नेपाल थरको इतिहास

धेरै पहिले हिम नदीले गर्दा उत्तरी ध्रुवको आर्यनाम भाएहोबाट हाम्रा पुर्खजहरु (आर्यन) सरे । उनीहरुको यस महा भ्रमण दक्षिण र दक्षिण पश्चिम अर्थात् इरान, भारत, ग्रीस, रुस, जर्मनी एवम् अन्य युरोपेली राष्ट्रतर्फ रह्यो । करीब १५०० बि.सी. तिर हाम्रा वंशजहरु इरानी प्लाटुबाट आइ इन्दस नदी उपत्यका (पाकिस्तान) आक्रमण गरे जसले गर्दा गाढा छाला भएका वासिन्दाहरु (द्राविदियन) भागे । त्यसपछि ऋग्वेदिक कालमा (१३०० देखि १००० बि.सी.) हाम्रा पुर्वजहरु त्यस उपत्यकाबाट पूर्व तथा दक्षिणतर्फ (भारत) लागे । त्यतिखेर उनीहरुले ब्राम्हण पाठपुजा फैलाए र जातिभेदको थालनी गरे ।

उनीहरुको पहिलो यात्रा सप्तसिन्धु (कश्यप गिरी अर्थात् हिन्दू कुश पर्वत) तिर रह्यो । ती मध्ये शकहरु शकद्वीप हुदै दक्षिणतिरबाट मध्य भारत छिरे । खसहरु (हाम्रा पुर्वज) पूर्व हिमालय (मानस प्रदेश) सिन्ध र मध्य मेरुको उत्तरी पहाड, पामिर प्लाटु, युराल र चित्राल, जालन्धर पहाड, र काश्मीर उपत्यकातिर लागे । यो आठौं बि.सी. तिरको कुरा हो । त्यसपछि हाम्रा पुर्खाहरु पश्चिम बद्रिनाथतिर रहे ।

करीब १३ औं शताब्दी ई.स. तिर पर्वत पण्डित केदारभुमी त्यागेर सिंजा कर्णाली (सिंजा सेरिढुस्का गाउ) छिरे । उनका दाजु सुबल पण्डित भने त्यतैतर्फ रहे । पर्वत पण्डितका सन्तान, जयविद्याधर पण्डित (३६ करले मुत्त रहेका) का ४ छोरा थिए र ती छोराहरुले निम्न प्रकारले थर राखे : 

१. सर्वज्ञधर पण्डित (नेपा, दैलेख विर्ता) नेपाल

२. जसोधर पण्डित (सुतारकोट, दैलेख विर्ता) सुतार कार्की

३. जयधर पण्डित (बारला गाउ, अछाम विर्ता) बराल

४. गुणरत्नाकर पण्डित (खन गाउ, गुल्मी विर्ता) खनाल

यसरी ४ छोराका सन्ततिहरु क्रमश: नेपाल, सुतार कार्की, बराल, र खनाल कहलिन थाले । यिनीहरु सबै घृत कौशिक गोत्र अन्तर्गत पर्दछन् ।

एक चादीपत्रमा श्री शाके ११९२ माघ ५ गते (वि.सं. १३२७, ई.स. १२७०) खस राजा अक्षयमल्ल देव (सम्राट जितारी मल्ल, त्यसबेलाका प्रसिद्ध राजा अशोक मल्लका छोराका जेठा छोरा) ले सर्वज्ञधर पण्डितलाई नेपा गाउको विर्ता दिएको उल्लेख छ । नेपा गाउाको विर्ता पाएको हुनाले सर्वज्ञधर (र उनका सन्तानहरु) नेपाल कहलिन थालेका हुन् । त्यस अघि हामीहरुलाई थरी पण्डित भन्ने गर्दथे ।

समग्रमा भन्नु परे नेपाल थर कौशिकादी परिवार अन्तर्गत पर्दछ । खस ब्राम्हण अन्तर्गत २८४ थर छन् र ती मध्ये नेपाल थर एक हो । यसको शुरुवात नेपा (दुल्लु, दैलेख जिल्ला, भेरी अन्चल) मा भएको हो । नेपालहरुको धार्मिक स्थल दुल्लु विजयनगर स्थित सिरस्थान देवता (दुल्लु ज्वालाजी) हुन् । 

नेपाल थर शुरु गर्ने सर्वज्ञधर पण्डितका २ छोरा थिए: दैवुपाध्या नेपाल र धैवुपाध्या नेपाल । असोज १३७८ मा दैवुपाध्या दुल्लु छोडेर सर्देहवा पाल्पा छिरे । उनका दाजु धैवुपाध्या पुर्व झिल्टुङ, सिपा मण्डन गए । यहाबाट पाल्पाका नेपाल र पुर्वका नेपालहरु छुट्टिन्छन् ।

copy

Comments

Post a Comment

Popular posts from this blog

खस जातीको संक्षिप्त इतिहास

कम्प्युटर भनेको के हो ?