निकासको एउटै बिकल्प : गोलमेच सभा
                                                                                                            -केशरमणि कटुवाल
संबिधान सभाको बिघटन भएको डेढ महिना भन्दा बढि भएपनि अहिले सम्म राजनीतिक दलहरुबीच सहमतिको कुनै सम्भावना देखिएको छैन । छिटफुट रुपमा दलहरुबीच आन्तरिक र दुई पक्षीय छलफल हुनुका अतिरित्त दलहरु अधिकांश समय आरोप पत्यारोपमा नै व्यस्त छन । दलहरुको आफ्नै अर्कमन्यताका कारण संबिधानसभा बिघटन भएको छर्लङगै भइसक्दा पनि दलहरु स्वयम भने त्यसलाई स्वीकार्न तयार देखिदैनन । काग्रेस–एमाले लगायतका राजनीतिक दलहरु नया संबिधानमा राजाको ठाउमा राष्ट्रपति र राजतन्त्रको ठाउमा लोकतन्त्र राख्नुबाहेक अरु बिषयमा सहमत नभएको र माओबादीले सयौं मुद्धाहरुमा लचकता अपनाउदा समेत १० वटा संबिधानका मुद्धामा सहमति नजनाउदा संबिधान सभा बिघटन हुन पगेको कुरालाई अहिले कसैले छोप्न मिल्ने अवस्था छैन । त्यतिमात्र होइन बिबाद समाधानको लागि मतदानमा जान नमान्नु, देशमा बिभिन्न कालखण्डमा चरम उत्पिडनको सिकार बनाइएका जाति, बर्ग, क्षेत्र, लिंग र समुदायका जनतालाई अधिकार दिने सवालमा देखाएको उदासिनता, संबिधान बनाउने बेलामा सत्ताको बढि आसक्ति देखाउनु यति मात्र नभएर लोकतन्त्रको भजन गाएर लोकतन्त्रको खिल्ली उडाएका कारण संबिधान सभा बिघटन भएको यथार्थलाई अहिले भुल्न मिल्दैन । अहिले सत्तामा रहेका दलहरुलाई कुर्सी गुम्ने डर र बिषक्षी दलहरुलाई कुर्सीमा पुग्ने चिन्ता नै राजनीतिक गतिरोधको मुख्य कारण हो । 

