गणतन्त्र आएको पाच बर्षमै धरापमा

संबिधान सभाको पहिलो बैठकमा जेष्ठ सदस्यका नाताले संबिधान सभा बैठकको अध्यक्षता गरेका कुलबहादुर गुरुङले गणतन्त्र कार्यन्वयनको प्रस्ताव अत्याधिक मतले पारित भएको घोषणा गर्दा संबिधान सभा हल तालीको ध्वनीले गुन्जायमान मात्र भएन झन्डै ६ दशकदेखिको नेपाली जनताको चाहाना गणतन्त्र स्थापना हुदा सारा देशले एक स्वरमा एक जुगमा एक दिन आउने ऐतिहासिक अवसर भएको उद्घोष गर्‍यो । नेपाल विधिवत रुपमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ मा प्रवेश गर्दा आम जनताहरुमा खुुसीयाली मात्रै ल्याएन सर्वसाधारणले गणतन्त्रका पक्षमा ठाउाठाउामा प्रदर्शन र दीपावली गरेर परिवर्तनलाई स्वागत गरेका थिए । त्यसैदिन तत्कालीन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देश नयाा युगमा प्रबेश गरेको घोषणा गरे । 

नेपालमा गणतन्त्र दिवस मनाइरहदाा नेपाली जनताहरु भने नेपालको राजनीतिक अस्थीरतालाई देखेर वाक्क छन् । १० बर्षको बलिदानीपूर्ण जनयुद्ध र १९ दिन लामो जनआन्दोलनबाट मुलुकमा गणतन्त्र स्थापना भएको ६ बर्ष लागेपनि आन्दोलनको उपलब्धीलाई सस्थागत गर्नतर्फ नलागी नेताहरु कुर्ची र सत्तालिप्सामा लाग्दा जनतामा राजनीतिक नेतृत्वप्रतिको विश्वास भने गुम्दै जान थालेको छ । 

देशमा झण्डै अडाइसय बर्षदेखीको राजतन्त्रलाई समाप्त पारेर गणतन्त्र स्थापना भएको आधा दशकमा फेरी दलका नेताहरु नयाा ठालुका रुपमा रुपान्तरण भएका छन् भने जनताको अवस्था जहााको त्यही छ । गणतन्त्र स्थापनाको लागि भएका न्यायपूर्ण संघर्षहरुमा दमन गर्नेहरुलाई समेत भेला पारेर खिलाराज रेग्मी नेतृत्वको गैरदलीय सरकारले खुल्लामञ्चमा सलामी ग्रहण गर्दैगर्दा दोस्रो जनाआन्दोलनमा निर्णायक भूमिका खेलेका पेशागत सञ्जाल र नागरिक समाजका अगुवाहरु भने नयाा वानेश्वर चोकमा प्रतिगमनको बिरुद्ध छुट्टै नागरिक स्तरमा गणतन्त्र दिवस मनाई रहेका थिए । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शम्भू थापा 

संविधानसभाको पहिलो बैठकले गणतन्त्रको घोषणा गरेपछि हजारौ सहिद, बेपत्ता, घाइते, अपाङगका परिवारजनहरु मुलुकमा गणतन्त्र सस्थागत हुनेभयो भनेर हौसिएका थिए । तर त्यो हौसला, उत्साह र बिश्वास पााच बर्ष पुग्दा नपुग्दै ढल्यो । दोस्रो जनआन्दोलनमा घाइते भएका जिउदो सहिदको उपमा पाएका मुकेश कायस्थकी आमा मीरा कायस्थ 

जनताको लागि जहाा सुरक्षा र शान्ती हुन्छ, जहाा गास बास कपासको ब्यवस्था हुन्छ त्यहि नै उनीहरुको लागि प्रजातन्त्र लोकतन्त्र र गणतन्त्र हुन्छ । नेपालमा राजतन्त्रको अन्त्य भएपनि अmझै जनताको पक्षमा राज्य व्यवस्था आउन सकेको छैन । दोस्रो जनआन्दोलनमा गीतका माध्यमबाट जनतालाई सडकमा उतार्न सफल गायक रुबिन गन्दर्भ 

त्यसैले अव पनि प्रजातन्त्र लोकतन्त्र गणतन्त्रका नाममा जनतालाई भ्रममा नपारी प्राप्त उपलब्धीलाई संस्थागत गर्नतर्फ लाग्नु जरुरी छ  ।


Comments

Popular posts from this blog

खस जातीको संक्षिप्त इतिहास

कम्प्युटर भनेको के हो ?

नेपाल थरको इतिहास