आज कुशेऔंसी तथा बाबुको मुख हेर्ने दिन/मोतिराम भट्टको जन्मजयन्ती पनि आजै
काठमाडौं, १ भदौं ।
आज भाद्र कृष्णऔसी अर्थात बाबुको मुख हेर्ने दिन छोराछोरीले आफ्ना बुवालाई मिठो परिकार भोजन गराई श्रद्धापूर्वक मनाउदैछन । आजका दिन बाबुप्रति कृतज्ञता प्रकट गर्न छोराछोरीले आफ्ना बाबुबाट आर्शिबाद लिने चलन छ । बाबु नहुने छोराछोरीले भने आज बाग्मती नदिको किनारमा गई बुबाको नाममा पिण्ड दिने चलन रहेको छ ।
आज बिहानै देखी राजधानीमा रहेको गोकर्णेश्वर मन्दिरमा श्राद्ध तथा सिदा दान गर्ने श्रद्धालुहरुको विहानैदेखि भीड लागेको छ । आजको दिनलाई कुशे औसी पनि भनिन्छ । आज पुरोहित तथा ब्राम्हणहरुले कुश काटेर मन्त्र गरी जजमानका घरमा पुर्याउने गर्दछन् ।
आज भित्रयाईएको कुश बर्षभरी देब तथा पितृकार्यमा प्रयोग गरिन्छ । घरमा कुश राख्ने परिवारमा रोगm दु:ख तथा कष्ट नहुने बिश्वास छ । आजै युवा कवि तथा राष्ट्रिय बिभुति मोतिराम भट्टको १ सय ४६ औ जन्मजयन्ती पनि बिभिन्न कार्यक्रम गरी मनाईदै छ ।
वि सं १९२३ साल भाद्र कुसे औंसीका दिन जन्मेर १९५३ साल भाद्र कुसे औंसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्ट माध्यमिक कालीन नेपाली साहित्य र शृङगारिक धाराका प्रवर्तक हुन् ।
Comments
Post a Comment