नेपालमा कृषिको व्यवसायिकरणका चुनौति


कृषि प्रधान हाम्रो देशका बहुसंख्यक जनताहरु कृषि पेशामा आवद्ध रहेका छन् । नेपालको कुल ग्राहस्थ उत्पादनमा ३४ प्रतिशत योगदान कृषि क्षेत्रको रहेको छ । तर अझै पनि नेपाल खाद्यान्नमा समेत आत्मा निर्भर हुन सकिरहेको छैन । नेपालमा कृषकहरुलाई दिने सहुलियत र नीतिगत तहमा रहेको कमजोरीकै कारण यस्तो अवस्था रहेको बताउछन् केन्द्रिय कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठक

यता मन्त्रीपरिष कार्यलयका सचिव कृष्णहरि बास्कोटाको भने त्यो भन्दा फरक धारणा रहेको छ । नेपालको कृषि सहित हरेक क्षेत्रमा विकास हुन नसक्नुमा सबै दोषी रहेको र सबैले आफ्नो भूमिका नबुझ्ने नाफा कमाउने मात्रै उदेश्यमा लाग्दा समस्या जहााको त्यही भएको उनको बुझाई छ । 

अहिले नेपाल रेमिट्यान्सको भरमा चलेको र कृषिको व्यवसायीकरण आत्मानिर्भरता र आयात प्रतिस्थापनका लागि कुनै व्यवस्थित योजना नभएकाले सरकार गम्भीर बन्नुपर्ने  बताउछन् नेपाल उद्योग बाणिज्य महासंघ उद्योग समितिका सभापति दिनेश श्रेष्ठ

यता कृषिको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने कृषि मन्त्रालय आफै पीडित बनिरहेको छ । कृषिलाई व्यवसायीकरण गर्न लागि प्रबिधिमा विकास हुन आवश्यक रहेको समयमा अहिले प्रविधिमा आफै कमजोर रहेको स्वीकार गर्छ कृषि मन्त्रालय । मन्त्रालयका सहसचिव विजय मल्लिक ।

नेपालमा अहिले करिब ३६ लाख हेक्टर जमिन खेतियोग्य रहेको अनुमान छ । जसमा १३ लाख हेक्टरमा मात्र सिंचाई सुबिधा रहेको छ । त्यसमा पनि अहिले प्रतिहेक्टर ३ दशमलव ५ मेट्रिक टन उत्पादन हुने गरेको छ । यसले नै नेपालको कृषि निकै पछाडि रहेको स्पष्ट बनाउछ । तर मन्त्रीपरिषद कार्यलयका सचिव बास्कोटा भने सरकारले कृषकलाई थुप्रै सुबिधाहरु दिएको दावी गर्छन ।

नीतिमा धेरै कुरा भएपनि त्यो व्यवहारिक प्रयोगमा आइरहेको छैन र आएपनि किसानहरुले ठुलो हैरानी व्यहोर्नु परिरहेको छ । केही महिना अघिमात्र पनि उपत्यकामा महामारीको रुपमा फैलिएको बर्डफ्लुबाट कुखुरा मरेपछि किसानहरुले एकदमै न्युन मुल्यको राहत पाउन पनि निकै कठिनाई भोग्नु पर्‍यो । कृषिप्रधान देश नेपालमा अहिले सम्मपनि रासायनिक मलका लागि बिदेशी कम्पनीको मुख ताक्नुपर्ने अवस्था छ । कृषिको महत्वपूर्ण पाटो पशुपालन र मासु उत्पादन हुन नसक्दा अहिले पनि दैनिक ३०० ट्रक रागाहरु ल्याउनु परेको छ भने बार्षिक रुपमा अर्बौका खसिबोकाहरु भारतबाट आयात हुने गरेका छन् । यस्तै नेपालको सुन बराबरको जटिबुटीहरु कोडीको मुल्यमा बिदेशीरहेका छन् । नेपालमा अहिले रहेको ३९ दशमलव ८ प्रतिशत रहेको बन क्षेत्रको कुल ग्रार्हस्थ उत्पादनमा करिब ६ प्रतिशत मात्र योगदान रहेको छ । त्यसकारण अहिले सबै राजनीतिक दलहरुले कृषि विकासका लागि न्युनतम साझ कार्यक्रम ल्याउन नसक्ने, बिशेषज्ञहरुलाई नेपालमा नै बस्ने वातावरण नबनाउने हो र सबै क्षेत्रलाई सही ढंगले उपयोग गर्ने नीति बनाउन नसक्ने हो भने अहिलेकै तौरतरिका, अहिलेकै अप्राविधिक जनशक्ति, अस्तव्यस्त प्रशासनिक नीतिले देशमा कृषिको व्यवसायिकरण सम्भव छैन । 

Comments

Popular posts from this blog

खस जातीको संक्षिप्त इतिहास

कम्प्युटर भनेको के हो ?

नेपाल थरको इतिहास