चुनौतिपूर्ण बन्दै बैदेशिक रोजगार


बिश्व विकास र प्रगतिको चरमोत्कर्षमा पुगिसक्दा पनि नेपालले विकासको गतिमा ठुलो फड्को मार्न सकेको छैन । जसका कारण देशको भविष्यका कर्णधार युवावर्गहरु रोजगारीको खोजीमा बिश्वका बिभिन्न देशहरुमा भौतारिएर पुग्ने गरेका छन् । आर्थिक विकासको गतिमा अगाडि नबढेको मात्रै होइन लामो समयदेखीको राजनीतिक संक्रमणबाट मुक्त हुन नसक्दा अहिले देश, विदेशमा युवाहरुले कमाएको रेमिट्यान्सबाट चल्ने अवस्थामा पुगेको छ भने विदेशमा कतिपय युवाहरु तल्लो तहको र गैरनागरीक तथा यन्त्र सरह कार्य गर्न र आधारभूत मानवीय आवश्यकताहरुबाट विमुख भई नारकीय जीवन विताउन विवश हुने गरेका छन् । 

‘सिप, सूचना र अभिमुखीकरण, सुरक्षित र मर्यादित आप्रवासन’ भन्ने नाराका साथ नेपाल लगायत बिश्वभरी अन्तराष्ट्रिय आप्रवासन दिवस मनाईरहदा बैदेशिक रोजगारीका लागि बिदेश जान हजारौ युवाहरु श्रम स्वीकृतिका लागि बैदेशिक रोजगार बिभागमा लाम लागेका थिए । उनीहरुलाई बिदेशीनु पर्दाको भन्दापनि बैदेशिक रोजगारमा बेहोर्नुपरेको हैरानीले दिक्क भएका देखिन्थे । 

नेपालबाट वाध्य भई विभिन्न श्रम बजारमा प्रवेश गरेका युवाहरु सबै वैधानीक तवरबाट मात्र गएका छैनन् । ठूलो संख्यामा गैरकानुनी बाटो हुादै विदेश जानेको संख्या पनि त्यतिकै मात्रमा रहेको छ । जसले गर्दा बैदेशिक रोजगार र आप्रवासनको सुरक्षा चुनौतिपूर्ण बन्दै गएको छ । त्यतीमात्र होइन बैदेशिक रोजगारमा पठाउने आश्वासन दिएर ठग्ने क्रमपनि उत्तिकै रहेको छ । बिदेश जादा अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिएर जान आग्रह गर्छन श्रम तथा यातायात मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ

जिम्मेवार निकायका अधिकारीहरुले भाषणमा आप्रबासनमा बढिरहेको चुनौतिका बिषयमा जानकार भएपनि त्यसमा अपेक्षकृत सुधार हुन सकिरहेको छैन । वैदेशिक श्रमिकहरु र उनीहरुका विखण्डित परिवारहरुले भोग्नु परिरहेका मनोवैज्ञानिक समस्याहरु समाधान हुन नसक्दा निर्धक्क रुपमा आफ्नो श्रम र पारिवारीक हक अधिकार सुनिश्चित हुन सकिरहेका छैन । वैदेशिक श्रमिक तथा विखण्डित परिवारको जीवनस्तर सुधार गर्न र बालबालिकाहरुको मनोवैज्ञानिक स्वास्थ्य, शिक्षा, रोजगार लगायतका आधारभूत आवश्यकताहरु परिपूर्ति गर्न सरकार गम्भीर हुन जरुरी छ । आगामी दिनमा बैदेशिक रोजगारीमा रहदै आएको समस्या समाधानको लागि पहल गर्ने बताउछन् श्रम मन्त्रालयका सचिव श्रेष्ठ

वैदेशिक रोजगारमा जाने युवाहरुको संख्या दिनप्रतिदिन ह्वात्तै बढ्दै गइरहेको र आप्रवासनमा चुनौति थपिदै गएको वर्तमान समयमा उनीहरुको सुरक्षित रोजगारी र सुनिश्चित प्रतिफलको लागि ठोस कदम चाल्नु आजको अपरिहार्य आवश्यकता हो । विश्वमा हाल आप्रवासीहरुको संख्या करिब २३ करोड २० लाख भन्दा बढि रहेको अनुमान छ । त्यसको २५ प्रतिशत हिस्सा एसिया प्रशान्त क्षेत्रले ओगटेको छ । पछिल्लो एक तथ्यांक अनुसार श्रम स्वीकृति लिएर विश्वका विभिन्न देशमा वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या मात्रै ३० लाख २१ हजार भन्दा बढि छ । यसमा अध्ययन, पर्यटन, पारिवारिक सम्बन्ध, व्यापारका लागि जानेको संख्या समेत जोड्ने हो भने ५० लाख भन्दा बढि नेपाली आप्रवासीहरु रहेको अनुमान छ । बढ्दो वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै श्रमिक र परिवारहरुको पक्षमा आवश्यक नीति निर्माण गर्न तथा आप्रवासनलाई सुरक्षित बनाउनका लागि सबैको पहल हुन आवश्यक छ । 





Comments

Popular posts from this blog

खस जातीको संक्षिप्त इतिहास

कम्प्युटर भनेको के हो ?

नेपाल थरको इतिहास