दरवार हत्याकाण्ड : बाह्र बर्ष सम्म अनुत्तरित


                                                                                                                केशरमणि कटुवाल
                                                                                                           

     बाह्र बर्ष अघि राजदरबार हत्याकाण्ड भएको दिन नेपाली जनताले अझै भुल्न सकेका छैनन । नेपालको राजनीतिक इतिहासमा कालो दिनका रुपमा सधै सम्झना भइरहने दिन पनि हो, जेठ १९ । २०५८ साल जेठ १९ गते मध्यरातमा भएको अकल्पनीय राजदरबार हत्याकाण्डमा तात्कालीन राजा वीरेन्द्र,  रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुती सहित राजपरिवारका १० सदस्यको सामुहिक हत्या भएको थियो । राजा वीरेन्द्रको बंश विनासमा तत्कालीन युवराज दिपेन्द्रको हात रहेको औल्याए पनि त्यसलाई नेपाली जनताले अस्वीकार गरिदिए । हत्याकाण्ड लगत्तै तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले घटनामा हत्या गरिएका तात्कालीन युवराज दीपेन्द्रको हात रहेको आरोप लगाएको भएपनि उक्त प्रतिवेदनको सत्यता प्रति नेपाली जनताले अहिले पनि विस्वास गरेका छैनन् । राजा वीरेन्द्रको वंशनाश भएको घटनाको ११ बर्ष बितिसक्दा समेत हत्याकाण्डबारे पत्यार लाग्दो सत्य अझै बाहिर आउन सकेको छैन । तत्कालीन समयमा जनयुद्ध सञ्चालन गरिरहेको तत्कालीन नेकपा (माओवादी) र मुलुकको ठूलो जनमतले हत्यामा वीरेन्द्रका माइला भाई ज्ञानेन्द्र र छोरा पारसको हात रहेको आरोप लगाएका थिए । हत्याकाण्डलगत्तै राजगद्धीमा बस्न सफल भएका ज्ञानेन्द्रले २०६२/६३ को संयुक्त जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरेलगत्तै दरवार छोडेका थिए । दण्डहीनताको मुख्य केन्द्र राजदरवार रहेको बताउने एकीकृत नेकपा (माओवादी) ले संविधानसभा निर्वाचन मार्फत पहिलो ठूलो दलका रुपमा स्थापित भएर दुई पटक सम्म सरकारको नेतृत्वमा पुगेपनि दरवार हत्याकाण्डको स्वतन्त्र छानविन गर्ने बारे चासो दिएको छैन । माओवादीले हत्याकाण्ड लगत्तै परम्परागत राजतन्त्रको विधिवत अन्त्य भएको निष्कर्ष निकाल्दै गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्ने बताएको थियो । कतिपय राजनीतिक विश्लेशकहरुले २ सय ४० बर्ष सम्म एकछत्र राज गरेको राजतन्त्र अन्त्य हुनुमा दरवार हत्याकाण्ड प्रमुख कारण रहेको बताउादै आएका छन् । हत्याकाण्डपछि २०४६ सालको संविधानले दिएको संवैधानिक राजतन्त्रको दायरा नाघेर एकाएक सक्रीय भएका ज्ञानेन्द्रको कार्यशैलीका कारण संवैधानिक राजतन्त्रलाई आदर्श मान्दै आएका नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलहरु गणतन्त्र प्राप्तिका लागि जनयुद्धमा रहेको माओवादीसंग १२ बुादे समझदारी गर्न पुगेका थिए । सोही समझदारीका आधारमा भएको दोस्रो जनआन्दोलनले नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्रको स्थापना गरेको हो । राजदरबार  हत्याकाण्डको बाह्र बर्ष पुगेपनि राज्यको तर्फबाट कुनै आधिकारिक धराणा बाहिर आएको छैन । तत्कालीन समयमा प्रधानमन्त्री रहेका नेपाली काग्रेसका सभापति स्व.गिरिजाप्रसाद कोइरालाले पनि हत्यकाण्डबारे केही बताएका थिएनन् । राजतन्त्र र दलहरुबीच दुरी बढ्दै जादा कोइरालाले एक पटक विराटनगरमा राजालाई आफ्नो हैसियत नबिर्सन आग्रह गर्दै हत्याकाण्डको रहस्य खोल्ने संकेत गरेपनि उनले आफ्नो जीवनको अन्तिम क्षण सम्म पनि सो कुरालाई बाहिर ल्याएनन । २०५८ जेठ १९ को घटनाताका प्रधानमन्त्री रहेका कोइरालाले राजाले आफ्नो हैसियत बिर्से राजतन्त्र समाप्त हुने चेतावनी दिनु र संबिधान सभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र चुपचाप नारायणहिटीबाट बाहिरिनु सामान्य बिषय भने पक्कै होइन । कोइरालाले राजदरबार हत्याकाण्डमा गम्भीर रहस्य रहेको भन्दै समय आएपछि उक्त ‘ग्रेण्ड डिजाइन’ खोलिदिने धम्की दिदै भनेका थिए “राजाले आफ्नो हैसियत बिर्से राजतन्त्र दुर्घटनामा पर्छ । राजाले आफू पहिले कहाा थिएा, कुन पृष्ठभूमिमा यहाा आएा, त्यो बिर्से मुलुकमा ठुलो दुर्घटना हुन्छ ।” भनेका भएपनि त्यो पुरा हुन नपाउदै कोइरालाको निधन भएपछि राजदरबार हत्याकाण्डको ठुलो रहस्य पनि लुकेको छ । राजदरबार हत्यकाण्डको पर्दाफास भन्दै बिभिन्न समयमा अनगिन्ती पुस्तकहरु पनि प्रकाशित भए तर ति सबै पुस्तकहरुमा रहस्य र अन्दाजका कुराहरुमात्र बाहिर आएका छन । तर जे भएपनि राजदरबार हत्याकाण्ड नै गणतन्त्रको बीउ बन्यो । बाह्र बर्ष अघि राजा वीरेन्द्रको सपरिवार हत्या भएपछि ज्ञानेन्द्रलाई जनताले राजा मान्न छाडे र बिस्तारै गणतन्त्रको बाटो खोल्यो । 

