Posts

Showing posts from May, 2013

गणतन्त्र आएको पाच बर्षमै धरापमा

संबिधान सभाको पहिलो बैठकमा जेष्ठ सदस्यका नाताले संबिधान सभा बैठकको अध्यक्षता गरेका कुलबहादुर गुरुङले गणतन्त्र कार्यन्वयनको प्रस्ताव अत्याधिक मतले पारित भएको घोषणा गर्दा संबिधान सभा हल तालीको ध्वनीले गुन्जायमान मात्र भएन झन्डै ६ दशकदेखिको नेपाली जनताको चाहाना गणतन्त्र स्थापना हुदा सारा देशले एक स्वरमा एक जुगमा एक दिन आउने ऐतिहासिक अवसर भएको उद्घोष गर्‍यो । नेपाल विधिवत रुपमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ मा प्रवेश गर्दा आम जनताहरुमा खुुसीयाली मात्रै ल्याएन सर्वसाधारणले गणतन्त्रका पक्षमा ठाउाठाउामा प्रदर्शन र दीपावली गरेर परिवर्तनलाई स्वागत गरेका थिए । त्यसैदिन तत्कालीन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देश नयाा युगमा प्रबेश गरेको घोषणा गरे ।  नेपालमा गणतन्त्र दिवस मनाइरहदाा नेपाली जनताहरु भने नेपालको राजनीतिक अस्थीरतालाई देखेर वाक्क छन् । १० बर्षको बलिदानीपूर्ण जनयुद्ध र १९ दिन लामो जनआन्दोलनबाट मुलुकमा गणतन्त्र स्थापना भएको ६ बर्ष लागेपनि आन्दोलनको उपलब्धीलाई सस्थागत गर्नतर्फ नलागी नेताहरु कुर्ची र सत्तालिप्सामा लाग्दा जनतामा राजनीतिक नेतृत्वप्रतिको विश्वास भने गुम...

पार्टीमा ‘फेयर एण्ड लभ्ली’ दल्दै प्रचण्ड

Image
कस्मेटिक प्रचार बढी, संगठनचाँहि तहस-नहस   अरूण बराल शरीरचाँहि कहिल्यै ननुहाउने तर अनुहारमा मात्रै ‘फेयर एण्ड लभ्ली’ दल्यो भने कस्तो होला ? यतिबेला एकीकृत नेकपा माओवादीको संगठनात्मक स्वरुप यस्तै देखिएको छ । पार्टी नेताहरु लक्की शेर्पा, रामचन्द्र झा, उर्मिला अर्याल र रेखा थापालाई देखाएर पार्टीमा जनउभार बढेको बताउन खोजिरहेका छन् । तर, राज्यसमिति र जिल्ला समितिका कार्यकर्तामा भने चरम निराशा र अन्यौल बढिरहेको छ । प्रत्येक राज्य समिति र जिल्ला समितिमा सयभन्दा बढी सदस्य छन्, तर उनीहरु न बैठक बस्छन्, न गाउँ तहसम्म संगठन विस्तारमा खटिन्छन् । सिंगै पार्टी जाम भएर बसेको ढलजस्तो बनेको छ । वैसाख १८ गते एमाओवादी अध्यक्ष प्रचण्ड इटहरीको जनसभामा रामचन्द्र झा र लक्की शेर्पा समेतलाई लिएर पुग्नुभयो । बाबुराम भट्टराईसमेतका नेताहरुले ठूलो ठूलो भाषण सुनाए । भोलिपल्ट १९ जिल्लाका कार्यकर्तालाई धरानमा भेला पारेर केही घण्टा प्रशिक्षण दिइयो । प्रशिक्षण के भन्नु, केही नेताहरुले भाषण सुनाएर फर्के । इटहरी र धरानमा नेताको भाषण सुन्न बस रिजर्भ गरेर भेला भएका जिल्ला समितिका कार्यकर्ताहरु यतिबेल...

नेपाल थरको इतिहास

धेरै पहिले हिम नदीले गर्दा उत्तरी ध्रुवको आर्यनाम भाएहोबाट हाम्रा पुर्खजहरु (आर्यन) सरे । उनीहरुको यस महा भ्रमण दक्षिण र दक्षिण पश्चिम अर्थात् इरान, भारत, ग्रीस, रुस, जर्मनी एवम् अन्य युरोपेली राष्ट्रतर्फ रह्यो । करीब १५०० बि.सी. तिर हाम्रा वंशजहरु इरानी प्लाटुबाट आइ इन्दस नदी उपत्यका (पाकिस्तान) आक्रमण गरे जसले गर्दा गाढा छाला भएका वासिन्दाहरु (द्राविदियन) भागे । त्यसपछि ऋग्वेदिक कालमा (१३०० देखि १००० बि.सी.) हाम्रा पुर्वजहरु त्यस उपत्यकाबाट पूर्व तथा दक्षिणतर्फ (भारत) लागे । त्यतिखेर उनीहरुले ब्राम्हण पाठपुजा फैलाए र जातिभेदको थालनी गरे । उनीहरुको पहिलो यात्रा सप्तसिन्धु (कश्यप गिरी अर्थात् हिन्दू कुश पर्वत) तिर रह्यो । ती मध्ये शकहरु शकद्वीप हुदै दक्षिणतिरबाट मध्य भारत छिरे । खसहरु (हाम्रा पुर्वज) पूर्व हिमालय (मानस प्रदेश) सिन्ध र मध्य मेरुको उत्तरी पहाड, पामिर प्लाटु, युराल र चित्राल, जालन्धर पहाड, र काश्मीर उपत्यकातिर लागे । यो आठौं बि.सी. तिरको कुरा हो । त्यसपछि हाम्रा पुर्खाहरु पश्चिम बद्रिनाथतिर रहे । करीब १३ औं शताब्दी ई.स. तिर पर्वत पण्डित केदारभुमी त्यागेर सिंजा क...