Posts

Showing posts from June, 2013

बाढीपीडितलाई राहतमा ढिलाई

असार सुरु हुने बित्तिकै सुरु भएको मनसुनी बर्षाले सुदुरपश्चिमको महाकाली संगै महाबिपत्ती ल्याएपछि जनताहरु आतंकित बनेका छन् । बाढिपहिरोका कारण सदुरपश्चिमको दार्चुला सदरमुकाम खलंगा सबैभन्दा बढि प्रभावित बनेको छ । खलंगामा मात्रै १ दर्जनबढि सरकारी कार्यलय सहित ५ दर्जन घरहरु महाकाली नदिले बगाउदा सयौ मानिसहरु बिस्थापित बनेका छन् । त्यतिमात्र होइन बाढीका कारण कञ्चनपुर, कालिकोट, बैतडी, अछाम सहित देशका बिभिन्न स्थानमा ठुलो धनजनको क्षति हुदा समेत उद्धार तथा राहतको प्रभावकारी व्यवस्था हुन सकेको छैन । बाढी तथा पहिरोमा परी दैलेखमा ७, कालिकोटमा ४, बैतडीमा ४, डोटी र अछाममा २/२ तथा कैलाली, डडेलधुरा, र कपिलवस्तुमा १/१ जनाले ज्यान गुमाएका छन् भने कालिकोटमा ११ सहित करिव तीन दर्जन बेपत्ता छन् । बाढीपहिरोका कारण यति ठुलो क्षति भइसक्दा पनि उद्धार तथा राहतको लागि पर्याप्त पहल नभएको एमाले नेता तथा पूर्व सभासद् गोपाल सिंह बोहराले गुनासो गरेका छन् । बाढी पहिरोका कारण प्रभावित भएपछि सुदुर तथा मध्यपश्चिममा क्रियाशिल राजनीतिक दलका नेता तथा नागरिक अगुवाहरुले समेत मन्त्रीपरिषद अध्यक्ष रेग्मीको ध्यानाकर्षण गराएका थिए...

जलवायु परिवर्तन र वाताबरणीय प्रभाव

चैत्रको महिनामा फुल्ने स्याउ र प्राय: फागुनको अन्तिम साता मात्र फुल्न थाल्ने लालीगुरास माघमै फुल्न थालेका छन् ।     बाहै्र महिना हिउंले ढाकेर सेताम्मे हुने हिमालहरुमा हिउं पग्लेर काला धब्बा मात्र देखिन थालेका छन् । यतिमात्र होइन कुनै समय लामखुट्टेको नाम मात्र सुनेका हिमाली जिल्लाका नागरिकहरु हिजोआज लामखुट्टेले टोकेर हैरान बनायो भन्न थालेका छन् । यी र यस्ता थुप्रै परिवर्तनहरु मानिसले प्रत्यक्ष अनुभूत गर्न थालेका छन् । जलवायु परिवर्तनका कारण तापक्रमको बृद्धि र वाताबरणीय बिनासले यसरी परिवर्तन आएको बारे सर्वसाधारण अनभिज्ञ छन् । विश्वमै जल्दोबल्दो समस्याका रुपमा देखिएको जलवायु परिवर्तनको प्रभाव सिङगो मानवसमुदाय र प्रकृतिका लागि साझा चुनौतीका रुपमा अगाडि आएको छ । प्राय: बोटविरुवा फुल्ने तथा पालुवालाई आधारमानी खेतीपाती लगाउने उनीहरुले खेतीपाती लगाउने समय समेत परिवर्तन गर्न थालेका छन् ।  बिश्वमा बढेको औधोगिकरण र अस्वस्थ वाताबरण मानवीय समस्याका रुपमा विकास भइरहेका छन् । तर पनि बाताबरणीय सरसफाईका क्षेत्रमा उल्लेख्य कार्य हुन सकेको छैन । यसबर्ष पनि सरकारी स्तरवाट नै राष्ट्...

दरवार हत्याकाण्ड : बाह्र बर्ष सम्म अनुत्तरित

Image
                                                                                                                केशरमणि कटुवाल                                                                                                                  बाह्र बर्ष अघि राजदरबार हत्याकाण्ड भएको दिन नेपाली जनताले अझै भुल्न सकेका छैनन । नेपालको राजनीतिक इतिहासमा कालो दिनका रुपमा सधै सम्झना भइरहने दिन पनि हो, जेठ १९ । २०५८ साल जेठ १९ ग...