दशा नबनोस दशै


                                                          
                                                                                                                     –केशरमणि कटुवाल 
आरम्भ                                
     विगत वर्षहरुमा झै यसबर्ष पनि हरेक नेपाली जनताका घर आंगनमा दशैको नशाले छोएको छ । बजारहरुमा दशैमा घर जान टिकट काट्नेदेखी पैसा साट्ने सम्मको घुइचो छ । नेपाली समाजमा दशैंलाई बडा दशैं, विजया दशमी, दुर्गा पुजा आदि विबिध नामले चिनिन्छ । धर्मनिरपेक्ष घोषित नेपालमा बहुसंख्यक हिन्दूहरुको नै बसोबास रहेको छ । दशैं हिन्दूहरुको सबैभन्दा प्रमुख चाड पनि हो । दशैंलाई असत्य माथि सत्यको विजयको रुपमा मनाइन्छ । यसर्थ दशैं विजय दशमीको नामले समेत प्रशिद्ध छ । विजय दशमी भगवान् रामको रावणमाथि विजयको रुपमा मनाइयोस् वा दुर्गा पुजाको रुपमा जे भएपनि एक वाक्यमा भन्नुपर्दा दशै शक्तिको पुजा गर्ने पर्व हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव (पर्व) शुरु भएको मानिन्छ । 

        जसले जसरी मनाएपनि चाडपर्व हामी नेपालीका परिचयका आधारस्तम्भ र सांस्कृतिक परिचायक पनि हुन् । दशैं भन्ने वित्तिकै रमाईलोको महशुस गर्ने आम नेपालीहरुका लागि दशैं दशाका रुपमा चित्रित हुन थालेको छ । पछिल्लो समयमा चाडपर्वमा देखिन थालेको बिकृति र बिसंगति तथा चाडपर्व मनाउने होडबाजीले गर्दा नेपाली जनतामा यसप्रतिको धारणा परिवर्तन भई बोझको रुपमा लिन थालिएको पनि प्रशस्तै पाइन्छ । यसवर्षको मात्र कुरा गर्ने हो भने पनि धेरै नेपालीहरु दशैं मनाउन नसक्ने अवस्थामा पुगेका छन् । आधारभुत वर्गका नेपालीहरु माझ अहिले बजारमा व्याप्त कालोबजारी, अनियन्त्रित बजार भाउ आदिका कारण नेपाली जनता दशैं मनाउन सक्ने अवस्थामा छैनन् । महंगीको मारले आागनमा घोर्ले खसी ढालेर दशैं मनाउने ध्याउन्नमा बसेकाहरुका लागि त खसी किन्न नसक्ने अवस्था सिर्जना भएपछि गरिब तथा विपन्नहरुका लागि दशैं कस्तो आउने हो भन्ने सहजै अनुमान लगाउन सकिएला । त्यसमा पनि चाडबाडको मौका छोपेर अकुत सम्पक्ति कमाउन पल्केका नाफाखोर व्यापारीहरुका कारण जनताले चाढपर्वको समयमा राहतको सट्टा आहत पाएका छन् । 

     यतिबेला नेपालमा राज्य र सरकार छ कि छैन भन्ने कुरा नेपाली जनताले अनुभूति गर्न सकेका छैनन् । केही समय अघि जनतालाई राहत दिन भन्दै दैनिक उपभोग्य बस्तुको मुल्य निर्धारण गरेको भएपनि त्यो केवल प्रचारमा सिमित भयो, व्यबहारमा जनताले अनुभव गर्न पाएको अवस्था छैन । सरकारी संयन्त्रहरु व्याप्त कालोबजारी, महंगी, भ्रष्टाचार घुसखोरी नियन्त्रण गर्न असफल सावित मात्र भएका छैनन् निकम्मा बनेका छन् । पछिल्ला केहीबर्षको तुलनामा बजारभाउ ५० प्रतिशत भन्दा बढि वृद्धि भएको छ जसमा आम सर्वसाधारण, मजदुर, किसान भरिया र सिमान्तकृत समुदाय नै बढी संकटमा परेका छन् । जसबाट जनजीवन कष्टकर बन्दै गएपछि उनीहरुलाई दशै केवल आकाशको फल बन्ने निश्चित छ । 

