नेपाली क्रिकेटको ऐतिहासिक सफलता र आगामी बाटो
–केशरमणि कटुवाल देशको व्याप्त बिकृति बिसंगति, असामान्य राजनितिक अवस्था, बढ्दो महङगी र कालोबजारीले जनता आक्रान्त बनेका बेला नेपालीहरुलाई हर्षित बन्ने एउटा अवसर प्रदान गरेको छ नेपाली क्रिकेटको ऐतिहासिक सफलताले । थोरै स्रोत साधन र कमजोर व्यबस्थापनकाबीच नेपाली क्रिकेटले अन्तराष्ट्रिय खेलकुदमा नेपाललाई अहिलेसम्मकै सबैभन्दा ठुलो सफलता दिलाउन सफल भएको हो । मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न आईसिसी विश्व क्रिकेट लिग डिभिजन चारमा नेपाल च्याम्पियनमात्र बनेन प्रतियोगितामा अपराजित एकमात्र टिम बन्दै डिभिजन तीनमा उक्लन समेत सफल भयो । अन्तराष्ट्रिय क्रिकेटमा प्रबेश गरेको करिब १६ बर्षको अवधिमा नेपालले हासिल गरेको यो सबैभन्दा ठुलो सफलता हो । त्यतिमात्र होइन नेपालको अन्तराष्ट्रिय भूमिमा प्राप्त सबैभन्दा ठ...