६३ बर्षे प्रजातान्त्रिक अवधिमा परनिर्भर नेपालको अर्थ राजनीति
एक सय ४ बर्षे जहानिय राणाशासन अन्त्य र प्रजातन्त्र स्थापनाको लागि नेपाली जनताले ऐतिहासिक र बलिदानीपूर्ण संघर्ष गरे । फलस्वरुप वि.स.२००७ सालमा जहानिया राणाशासनको अन्त्य भएर देशमा प्रजातन्त्रको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइदै आएको छ । देशमा प्रजातन्त्रको ६३ बर्ष पुरा भएपनि जनताको प्रजातन्त्र प्राप्तिपछिको आकांक्षा भने अझै पुरा हुन सकेको छैन । बरु देश पछिल्लो समयमा राजनीतिक रुपमा मात्र होइन आर्थिक क्षेत्रमा पनि परनिर्भर हुदै गएको छ । नेपालमा प्रजातन्त्र प्राप्तिको आन्दोलन चलिरहदा छिमेकी भारत र चीन सहित विश्वको थुपै्र देशहरुमा राजनीतिक आन्दोलन चलिरहेको थियो । उनीहरुले राजनीतिक आन्दोलन पुरा गरेर आर्थिक विकासमा ठुलो फड्को मारिसक्दा पनि हामी भने अझै राजनीतिक आन्दोलनमा नै रुमल्लिरहेका छौं । त्यतिमात्र होइन नेपालभन्दा धेरैपछि आर्थिक विकासको चरणमा प्रबेश गरेका राष्ट्रहरुमा अहिले नेपाली गएर श्रम गर्नुपर्ने र त्यसैबाट आएको रेमिट्यान्सले अर्थतन्त्र धानिने अवस्था बन्नुले यहााको आन्तरिक अर्थतन्त्रको आधार मृतजस्तो भइसकेको छ । राजनीतिक दलहरुले गृहमन...