नेपाली समाजमा दशैं
       परापूर्वकालमा देवीदेवताको विजयलाई मानिसहरुले आफ्नो विजय सम्झी एक उत्सवको रुपमा हरेक वर्ष असोज शुक्ल दुर्गा पक्षको प्रतिपदा देखि कोजाग्रत पूर्णिमासम्म विभिन्न पूजा आजा गरी मिठामिठा परिकारहरु बनाएर खाने, नयाँ कपडा लगाउने र लामो समयसम्म भेट नभएका आफन्तहरुसँग भेटघाट र रमाईलो गरेर यो चाडलाइ मनाउने गरिएको छ । अनावश्यक तडकभडक र देखासिकीको शिकार बन्दै गरेको दशैंले अहिले भने हुनेखानेलाई मात्र छुन थालेको छ भने हुँदा खानेलाई दशा बन्दै गएको छ । नेपाली समाजमा बढ्दै गरेको वर्गीय खाडलले गर्दा दशैं सबैका लागि दशैं बन्न सकेको छैन । अरुले मनाउादा दशैं मनाउनै पर्ने बाध्यता रहेको हाम्रो समाजमा हुनेखानेलाई दशै र हुादा खानेलाई दशा बन्दै आएको यथार्थ हो । माथिल्लो घरमा मासु पाक्दा आफ्नो घरमा पनि पकाउनै पर्ने, अर्कोले नयाा लगाउादा आफूले एकजोर भएपनि किन्नैपर्ने र एकछाक मिठो खानुपर्ने बाध्यताले न्युन आयस्तर भएका नेपालीहरुको लागि दशै सधैं ‘दशा’ बन्ने गरेको छ । समाजमा रहेका वर्गीय खाडलको कारण ऋण गरेरै भएपनि दशैं मनाउनु पर्छ भन्ने मान्यताले समाजमा स्थान पाउादा दशैं ‘दशा’ मात्र होइन दशैंमा बिभिन्न किसिमका बिकृति र बिसंगतिहरु समेत बढ्न थालेका छन् । समाजमा अराजकता फैलनुका साथै अनावश्यक तडकभडक बढेको छ ।  

नेपाली समाजमा दशैको महत्व 
      हिन्दू समुदाय त्यसमा पनि हिन्दू नेपालीहरुको प्रमुख चाड बडादशैको महत्व धार्मिक र सांस्कृतिक हिसाबले मात्र होइन राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत र विकास गर्ने बिशेष पर्व तथा अवसरका रुपमा पनि विशिष्ट छ । जनआन्दोलन २०६२/६३ पनि नेपाल धर्म निरपेक्ष राज्यमा रुपान्तरण भएको छ । नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधताले युक्त मुलुकमा दशैंलाई सबैले विशेष महत्वका साथ राष्ट्रिय चाडका रुपमा मनाइदै आएको छ । नेपाली समाजले एउटा छुट्टै पहिचान बोकेको छ । यतिबेला संसारमा कही कालो वर्ण र गोरो वर्णको नाममा, कही मुस्लिम र इसाई भएको नाममा अझ भनौ धर्म, भाषा, संस्कार र सस्कृतिको नाममा संसारमा युद्धका शृङखलाहरु जारी रहेको समयमा नेपालमा भने सवैका चाडपर्व, धर्मसंस्कृति, रीतिरिवाज र परम्परालाई सम्मान र आदरपूर्वक व्यवहार हुनु साच्चै नेपालको एउटा मौलिक परिचान नै हो ।  एउटा धर्म मान्नेकोमा भएको धार्मिक कार्यलाई सहजताका साथ स्वीकार गर्न सक्ने नेपाली सहिष्णुता उदहरणीय छ । हिन्दूले दशै मान्दा बौद्धिष्टहरुले पनि संगै मनाउने, बौद्धिष्टहरुको बुद्धपूर्णिमा हिन्दूहरुले पनि मनाउने गर्दछन् । 

     लामो समयदेखी भेटघाट नभएको आफन्तहरुबीचको भेटघाट एकातिर छ भने सामाजिक सद्भाव र मेलमिलापको आदर्शमय संस्कृतिको जागरण र अनुशरणमा यो पर्वको विशिष्ट योगदान छ । अहिले धर्मको नाममा बिभिन्न बिकृति, बिसंगतिहरुको प्रबेश समेत भएको छ । दशैलाई हिन्दूहरुको मात्र हो अथवा कट्टर अनुयायीको पर्व मात्र हो भनेर संङकिर्ण सोच राखी तदनुरुपकै व्याख्या गरिने हो भने नेपालको एउटा सामाजिक सद्भावको पर्व र मौलिक राष्ट्रिय संस्कृतिको पहिचानमा नै धक्का पुग्छ । दशै लामो समयदेखि चल्दैआएको सनातनी परम्परा र बहुसंस्कृतिभित्र निर्मित राष्ट्रिय संस्कृतिको समन्वित रुप र राष्ट्रिय एकताको सूत्रमा आवद्ध सम्पूर्ण नेपालीको सामूहिक सद्भावको द्वोतक पनि हो । नेपालमा खल्बलिदै गएको साम्प्रदायिक सद्भाव जगाउने विशिष्ट सांस्कृतिक पर्वका रुपमा बडा दशैंको महत्वलाई जीवन्त राख्नु इतिहास र परम्पराले सुम्पिएको दायित्व हो ।

