नेपालमा कृषिको व्यवसायिकरणका चुनौति
कृषि प्रधान हाम्रो देशका बहुसंख्यक जनताहरु कृषि पेशामा आवद्ध रहेका छन् । नेपालको कुल ग्राहस्थ उत्पादनमा ३४ प्रतिशत योगदान कृषि क्षेत्रको रहेको छ । तर अझै पनि नेपाल खाद्यान्नमा समेत आत्मा निर्भर हुन सकिरहेको छैन । नेपालमा कृषकहरुलाई दिने सहुलियत र नीतिगत तहमा रहेको कमजोरीकै कारण यस्तो अवस्था रहेको बताउछन् केन्द्रिय कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठक यता मन्त्रीपरिष कार्यलयका सचिव कृष्णहरि बास्कोटाको भने त्यो भन्दा फरक धारणा रहेको छ । नेपालको कृषि सहित हरेक क्षेत्रमा विकास हुन नसक्नुमा सबै दोषी रहेको र सबैले आफ्नो भूमिका नबुझ्ने नाफा कमाउने मात्रै उदेश्यमा लाग्दा समस्या जहााको त्यही भएको उनको बुझाई छ । अहिले नेपाल रेमिट्यान्सको भरमा चलेको र कृषिको व्यवसायीकरण आत्मानिर्भरता र आयात प्रतिस्थापनका लागि कुनै व्यवस्थित योजना नभएकाले सरकार गम्भीर बन्नुपर्ने बताउछन् नेपाल उद्योग बाणिज्य महासंघ उद्योग समितिका सभापति दिनेश श्रेष्ठ यता कृषिको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने कृषि मन्त्रालय आफै पीडित बनिरहेको छ । कृषिलाई व्यवसायीकरण गर्न लागि प्रबिधिमा विकास...