पार्टीमा ‘फेयर एण्ड लभ्ली’ दल्दै प्रचण्ड
कस्मेटिक प्रचार बढी, संगठनचाँहि तहस-नहस अरूण बराल शरीरचाँहि कहिल्यै ननुहाउने तर अनुहारमा मात्रै ‘फेयर एण्ड लभ्ली’ दल्यो भने कस्तो होला ? यतिबेला एकीकृत नेकपा माओवादीको संगठनात्मक स्वरुप यस्तै देखिएको छ । पार्टी नेताहरु लक्की शेर्पा, रामचन्द्र झा, उर्मिला अर्याल र रेखा थापालाई देखाएर पार्टीमा जनउभार बढेको बताउन खोजिरहेका छन् । तर, राज्यसमिति र जिल्ला समितिका कार्यकर्तामा भने चरम निराशा र अन्यौल बढिरहेको छ । प्रत्येक राज्य समिति र जिल्ला समितिमा सयभन्दा बढी सदस्य छन्, तर उनीहरु न बैठक बस्छन्, न गाउँ तहसम्म संगठन विस्तारमा खटिन्छन् । सिंगै पार्टी जाम भएर बसेको ढलजस्तो बनेको छ । वैसाख १८ गते एमाओवादी अध्यक्ष प्रचण्ड इटहरीको जनसभामा रामचन्द्र झा र लक्की शेर्पा समेतलाई लिएर पुग्नुभयो । बाबुराम भट्टराईसमेतका नेताहरुले ठूलो ठूलो भाषण सुनाए । भोलिपल्ट १९ जिल्लाका कार्यकर्तालाई धरानमा भेला पारेर केही घण्टा प्रशिक्षण दिइयो । प्रशिक्षण के भन्नु, केही नेताहरुले भाषण सुनाएर फर्के । इटहरी र धरानमा नेताको भाषण सुन्न बस रिजर्भ गरेर भेला भएका जिल्ला समितिका कार्यकर्ताहरु यतिबेल...