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी) ले जित हासिल गर्दै सरकार बनाएपछि भारतीय कंग्रेस पार्टीले पाँचवटा राज्यमा सरकार गुमाएको छ । त्यसमा आसाम पनि एक हो । आसाममा पहिलोपटक भारतीय जनता पार्टीले सरकार बनाउने भएको छ । २२ मेमा बस्ने विधायक दलको बैठकले...

ब्राजिली अन्तरिम राष्ट्रपति टेमरका चुनौती

Image
केशरमणि कटुवाल राष्ट्रपति डिल्मा रुसेफमाथिको महाअभियोग प्रमाणित भएसँगै कानुनका प्राध्यापकसमेत रहेका लेबनानी मुलका ७५ वर्षीय मिसेल टेमरले अन्तरिम राष्ट्रपतिका रूपमा आफ्नो कार्यकाल सुरु गरेका छन् । उनी सिंगो ब्राजिल अशान्त बनेको र राजनीतिक घटनाक्रम तीव्र बनेको समयमा ब्राजिलको नेतृत्व गर्न आइपुगेका छन् । ब्राजिलले विगत २५ वर्षयताकै सबैभन्दा बढी मन्दीको सामना गरिरहेको छ भने आगामी अगस्ट महिनामा विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आयोजना गर्ने जिम्मेवारी पनि उनको काँधमा रहेको छ । ब्राजिलले ओलम्पिक खेल आयोजना गर्न लागेको यो पहिलोपटक हो भने सन् २०१४ मा विश्वकप फुटबल आयोजना गर्दा धेरै विरोध र आन्दोलनको सामना गर्नुपरेको थियो । आर्थिक रूपमा देश संकटका दिशातर्फ गइरहेका बेला प्रतियोगिता गर्न नहुने भन्दै ब्राजिलकै पूर्वस्टार फुटबलर रोमारियोलगायतले सो आन्दोलनको जेहाद छेडेका थिए । रुसेफमाथिको आरोप अस्वीकार राष्ट्रपति रुसेफमाथि सिनेटरहरूले देशलाई नराम्रो संकटतर्फ धकेलेको आरोप लगाएका छन् । अब, उनीमाथि लागेको आर्थिक आरोपबारेको सुनुवाई हुनेछ । त्यो अवधि १ सय ८० दिनको हुनेछ । आफूविरुद्धको ...

पाकिस्तानमा प्रतिशोधको राजनीति

Image
केशरमणि कटुवाल पाकिस्तान सार्क राष्ट्रमा भारतलाई टक्कर दिने एकमात्रै देश हो । तर, विगत लामो समयदेखिको अस्थिर राजनीति र पटकपटकको सैनिक ‘कु’ पाकिस्तानको प्रजातान्त्रिक प्रक्रियामा बाधक बन्दै आएको छ । पाकिस्तानी सेनाले बिहीबार मात्रै एकैपटक ११ जना वरिष्ठ सैन्य अधिकारीलाई बर्खास्त गरेपछि फेरि पाकिस्तानमा सेनाले आफ्नो शक्ति प्रदर्शन गर्न खोजेको टिप्पणी सुरु भएको छ ।बर्खास्त हुनेमा एक लेफ्टिनेन्ट जनरल, एक मेजर जनरल, पाँच ब्रिगेडियर, तीन कर्णेल र एकजना मेजर रहेका छन् । पाकिस्तानी सेनाले यति धेरै संख्यामा सैनिक अधिकारीलाई बर्खास्त गरेको यो पहिलो घटना हो । पाकिस्तानी सेनाबाट बर्खास्त हुने सबै अधिकारी लेफ्टिनेन्ट जनरलदेखि मेजर जनरलसम्म रहेका छन् । उनीहरू सबैजना भ्रष्टाचारको अभियोगमा एकैपटक बर्खास्तगीमा परेका हुन् । भ्रष्टाचारको आरोपमा पाकिस्तानी सेनाले लेफ्टिनेन्ट जनरल उबैदुल्लाह खटक, मेजर जनरल एजाज साहिद, ब्रिगेडियर असद सहजादा, ब्रिगेडियर आमिर र सैफ तथा कर्णेल हैदरसहितलाई सेवाबाट बर्खास्त गरेको हो । भ्रष्टाचारको अभियोगमा बर्खास्तगीमा परेसँगै उनीहरूले सेवा निवृत्त भएपछि पाउने कुनैप...