अहिलेको अवबस्थामा सरकारमा हुने दलहरुले सरकार छोड्दिन भन्नु र सरकारबाहिरका दलहरुले सरकारमा नगएसम्म सहमति गर्दिन भन्ने भन्दा पनि शान्ति, संबिधान, सरकार र संबिधानको संसोधन गर्ने बिषयमा प्याकेजमा समाधान भएमात्र राजनीतिक गतिरोधको निकास निकाल्न सकिने बताउछन नागरिक समाजका अगुवा एवं. राजनीतिक बिश्लेसक श्याम श्रेष्ठ । उनी भन्छन,“ अहिलेको अवस्थामा पहिले सरकार अनि सहमति भन्नु वा सहमति नभएसम्म राजिनामा दिन्न भन्नु दुवै बेठिक तर्क हुन, सबै एक ठाउा बसेर प्याकेजमा सहमति जुटाउनुपर्छ ।” देशमा सबै राजनीतिक दलहरु एकजुट भएर राजनीतिक गतिरोधको निकास दिने बेलामा नेपालका राजनीतिक दलहरु एकपछि अर्को गर्दै बिभाजित भइरहेका छन । बिघटित संबिधान सभाको सबैभन्दा ठुलो दल एकीकृत नेकपा माओबादी २ चिरा भएर नेकपा–माओबादीको गठन भएको छ भने संबिधान सभामा ६ वटा रहेका भधेसी दलहरु बिभाजनपछि १९ वटा बनेका छन । त्यसमा पनि सरकारमा रहेको फोरम गणतान्त्रिक अहिले फेरी चरम आन्तरिक बिबादमा डुबेको छ । संबिधान सभाको बिघटनसंगै नेकपा एमाले चरम राजनीतिक अन्र्तकलहमा फसेको छ भने काग्रेसमा लामो समयदेखीको अन्तरद्वन्द समाधान भएको देखाइएपनि तल्लो तहसम्मको अन्तरद्वन्द समाधान हुन सकेको छैन । एमालेका जनजाति नेताहरुले छुट्टै अग्रगामी बिचार समुह गठन गरेपछि उ भित्रको आन्तरिक बिबाद बुझ्न गाह्रो नपर्ला । यसरी बिभाजित मानसिकताका दलहरुले देशलाई निकास दिने सम्भावना भने कम रहेको कुरा स्वीकार्दछन राजनीतिक बिश्लेषक श्रेष्ठ पनि । उनी भन्छन दलहरुको कुर्सी मात्रै ताक्ने मानसिकताका कारण राजनीतिक सहमति बन्न नसकेको हो । सहमतिको लागि कुर्सीको एजेण्डा त्याग्नुपर्ने उनको भनाई छ । संबिधान जारी नगरी अकालमा नै संबिधान सभा बिघटन भएको दोष सबैले लिदै आगामी दिनमा सहमतिको यात्रालाई अगाडि बढाउनु पर्ने ठड्कारो आवश्यकता देखिन्छ । तर संबिधानसभा बिघटनसंगै दलहरुमा आएको बिभाजनका कारण प्रमुख तीन दल र मधेसी मोर्चा पहिले कै दाजोमा शक्तिशाली छैनन । बिभाजनपछिको माआबादी, बिभाजित मधेसी मोर्चा र बिभाजनकै हैसियतमा पुगेको एमाले र सुलेसन लगाएर टासेको काग्रेसले मात्र राजनीतिक निकास दिने सम्भावना भने कमजोर रहेका कारण तीन दल र मधेसी मोर्चाको पुरानो मान्यता पनि हेरफेरको आवश्यकता छ । संबिधान सभाको बिघटनपछि सबैदलको हैसियत समान बन्न पुगेको छ । यसकारण अहिले अस्तित्वमा रहेका सबै शक्तिहरुको सहमति लत्कालका लागि एउटा राजनीतिक निकासको एउटा बाटो हुन सक्छ । दलहरुको बास्तबिक हैहियत भने जनताले चुनावमार्फत बिस्तारै ठेगान लगाइदिनेछन, र फेरी पनि जनता नै दलहरुको हैसियत प्रदान गर्ने बैधानिक निर्णयकर्ता हुन । 

इतिहासमा असफल भइसकेको परम्पराबादी संसदीय व्यबस्थाको वकालत गर्ने काग्रेस–एमाले लगायतका राजनीतिक दलहरु र मुलुकमा नयाा निकासको लागि आफूलाई ‘हिङ’ भएको दावी गर्ने एकीकृत माओबादी दुवैले देशलाई निकास दिन सकेनन । उदेश्य र गन्तव्य बिहिन शान्ति र संबिधानको नारा दिएर जनयुद्धका सबै उपलब्धिहरु गुमाउन पुगेको एकीकृत माओबादी पनि तत्काल देशलाई निकास दिन सक्ने अवस्थामा देखिदैन । यसो भन्दैमा राष्ट्रपतिलाई असंबैधानिक कदममा उक्साउने काम भने राष्ट्रका लागि घातक साबित हुन सक्छ । यस समयमा परिवर्तनकारी र अग्रगमनकारीहरुको बृहत मोर्चा निर्माण गरेर जानुको बिकल्प छैन । आफ्नै पार्टी भित्र शान्ति र संबिधानको कार्यदिशा संगै जनबिद्रोहको पनि कार्यदिशालाई समानान्तर रुपमा लिएर जानुपर्ने व्यापक दवाबलाई बेवास्ता गर्दै अघि बढेको एकीकृत माओबादी नेतृत्वसंग यतिबेला न शान्ति र संबिधान छ नत पार्टी एक रहन सक्यो । यसमा नै असफल देखिएको नेतृत्व फेरी सफल हुने र त्यसलाई नेपाली जनताले बिश्वास गर्ने आधार देखिदैन । त्यसमा पनि सो पार्टीमा पछिल्लो समयमा देखिएको पदीय बिबादले फेरी एक भएर निर्णय गर्ने सम्भावनालाई पनि कमजोर बनाउदै लगेको छ । बिगतमा मोहन बैद्यका कारण पार्टी कमजोर भएको आरोप लगाउने नेताहरु यतिबेला नया पार्टीमा गएका नेताको ठाउमा पुग्न घले दौडमा दौडिरहेका छन । सफल को हुने वा दौड कसले जित्ने भन्ने ग्रीन सिग्नल नदेखिदा यो अझ लम्बिने सम्भावना छ । 


