१५ वर्षअघि नै कोरोना भाइरस आउने भविष्यवाणी
यतिबेला विश्व कोरोना भाइरसको चपेटामा परेको छ । सबैभन्दा बढी कोरोना भाइरसबाट इटलीमा मृत्यु भएको छ भने अमेरिकामा सबैभन्दा बढी संक्रमित बनेका छन् । तर यतिबेला कोरोना भाइरसबारे पूर्व जानकारी थियो भन्ने कुराले विभिन्न सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म व्यापक चर्चा पाएका छन् । रुसको पुरानो पत्रिका प्राब्धाको अनलाइन संस्करणले कोरोना भाइरसबारे सन् २००५ मा नै अमेरिकी गुप्तचर एजेन्सी सीआईएले कोरोनाबारे रिपोर्ट तयार पारेको उल्लेख गरेको छ । सीआईएको रिपोर्ट ‘व्हाट द वल्र्ड विल बी २०२०’ यतिबेला चर्चामा आएको हो । जसमा कोभिड–२० को महामारीको विकासको वर्तमान परिदृश्य उल्लेख गरिएको छ । यो रिपोर्ट सेप्टेम्बर २००५ मा लेखिएको हो भने फ्रेन्चमेन अलेक्जेन्डर एड्लरले आफ्नो पुस्तक ‘द सीआइए रिपोर्ट अन व्हाट विल बी २०२०’ मा उल्लेख गरेका थिए । पुस्तक पश्चिमी देशमा २००५–२००९ मा प्रकाशनमा आएको थियो । ‘विभागले सधैंझै संसारको भविष्यबारे १५ देखि २० वर्ष अघि नै भविष्यवाणी गर्ने कोशिस गरेको थियो । वैश्विक महामारीको सम्भावना पनि आश्चर्यजनक रुपमा वास्तविक बनेको छ,’ एक वैश्विक महामारीको सम्...