Posts

Showing posts from January 11, 2014

नेपालमा कृषिको व्यवसायिकरणका चुनौति

कृषि प्रधान हाम्रो देशका बहुसंख्यक जनताहरु कृषि पेशामा आवद्ध रहेका छन् । नेपालको कुल ग्राहस्थ उत्पादनमा ३४ प्रतिशत योगदान कृषि क्षेत्रको रहेको छ । तर अझै पनि नेपाल खाद्यान्नमा समेत आत्मा निर्भर हुन सकिरहेको छैन । नेपालमा कृषकहरुलाई दिने सहुलियत र नीतिगत तहमा रहेको कमजोरीकै कारण यस्तो अवस्था रहेको बताउछन् केन्द्रिय कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठक यता मन्त्रीपरिष कार्यलयका सचिव कृष्णहरि बास्कोटाको भने त्यो भन्दा फरक धारणा रहेको छ । नेपालको कृषि सहित हरेक क्षेत्रमा विकास हुन नसक्नुमा सबै दोषी रहेको र सबैले आफ्नो भूमिका नबुझ्ने नाफा कमाउने मात्रै उदेश्यमा लाग्दा समस्या जहााको त्यही भएको उनको बुझाई छ ।  अहिले नेपाल रेमिट्यान्सको भरमा चलेको र कृषिको व्यवसायीकरण आत्मानिर्भरता र आयात प्रतिस्थापनका लागि कुनै व्यवस्थित योजना नभएकाले सरकार गम्भीर बन्नुपर्ने  बताउछन् नेपाल उद्योग बाणिज्य महासंघ उद्योग समितिका सभापति दिनेश श्रेष्ठ यता कृषिको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने कृषि मन्त्रालय आफै पीडित बनिरहेको छ । कृषिलाई व्यवसायीकरण गर्न लागि प्रबिधिमा विकास...

चुनौतिपूर्ण बन्दै बैदेशिक रोजगार

बिश्व विकास र प्रगतिको चरमोत्कर्षमा पुगिसक्दा पनि नेपालले विकासको गतिमा ठुलो फड्को मार्न सकेको छैन । जसका कारण देशको भविष्यका कर्णधार युवावर्गहरु रोजगारीको खोजीमा बिश्वका बिभिन्न देशहरुमा भौतारिएर पुग्ने गरेका छन् । आर्थिक विकासको गतिमा अगाडि नबढेको मात्रै होइन लामो समयदेखीको राजनीतिक संक्रमणबाट मुक्त हुन नसक्दा अहिले देश, विदेशमा युवाहरुले कमाएको रेमिट्यान्सबाट चल्ने अवस्थामा पुगेको छ भने विदेशमा कतिपय युवाहरु तल्लो तहको र गैरनागरीक तथा यन्त्र सरह कार्य गर्न र आधारभूत मानवीय आवश्यकताहरुबाट विमुख भई नारकीय जीवन विताउन विवश हुने गरेका छन् ।  ‘सिप, सूचना र अभिमुखीकरण, सुरक्षित र मर्यादित आप्रवासन’ भन्ने नाराका साथ नेपाल लगायत बिश्वभरी अन्तराष्ट्रिय आप्रवासन दिवस मनाईरहदा बैदेशिक रोजगारीका लागि बिदेश जान हजारौ युवाहरु श्रम स्वीकृतिका लागि बैदेशिक रोजगार बिभागमा लाम लागेका थिए । उनीहरुलाई बिदेशीनु पर्दाको भन्दापनि बैदेशिक रोजगारमा बेहोर्नुपरेको हैरानीले दिक्क भएका देखिन्थे ।  नेपालबाट वाध्य भई विभिन्न श्रम बजारमा प्रवेश गरेका युवाहरु सबै वैधानीक तवरबाट मात्र गएका छैनन् ...