आज कुशेऔंसी तथा बाबुको मुख हेर्ने दिन/मोतिराम भट्टको जन्मजयन्ती पनि आजै काठमाडौं, १ भदौं । आज भाद्र कृष्णऔसी अर्थात बाबुको मुख हेर्ने दिन छोराछोरीले आफ्ना बुवालाई मिठो परिकार भोजन गराई श्रद्धापूर्वक मनाउदैछन । आजका दिन बाबुप्रति कृतज्ञता प्रकट गर्न छोराछोरीले आफ्ना बाबुबाट आर्शिबाद लिने चलन छ । बाबु नहुने छोराछोरीले भने आज बाग्मती नदिको किनारमा गई बुबाको नाममा पिण्ड दिने चलन रहेको छ । आज बिहानै देखी राजधानीमा रहेको गोकर्णेश्वर मन्दिरमा श्राद्ध तथा सिदा दान गर्ने श्रद्धालुहरुको विहानैदेखि भीड लागेको छ । आजको दिनलाई कुशे औसी पनि भनिन्छ । आज पुरोहित तथा ब्राम्हणहरुले कुश काटेर मन्त्र गरी जजमानका घरमा पुर्याउने गर्दछन् । आज भित्रयाईएको कुश बर्षभरी देब तथा पितृकार्यमा प्रयोग गरिन्छ । घरमा कुश राख्ने परिवारमा रोगm दु:ख तथा कष्ट नहुने बिश्वास छ । आजै युवा कवि तथा राष्ट्रिय बिभुति मोतिराम भट्टको १ सय ४६ औ जन्मजयन्ती पनि बिभिन्न कार्यक्रम गरी मनाईदै छ । वि सं १९२३ साल भाद्र कुसे औंसीका दिन जन्मेर १९५३ साल भाद्र कुसे औंसीकै द...
Posts
Showing posts from August, 2012
- Get link
- X
- Other Apps
निकासको एउटै बिकल्प : गोलमेच सभा -केशरमणि कटुवाल संबिधान सभाको बिघटन भएको डेढ महिना भन्दा बढि भएपनि अहिले सम्म राजनीतिक दलहरुबीच सहमतिको कुनै सम्भावना देखिएको छैन । छिटफुट रुपमा दलहरुबीच आन्तरिक र दुई पक्षीय छलफल हुनुका अतिरित्त दलहरु अधिकांश समय आरोप पत्यारोपमा नै व्यस्त छन । दलहरुको आफ्नै अर्कमन्यताका कारण संबिधानसभा बिघटन भएको छर्लङगै भइसक्दा पनि दलहरु स्वयम भने त्यसलाई स्वीकार्न तयार देखिदैनन । काग्रेस–एमाले लगायतका राजनीतिक दलहरु नया संबिधानमा राजाको ठाउमा राष्ट्रपति र राजतन्त्रको ठाउमा लोकतन्त्र राख्नुबाहेक अरु बिषयमा सहमत नभएको र माओबादीले सयौं मुद्धाहरुमा लचकता अपनाउदा समेत १० वटा संबिधानका मु...