       अन्योलग्रस्त नेपालको वर्तमान राजनीतिक अवस्था र सांस्कृतिक विचलनको लहरलेपनि सामाजिक सद्भाव, सहिष्णुता र एकतावद्ध भावना नै खलबल्याउने चेष्टा गरिरहेको छ । आमूल राजनीतिक परिवर्तनको लहरले मुलुकको समग्र क्षेत्र कुनै न कुनै रुपमा प्रभावित भैरहेको बेला नेपालको सामाजिक सद्भाव र मेलमिलापको राष्ट्रिय संस्कृतिविरुद्ध सुनियोजित षड्यन्त्रका खेलहरु अनेक प्रसंगसंग जोडिएर आएका छन् । जातिगत, भाषागत, धर्मगत, संस्कृतिगत र क्षेत्रगत विभेदका लहरहरु निर्देशित रुपमा नै उठाएर नेपालको राष्ट्रिय एकता र अखण्डतामाथि नै आाच ल्याउने गरी अनेक गतिविधिहरु समेत हुदै आएकाले सांस्कृतिक विचलनको गति तीब्रतर बन्दै गएको छ । 

     नेपाली भूमि यहााका सबै जातजाति, भाषाभाषी, धर्म, पेशा, वर्ग, समुदायको साझा सम्पदा हो । यहााका सबै धर्मसंस्कृति भित्र रहेका चाडपर्व सबै नेपालीको सांस्कृतिक धरोहर हो । त्यसका साथै आम नेपाली जनताबीच सद्भावना, मेलमिलाप, सहअस्तित्वबोध र ऐक्यवद्ध सांस्कृतिक चेतनाको जागरण पनि हो । सत्ता स्वार्थको विकृतिजन्य राजनीतिक अभ्यासले सिंगो समाज ग्रस्त बनेको बेला दशैं सामाजिक सद्भाव, परम्परागत रुपमा अविरल प्रवाहित सन्देशले नेपाली जनतालाई एकताको सुत्रमा बाध्न सफल भएको छ । 

उपसंहार–यसरी मनाउने दशैं 
        ‘दशै’ भन्ने बित्तिकै यससंगै रमाईलो, परिवारका लामो समयदेखी छुटेका आफन्तहरुबीचको सुखद मिलन आदिको बिशेष महत्व रहेको छ । दशैंमा जस्तै न्युनतम आर्थिक अवस्था भएको भएपनि आफन्तहरुबीचको आत्मियता र भेटघाटका साथमा आफूभन्दा ठुला व्यक्तिको हातबाट टीका ग्रहण गर्ने परम्परा उल्लेख्य छ । दशैमा धेरै खर्च गरी तडकभडक गर्नु भन्दा पनि मितव्ययी भएर दशै मनाउनु सबैका लागि फलदायी हुन्छ । नेपालको अनियन्त्रित बजारभाउ र गहिरिदै गएको गरिवी आदिका कारण अव सामान्य नागरिकहरुले विभिन्न चाडवाडहरु मनाउने दिन गईसकको छ । आफ्नो गच्छे अनुसार दशैं मनाउनु प्रक्रियाको सुरुवात आजको युवा पुस्ताबाट हुन जरुरी छ । धेरै खर्च गरेर मात्रै चाडपर्वहरु रमाईलो हुने होईन । हाम्रा पुर्खाले आफ्नो घाँटी हेरेर हाड् निल्नु भनेर त्यसै भनेका होईनन् ?  हो यहि आजको परिस्थिति आउने सम्भाव्यता त्यस बेलानै भविष्यवाणी गरेका रहेछन् । हुनेखानेलाई सधै दशै छ हुदा खानेलाई बर्ष दिनमा आउने दशै दशा नबनोस हार्दिक शुभकामना †

    हाम्रो जलजला मासिकको कात्र्तिक अंकमा समेत प्रकाशित छ । 

Comments

Popular posts from this blog

खस जातीको संक्षिप्त इतिहास

कम्प्युटर भनेको के हो ?

नेपाल थरको इतिहास