१.चर्चा कमाउने माध्यम
२०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड जति पुरानो हुदैछ, त्यति नै मान्छेहरुका लागि चर्चा कमाउने र हल्ला फिजाउने विषय समेत बन्दै गएको छ । तर, हत्याकाण्डको खास रहस्य भने खुलेकै छैन । चार बर्ष अगाडि राजधानीमा पत्रकार सम्मेलन गरेर शाही गुप्तचर विभागका प्रमुख बताउने तुलप्रसाद शेरचनले राजा वीरेन्द्रको हत्या आफूले गराएको दाबी गरेर निकै चर्चा कमाएका थिए । त्यसपछि उनलाई जेल हालियो । शेरचन थुनामा परेपछि पनि हत्याकाण्डको दाबी गर्नेक्रम रोकिएन । भण्डै अढाइ बर्षअगाडि वीरगञ्ज कारागारमा बन्दी जीवन बिताइरहेका एक जना कैदीले आफू हत्याकाण्डको प्रत्यक्षदर्शी भएको दाबी गरे । दीपेन्द्रका अंगरक्षक बताउने पाल्पाका लालबहादुर मगरले वीरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकाण्ड पारसले नै गराएको दाबी गरेर चर्चामा आएका थिए । उनले त हत्याकाण्डमा राजीव शाहीले सहयोग गरेको समेत दाबी गरेका थिए । राजा वीरेन्द्र माओबादी प्रति केही उदार रहेको बताइन्छ भने स्वयम माओबादी अध्यक्ष पुष्पकमल दाहालले पटक–पटक राजा वीरेन्द्र राष्ट्रवादी भएकै कारण हत्या भएको दावी गर्दै आएका छन । माओबादी अध्यक्ष दाहालको दावी र शाही नातेदारको दाबी मिल्दोजुल्दो भएकाले पनि प्रचण्डको दाबी सत्य हुन सक्ने विश्वास गर्न सकिन्छ । नारायणहिटीमा २५ वर्षसम्म सचिवका रुपमा काम गरेका शाही नातेदार विश्वराज शाहले पनि हत्याकाण्डमा विदेशी संलग्नता भएको दाबी गरेका थिए ।  उनका अनुसार पनि वीरेन्द्रले भारतबाट मात्र होइन, चीनबाट पनि हतियार ल्याउन चाहेका थिए । चीनबाट हतियार ल्याउने विषयका कारण २०४५ सालमा भारतले लगाएको नाकाबन्दी र ०५७ सालमा वीरेन्द्रले संसद्बाट पारित नागरिकता विधेयकमा लालमोहर नलगाएर फर्काएका घटनाले दरबार र भारतबीचको सम्बन्ध चिसिएको थियो । नेपाललाई आफ्नो अनुकूलको बनाउन भारतले कमजोर राजा चाहिरहेको थियो । देश बचाउन खोजेकै कारण वीरेन्द्रको हत्या भएको बताएका छन् शाही नातेदार शाहले पनि ।