नेपाली राजनीतिका अहिलेका खेलाडिहरुमा कोहीपनि सर्बस्वीकार्य नेता नभेटिनु र राजनीतिक निकास भन्दा देशलाई बन्धक राख्ने प्रबृतिले समस्या अझ बल्झाएको छ । देशलाई निकास दिनको लागि अब सर्वपक्षीय गोलमेच सभा गरेर सबैका बिचारहरुलाई छलफल, बहस र अन्र्तक्रियाको माध्यमबाट समाधान सहित नया संबिधान र नयाा अन्तरिम राष्ट्रिय सरकार लगायतका बिषयमा प्याकेजमा समाधान खोज्नुको बिकल्प छैन । फेरी पनि खर्चिलो संबिधानसभाको निर्बाचन गराउने र बिगतका बिबादहरुलाई समाधान गर्नतर्फ नलाग्ने हो भने त्यसको मार नेपाली जनताले थेग्न सक्दैनन् । अर्बौ खर्चेर भएको निर्बाचनबाट संबिधान आउन सकेन र फेरी त्यही कुरा दोहार्‍याइदै छ । दलहरु हिजोकै, पात्र र प्रबृत्ति हिजो कै बिबादित मानसिकता हिजो भएका दलहरुले देशलाई कसरी नया निकास दिन सक्छन ? दलहरुकै कारण एक पटक असफल सावित भएको संबिधान सभा र तिनै असफल र असक्षम नेताहरुबाट निकास निस्कनेमा नेपाली जनतामा बिश्वास छैन । देशलाई नया निकास दिने उच्चकोटीको जादुमयी छडी भेटिइसकेको अवस्था छैन । यस अबस्थामा सबैभन्दा उपयुत्त निकास भनेको सर्वपक्षीय गोलमेच सभा नै हो । सबैका बिचार, भावना, आदिमा छलफल, बहस, अन्र्तक्रियाका माध्यमबाट समाधान गरिनु पर्छ । हिजोको दिनमा केही राजनीतिक दलका केही नेताहरुको राजनीतिक सिण्डिकेट सहमतिको लागि बाधक बनेको थियो । फेरी पनि ति नै राजनीतिक दलका तिनै नेताहरुको सिण्डिकेट कायम गर्ने हो भने यो देशमा न शान्ति सम्भव छ न त संबिधान नै । यसले देशमा जारी राजनीतिक गतिरोधलाई बढाउदैन मात्र जनतामा भएको आक्रोसलाई थप उचाइमा पुर्‍याउने छ । त्यसबेला गोलमेच सम्मेलनको बिकल्प खोज्ने दल र तिनको नेताहरुको पनि जनताले बिकल्प खोज्ने छन । जसले जनताका भावनाहरुलाई समेट्न सक्छ उही हो भोलिको नेता । जनताले धेरै सुनिसके सहमति, सहकार्यको कुरा अब जनता निकास चाहन्छन । त्यो निकास गोलमेच सभाले मात्र निकाल्न सक्छ । तसर्थ देशको राजनीतिक निकासका लागि सबै परिवर्तनकामी, क्रान्तिकारी र अग्रगमनकारीहरुको एकता कायम गरी देशलाई अग्रगमनको दिशामा लैजानु अहिलेको निकासको उपयुक्त बाटो र आवश्यकता हो ।











Comments

Popular posts from this blog

खस जातीको संक्षिप्त इतिहास

कम्प्युटर भनेको के हो ?

नेपाल थरको इतिहास