Posts

Showing posts from 2019

ओपेरामा झरेको प्रचण्डको आँशु र प्रतिबन्ध

Image
केशरमणि कटुवाल बहुचर्चित चुनुवाङ बैठकमा ‘जित्नै पर्छ यो अन्तिम लडाई.....’ बोलको गीत र ‘युद्धमैदानबाट फर्किदा’ शीर्षकको ओपेरा प्रस्तुत गरिरहँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’, पोस्टबहादुर बोगटी, कृष्ण बहादुर महरा, नन्द बहादुर पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, देव गुरुङ, लगायतका नेताहरु घुक्क...घुक्क... रुदै आँशु झारिरहेका थिए । त्यही लाइनमा अग्नि सापकोटासँगै बसेका थिए, नेक्रविक्रम चन्द ‘विप्लव’ । मोहन वैद्य र सीपी गजुरेल लगायतका नेता भारतीय जेलमा थिए ।  जनवादी गणतन्त्रको यात्रालाई छाडेर लोकतान्त्रिक गणतन्त्रको बाटो समात्ने र संसदीय पार्टीहरु काँग्रेस, एमालेसहितका राजनीतिक दलसँग संवाद र सहमति हुँदै १२ बुँदे सहमति, १९ दिने जनआन्दोलनदेखि विस्तृत शान्ति सम्झौता मार्फत तत्कालीन युद्धरत माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण भयो ।  तत्कालीन नेकपा (माओवादी) को मागअनुसार संविधानसभाको निर्वाचन भयो र माओवादी देशकै सबैभन्दा ठूलो पार्टीका रुपमा सिंहदरबारभित्र पस्यो । माओवादी सरकारको नेतृत्व गर्ने स्थानमा पुग्यो, माथिल्लो स्तरका नेताहरुको जीवन...