२.हत्याकाण्डमा प्रेम सम्बन्ध पनि

     
हत्याकाण्डबारे अहिलेसम्म सबैलाई बताइएको एउटै साझा कारण हो दीपेन्द्र र देवयानीबीचको प्रेम सम्बन्ध । जुन एउटै कारण भएको अब कसैले पत्याउादैन । दीपेन्द्र र देवयानीको भेट बेलायतमा भएको थियो । बेलायतको इटन कलेजमा अध्ययनका क्रममा उनीहरुबीच सम्बन्ध बढेको हो । यही प्रेमसम्बन्धलाई सार्थकता दिन दीपेन्द्रले पहल गरिरहेका थिए । जसमा भारतले खेल्न खोजेको स्पष्ट बुझ्न सकिन्छ । देवयानीलाई बुहारीका रुपमा भित्रयाउन दरबार तयार थिएन । देवयानीसागको प्रेम जति बढ्दै थियो, दरबारभित्र गुटबन्दी पनि त्यति नै झाागिदै थियो । एकअर्कालाई उकास्न दरबारियाहरुको ताछाडमछाड नै चल्यो । राजपरिवारका सदस्यहरु पनि दुई समूहमा बााडिएका थिए ।

राजा, रानी, मुमा रत्न, अधिराजकुमारी श्रुती विवाहको विपक्षमा थिए भने दीपेन्द्रका काका धीरेन्द्र, भाइ निराजन, शाहज्यादा पारस, प्रेरणा र दिलसा दीपेन्द्रका पक्षमा थिए । देवयानीसाग बिहे गरे पनि फरक नपर्ने उनीहरुको भनाइ थियो । तर वीरेन्द्र, ऐश्वर्य, मुमा रत्नसहित ठूलो जमात विवाहको विपक्षमा थियो ।

सााझको ७ बज्दै थियो । वीरेन्द्र र ऐश्वर्यले दीपेन्द्रलाई लिएर उनका मन्त्रगुरु नयनराज पाण्डेसाग विवाहको सल्लाह गरेर फर्किउ । धार्मिक रंग लिएर भएपनि देवयानीलाई विवाह गर्न नदिने योजना थियो, वीरेन्द्र र ऐश्वर्यको । नयनराज पाण्डेको घरबाट फर्केपछि दीपेन्द्र, वीरेन्द्र र ऐश्वर्य तनावमा थिए । विवाहका लागि गरिएका अनेक उपाय सफल नभएपछि दीपेन्द्रले नै हत्याकाण्ड गराएको दाबी छ, विश्वराज शाहको । तर यस्ता दाबीहरु नेपाली जनताले भने खारेज गरिसकेका छन् । घटनाको दिन ज्ञानेन्द्र शाह भने महेन्द्र प्रकृति संरक्ष्ण कोषको बैठकमा भाग लिन भन्दै पोखरा गएका थिए । राति हेलिकोप्टर ल्याण्ड हुन नसकेको भन्दै ज्ञानेन्द्रलाई बिहानपख मात्र काठमाडौं ल्याइएको थियो । घटनामा ज्ञानेन्द्रपत्नी कोमल पनि घाइते भएको बताइएको थियो । अर्कोतर्फ देवयानी राणाको भारत ग्वालियरको राजघरानासाग निकटको सम्बन्ध थियो । यसैले देवयानीसाग दीपेन्द्रको बिहे भएमा नेपालको शासनसत्तामा भारत हाबी हुनसक्ने आशंका तत्कालीन राजारानीलाई थियो । 



खोइ त छानविन ? 

जेठ १९ को राजदरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले २०५९ असोज १८ गते शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकार बर्खास्त गरिदिए । असोज १८ को घटनापछि सबै राजनीतिक दलहरु आन्दोलनमा होमिए । कांग्रेस पनि आन्दोलनमा होमियो । प्रतिगमनविरुद्ध आन्दोलन चुलिदै जाादा गिरिजाप्रसाद कोइरालाले हत्याकाण्ड भयानक ग्रायण्ड डिजाइन अन्तर्गत भएको भन्दै पर्दाफास गर्ने धम्की दिन्थे । तर कोइरालाको पनि केही नबोली निधन भयो । हुन त हत्याकाण्डका बेलामा प्रधानमन्त्री भएका कोइराला हत्याकाण्डबारे धेरै जानकार अवश्य थिए । तर कोइरालाले मुखै खोलेनन् । दरबार हत्याकाण्डपछि राजनीतिक दलहरुले पनि बारम्बार हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाए । तर बाह्र बर्ष बितिसक्दा पनि उनीहरुले माखो मारेका छैनन् । दोस्रो जनआन्दोलनका बेलामा पनि राजनीतिक दलहरुले छानबिन गर्ने बताएका पनि त्यो केबल राजनीतिक नारामा मात्र सिमित भयो । संबिधान सभाको निर्वाचनपछि सबैभन्दा ठुलो दल बनेको एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बन्दा पनि हत्याकाण्डको छानबिन गर्ने घोषणा गरेपनि त्यसलाई कार्यरुप दिन नपाउदै राजिनामा दिए । 

