एमाओवादीमा बागी उमेद्वारले टाउको दुखाई


बिदेशी शक्तिको निर्देशनलाई उल्लंघन गर्न नसकेर नेकपा–माओवादी नेतृत्वको मोर्चासंगको वार्तालाई बिचैमा छोडेर मंसिरमा हुने भनिएको संबिधान सभा निर्वाचनको लिगलिगै दौडमा लागेका राजनीतिक दलका नेताहरु अहिले आन्तरिक किचलोको शिकार बन्दै गएका छन् । दलहरुले उमेद्वार चयन गर्न नसकेपछि निर्वाचन आयोगले चार दलको निर्देशनमा चलेको सरकारको आग्रहमा उमेद्वार मनोनयनको समय १ हप्ता पछि सारेपनि दलहरुले सर्वसहमतिमा उमेद्वार छान्ने सम्भावना सकिएको सहज अनुमान लगाउन सकिन्छ । मंगलबार टिकट माग्नेहरुमाथि लाठी चार्ज गरिएको काग्रेस केन्द्रीय कार्यलयमा बुधबार प्रहरी परिचालन गरेर बैठक बसेपछि टिकटका लागि जिल्ला जिल्लाबाट आएका नेताहरु चियागफमा व्यस्त थिए । 

यता एमाले कार्यलयको हालत पनि कम थिएन । पार्टी कार्यलय टिकट माग्नेहरुको भीडले भरिएपछि बुधबारको स्थायी समिति बैठक अर्कै स्थानमा सारिएको थियो भने एकीकृत माओवादीमा पनि आन्तरिक विवाद भुसको आगो जस्तै भित्रभित्रै फैलिरहेको छ । एकीकृत माओवादीमा त यसपटक शिर्ष नेतादेखी  आधिकारिक उमेद्वारको बिरुद्धमा बागी उमेद्वार उठ्नेहरु नामावली निक्कै लामो पाइएको छ । त्यसो त एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र नै बाघी उमेद्वारका कारण यसपटक असुरक्षित बन्दै गएको छ । भातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मालाई पार्टीले टिकट दिने लगभग पक्का भएको काठमाडौ क्षेत्र नं ६ मा माधव तिमिल्सिनाले बागी उमेद्वार दिने घोषणा गरेका छन् । 

त्यसो त एकीकृत माओवादी भित्र यसपट देशव्यापी रुपमा बागी उमेद्वार पर्ने सम्भावना देखिएको छ भने कतिपय निर्वाचन क्षेत्रहरुमा बागी उमेद्वारहरु आधिकारीक उमेद्वार भन्दा बलिया देखिएका छन् । एकीकृत माओवादीले पार्टी प्रबेश गर्नेहरुको लहर नै चलेको देखाउन खोजिरहदा पार्टी भित्रको अन्र्तसंघर्षलाई व्यवस्थित नगर्ने हो भने पार्टीमा ठुलो भुइचालो जाने पनि उत्तिकै सम्भावना देखिएको छ । जवरजस्त गर्न खोजिएको निर्वाचनले यतिबेला ठुला भनिएका दलहरु नै संकटमा पर्न थालेका छन् । एकीकृत माओवादीका कतिपय नेता कार्यकर्ताहरु निर्वाचनलाई टिकट पर्खिएर बसेका छन् । उनीहरुले पार्टीले वेवास्ता गरे नयाा पार्टी खोल्ने सम्मका योजनाहरु बनाइरहेका छन् । 

यति मात्र होइन राजनीतिक दलहरुको अन्तरद्वन्द समाधान भएको भनिएपनि निर्वाचनका कारण अझ भयङकर भुमरीमा फस्दै गएका छन् । विगतको संबिधानसभाको निर्वाचनमा एक भएर लडेको तत्कालीन नेकपा (माओवादी) बैचारिक आधारमा बिभाजन भएर मोहन बैद्य नेतृत्वमा नेकपा–माओवादी गठन भएको छ भने मातृका यादव सहित २ जना तत्कालीन सभासदले छुट्टै पार्टी गठन गरेका छन् । यता तत्कालीन एकताकेन्द्र संग एकीकरण गरेर बनेको एकीकृत माओवादी यतिबेला दर्जनौ गुट उपगुटमा बिभाजित छ । 

पार्टीले लामो सयमदेखी क्रियाशील र कार्यक्षेत्रमा खटिएका भन्दा नेताको वरिपरी घुम्ने गणेश प्रवृतिका नेताहरुलाई टिकट दिएको भन्दै कार्यकर्ताहरु रुष्ट बनेका छन् । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र काठमाडौ १० मा सुरेश शाही र पदम कुवर बागी उमेद्वार बन्दै छन् भने धनुषा क्षेत्र नं ६ बाट चर्को बिरोध आएपछि सिरहा ५ मा सर्ने तयारी गरेका छन् । जहाा उमेद्वार बनाउने सर्तमा महेन्द्र पासवान एकीकृत माओवादीमा गएका गएका छन् । यस्तै सिन्धुली १ मा बलराम तिमिल्सिना बिरुद्ध राजन दाहाल, २ मा गंगा श्रेष्ठको ठाउामा पुकार न्यौपाने, सिन्धुपाल्चोक २ मा प्रवत्ता अग्नी सापकोटाको स्थानमा ध्रुव लामिछाने, काठमाडौ ३ मा गणेश रेग्मीको ठाउामा महेश्वर फुयाल, काठमाडौं ४ मा नन्दकिशोर पुनको स्थानमा गंगा तामाङ, सिन्धुपाल्चोकमा हरिबोल गजुरेलको स्थानमा सुरज स्याङतानले बागी उमेद्वार दर्ता गराउने तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ । 

एकीकृत माओवादीमा ताम्सालिङमा सबैभन्दा बढि बागी उमेद्वार उठ्दै छन् भने उपत्यका र अन्य जिल्लाहरुमा पनि असन्तुष्टहरुले उमेद्वारी दर्ताको तयारी गरेपछि एकीकृत माओवादीको नेतृत्व संकटमा परेको छ । यस्तै काग्रेस र एमालेमा पनि टिकट नपाए बागी उमेद्वार दिने र असहयोग गर्ने तयारीमा रहेकाहरुको विगतमा जस्तै यसपटक पनि कमी छैन । मधेसवादी दलहरुपनि यतिबेला चरम आन्तरिक विवादमा फसेका छन् । जसले गर्दा अवको निर्वाचन चार दलकै कारण हुने सम्भावना कमजोर बन्दै गएको छ भने अर्कोतिर यस्तो अवस्थाबाट बनेको संबिधान सभाले संबिधान दिने आशा गर्ने ठाउापनि समाप्त हुदै गएको छ । त्यसकारण राजनीतिक दलहरु अरुको इशारामा नाच्नु भन्दा पनि आन्तरिक एकता र राष्ट्रिय सहमतिको दिशामा जानु नै अहिलेको उत्तम बिकल्प हो । 

Comments

Popular posts from this blog

खस जातीको संक्षिप्त इतिहास

कम्प्युटर भनेको के हो ?

नेपाल थरको इतिहास