बाढीपीडितलाई राहतमा ढिलाई
असार सुरु हुने बित्तिकै सुरु भएको मनसुनी बर्षाले सुदुरपश्चिमको महाकाली संगै महाबिपत्ती ल्याएपछि जनताहरु आतंकित बनेका छन् । बाढिपहिरोका कारण सदुरपश्चिमको दार्चुला सदरमुकाम खलंगा सबैभन्दा बढि प्रभावित बनेको छ । खलंगामा मात्रै १ दर्जनबढि सरकारी कार्यलय सहित ५ दर्जन घरहरु महाकाली नदिले बगाउदा सयौ मानिसहरु बिस्थापित बनेका छन् । त्यतिमात्र होइन बाढीका कारण कञ्चनपुर, कालिकोट, बैतडी, अछाम सहित देशका बिभिन्न स्थानमा ठुलो धनजनको क्षति हुदा समेत उद्धार तथा राहतको प्रभावकारी व्यवस्था हुन सकेको छैन । बाढी तथा पहिरोमा परी दैलेखमा ७, कालिकोटमा ४, बैतडीमा ४, डोटी र अछाममा २/२ तथा कैलाली, डडेलधुरा, र कपिलवस्तुमा १/१ जनाले ज्यान गुमाएका छन् भने कालिकोटमा ११ सहित करिव तीन दर्जन बेपत्ता छन् । बाढीपहिरोका कारण यति ठुलो क्षति भइसक्दा पनि उद्धार तथा राहतको लागि पर्याप्त पहल नभएको एमाले नेता तथा पूर्व सभासद् गोपाल सिंह बोहराले गुनासो गरेका छन् । बाढी पहिरोका कारण प्रभावित भएपछि सुदुर तथा मध्यपश्चिममा क्रियाशिल राजनीतिक दलका नेता तथा नागरिक अगुवाहरुले समेत मन्त्रीपरिषद अध्यक्ष रेग्मीको ध्यानाकर्षण गराएका थिए...