त्यसपछि प्रधानमन्त्री भएका माधवकुमार नेपालले पनि हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाए । तर, पुरा भने भएन । हत्याकाण्डाको छानबिन हुनुको साटो बरु हत्याकाण्डका प्रमाण एकपछि अर्को गर्दै नष्ट गरिादै छ । हत्याकाण्ड भएको त्रिभुवन सदन जनआन्दोलन चल्दै गर्दा ज्ञानेन्द्रले नै भत्काउन लगाएका थिए । दीपेन्द्र गोली लागी ढलेको पोखरी पनि एकपटक पुरेर जीर्णोद्धार गरिएको छ । तर पनि भरपर्दो छानबिन भएमा सत्य अझै पनि उजागर हुन सक्छ । किनभने साक्षीहरु अझै पनि बााकी छन् । अन्यथा यो सधैं रहस्यमय शुक्रबारे कालो इतिहास मात्रै बनिरहनेछ ।

दरबार हत्याकाण्डबारे विवेक शाहको खुलासा
संविधानसभाको निर्वाचनमा भारतले नेपालका माओवादीलाई ठूलो शक्तिका रुपमा देख्न चाहेको थिएन । पहिले राजसंस्थालाई विस्थापित गर्न भारतले माओवादीलाई प्रयोग गर्‍यो भने संविधानसभाको निर्वाचन हुनुअघि माओवादीलाई ‘साइज’ मा राख्न ‘मधेशकार्ड’ प्रयोग गर्न थाल्यो । यसै सन्दर्भमा म एउटा घटना सम्झना पुग्छु । २०६३ चैत ७ गते बुधबार सााझ भारतीय राजदूतावासमा कार्यरत द्धितीय सचिव दार्जीलिङ निवासी धीरज मुखियाको घरमा म केही साथीहरुका साथ डिनरमा गएको थिए । त्यसै दिन रौतहट जिल्लाको सदरमुकाम गौरमा माओवादीका २७ भन्दा बढी कार्यकर्ताको सामूहिक हत्या भएको थियो । हामी डिनरमा पुग्दा भारतीय दूतावासका तीन–चार जना कर्मचारी आइसकेका रहेछन् । तीमध्ये एकजनाको हातमा दुई वटा मोबाइल थिए । उनी एउटा सेटबाट सम्भवत: भारतीय राजदूत या आफ्नो हाकिमसाग र अर्कोबाट अन्य कुनै व्यक्तिसंग एकसुरले कुरा गरिरहेका थिए । उनी गौर घटनाको विवरण र अन्य जानकारी एउटा मोबाइलबाट ‘अपडेट’ गरी उक्त खबर अर्को मोबाइलबाट रिपोर्ट गरिरहेका थिए । साथै स्थानीय ‘इन्फर्मर’ लाई केही निर्देशन समेत दिादै थिए । उनलाई गौरबाटै माओवादी कार्यकर्ताको हत्याबारे सम्पूर्ण ताजा विवरण आइरहेको थियो । त्यसबाट मलाई दूतावासका ती कर्मचारी भारतीय गुप्तचर संस्था ‘रअ’ का हुन् भन्ने स्पष्ट भयो । संयोगवश उक्त घटनाको भोलिपल्ट माओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईसंग मेरो भेट भयो । गौर घटनाबाट उहााहरु निकै हतास र संवेदनशील मनस्थितिमा हुनुहुन्थ्यो । उहााहरुले मलाई ‘भारतलाई हामीले प्रयोग गरिरहेका छौं भन्ने हाम्रो बुझाइ थियो, तर भारतले हामीलाई पो उल्टै खेलाइरहेको रहेछ, अहिले आएर हामी स्तब्ध भएका छौं’ भन्नुभयो ।