मोदीका दुई वर्ष : जमघटदेखि जेएनयू विवादसम्म

Image
केशरमणि कटुवाल नरेन्द्र मोदी, पछिल्लो समय हरेक नेपालीहरूको मस्तिष्कमा गहिरोसँग बसेको नाम हो । नेपालसँग मित्रताको हात फैलाएर नाकाबन्दीसम्म आइपुग्दा अधिकांश नेपालीहरूले उनलाई आलोचनात्मक दृष्टिले हेर्ने गर्छन् । त्यति मात्रै नभएर कुनै समय विश्वकै चर्चित नेता बनेका मोदी अहिले भारत र विश्व समुदायमा समेत आलोचित बन्न पुगेका छन् । खासगरी भारतमा नै उनको विदेश नीति असफल भएको, छिमेकी देशहरूसँग सम्बन्ध सुधार गर्न नसकेको जस्ता आरोप लाग्ने गरेको छ । मोदी स्वतन्त्र भारतको १५औं र प्रधानमन्त्रीको पद सम्हाल्ने स्वतन्त्र भारतमा जन्मेका प्रथम व्यक्ति पनि हुन् । बोली र व्यवहार फरकफरक सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन् । ५ सय ४५ सदस्यीय लोकसभामा भारतीय जनता पार्टीले २ सय ८२ मतका साथ स्पष्ट बहुमत हासिल गरेको थियो । उनले दुई वर्षअघि अर्थात् सन् २०१४ मे २६ मा भारतको राष्ट्रपतिसामु शपथ ग्रहण लिएका हुन् । मोदीको शपथ ग्रहण समारोहमा दक्षिण एसियामा भारतको कडा प्रतिद्वन्द्वी पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, अफगानिस्तानका राष्ट्रपति हमिद का...

रहस्यमयी दरबारमा दुर्लभ जमघट

Image
केशरमणि कटुवाल उत्तर कोरिया आफैंमा एउटा रहस्यको देश हो । निरंकुश शासन व्यवस्था भएको यहाँभित्र हुने हरेक गतिविधि थाहा पाउनका लागि सबैलाई सहजै पहुँच हुने कुरै भएन । तर, उत्तर कोरियाली नेता किम जोङ उनको रहस्यमयी यो दरबारमा यतिबेला एउटा दुर्लभ जमघट भइरहेको छ । उत्तर कोरियाली वर्कर्स पार्टीको ३६ वर्षपछि पार्टी कंग्रेस (महाधिवेशन) हुन लागेको हो । यसमा उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो योजनाको खाका पेस गर्नेछन् । कंग्रेसमा नयाँ पुस्ताका नेताहरूमा समेत पद बाँढिन सक्ने बताइएको छ । उत्तर कोरियाले पाँचौं मिसाइल परीक्षण गर्ने हल्ला र आशंकाकाबीच पार्टी कंग्रेसको तयारी भएको हो । गत जनवरीमा चौथो परमाणु परीक्षण र मिसाइल परीक्षण तथा फेब्रुअरीमा स्याटेलाइट परीक्षण गरेपछि उत्तर कोरियामाथि राष्ट्र संघ सुरक्षा परिषद्सहित अन्तर्राष्ट्रिय समुदायले कडा नाकाबन्दी लगाइरहेका बेला यो जमघट हुन लागेको हो । ३६ वर्षपछिको जमघट सन् १९८० पछि पहिलोपटक हुन लागेको सातौं पार्टी कंग्रेसमा किम जोङ उनले आफ्नो ‘ब्योङजिन’ नीतिको घोषणा गर्न सक्नेछन् जसमा आर्थिक विकास र परमाणु क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिइए...