एमाओवादीमा बागी उमेद्वारले टाउको दुखाई
बिदेशी शक्तिको निर्देशनलाई उल्लंघन गर्न नसकेर नेकपा–माओवादी नेतृत्वको मोर्चासंगको वार्तालाई बिचैमा छोडेर मंसिरमा हुने भनिएको संबिधान सभा निर्वाचनको लिगलिगै दौडमा लागेका राजनीतिक दलका नेताहरु अहिले आन्तरिक किचलोको शिकार बन्दै गएका छन् । दलहरुले उमेद्वार चयन गर्न नसकेपछि निर्वाचन आयोगले चार दलको निर्देशनमा चलेको सरकारको आग्रहमा उमेद्वार मनोनयनको समय १ हप्ता पछि सारेपनि दलहरुले सर्वसहमतिमा उमेद्वार छान्ने सम्भावना सकिएको सहज अनुमान लगाउन सकिन्छ । मंगलबार टिकट माग्नेहरुमाथि लाठी चार्ज गरिएको काग्रेस केन्द्रीय कार्यलयमा बुधबार प्रहरी परिचालन गरेर बैठक बसेपछि टिकटका लागि जिल्ला जिल्लाबाट आएका नेताहरु चियागफमा व्यस्त थिए । यता एमाले कार्यलयको हालत पनि कम थिएन । पार्टी कार्यलय टिकट माग्नेहरुको भीडले भरिएपछि बुधबारको स्थायी समिति बैठक अर्कै स्थानमा सारिएको थियो भने एकीकृत माओवादीमा पनि आन्तरिक विवाद भुसको आगो जस्तै भित्रभित्रै फैलिरहेको छ । एकीकृत माओवादीमा त यसपटक शिर्ष नेतादेखी आधिकारिक उमेद्वारको बिरुद्धमा बागी उमेद्वार उठ्नेहरु नामावली निक्कै लामो पाइएको छ । त्यसो त एकीकृत...