राजदरबार हत्याकाण्ड हुनुभन्दा झन्डै वर्ष दिनअघिदेखि शाही नेपाली सेनाको आधुनिकीकरणको कार्ययोजना बनिरहेको थियो । यसै सिलसिलामा नेपालले ‘अल्ट्रा मोडर्न’ हतियार एचके जी–३६ राइफल किन्ने प्रक्रिया अगाडि बढाइरहेको थियो । यो हतियार नेपालमै ‘एसेम्बल’ गर्ने र दक्षिण एसियाली मुलुकमा बेच्ने समेत योजना थियो । यसका लागि हतियार उत्पादक कम्पनी हेक्लर एन्ड कोकले समेत सहमति जनाइसकेको थियो । तर एचके जी–३६ राइफल खरिद गर्ने र नेपालमै ‘एसेम्बल’ गर्ने योजना हाम्रो छिमेकी देश भारतलाई मन परिरहेको थिएन । किनभने उसले भारतमै बनेको कम गुणस्तरको इन्सास राइफल बेच्न सबै किसिमले जोड दिइरहेको थियो । त्यसैले हतियारको राजनीति पनि राजदरबार हत्याकाण्डभित्र लुकेको एउटा प्रमुख कारण हुनसक्छ भन्ने मलाई लाग्छ ।

हतियार प्रकरण चलिरहेकै बेला संसद्ले नागरिकता सम्बन्धी विधेयक पारित गरी लालमोहरका लागि राजदरबार पठाएको थियो । तर, महाराजाधिराजबाट उत्त विधेयकमा लालमोहर लगाउनुपूर्व रायका लागि सर्वोच्च अदालत पठाइबक्सेको थियो । सर्वोच्चले उत्त नागरिकता विधेयक संविधान सम्मत छैन भन्दै खारेज गरिदिएको थियो । लालमोहर लागेको खण्डमा नेपालभित्र नेपालीहरु नै केही वर्षपछि अल्पमतमा पर्न सक्ने उत्त विधेयक खारेज भएपछि भारतका कैयौं उच्च पदाधिकारीले सरकारसाग निकै चासो राखेर कुरासमेत गरेका थिए । यसअघि २०४४ सालतिर नेपालले चीनबाट केही एन्टीएयर क्राफ्ट हतियार किन्दा पनि भारत निकै क्रुद्ध बनेको थियो । र, नेपाललाई आर्थिक नाकाबन्दी गरेर नेपाली जनतालाई असह्य कष्ट दिएको थियो । यस्तै वीरेन्द्र सरकारबाट २०३१ सालमा सम्पन्न शुभराज्याभिषेकका अवसरमा नेपाललाई ‘शान्ति क्षेत्र’ घोषित गरियोस् भनेर राखिबक्सेको प्रस्तावलाई संसारका सबैजसो महत्वपूर्ण ११६ देशले स्वागत र समर्थन गरेका थिए । तर, भारतले यस विषयमा समेत नकारात्मक दृष्टिकोण राखेर समर्थन गरेको थिएन । 

२०५७ सालको अन्तिमतिर महाराजाधिराजबाट चीनको महत्वपूर्ण भ्रमण सम्पन्न गरिबक्सेको थियो । यतिबेला सरकार नेपालको माओवादी समस्या समाधान गर्ने र केही वर्षदेखी जारी राजनीतिक गतिरोध अन्त्य गर्ने सोचाइमा होइबक्सन्थ्यो । त्यसका निम्ति तत्कालै शाही कदम चाल्न सक्ने अवस्था विकसित हुदै थियो । सरकारबाट राजसंस्थाप्रति आस्था राख्ने र राष्ट्रवादी छवि बनाएका विभिन्न दलका नेताहरुसाग विचार–विमर्श गरिबक्सादै थियो । पूर्ववरिष्ठ प्रशासक र सुरक्षाकर्मीहरुको ‘विशेष कार्यटोली’ बनाई मुलुकको समस्या समाधानका लागि योजना बनाउन लगाउनेबारे विचार भइरहेको थियो । अर्को विशेष कार्यटोली गठन गरी रणनीति तयार पार्न लगाउने र त्यसमार्फत माओवादीसाग वार्ता गर्ने सोचाइ थियो । यही क्रममा सरकारबाट भाइ पूर्वअधिराजकुमार धीरेन्द्र शाहलाई माओवादी नेताहरुसंग वार्ता गर्न खटाइबक्सेको थियो । साथै सरकारले शाही नेपाली सेनाका महासेनानी दिलीप रायमाझीलाई समेत माओवादीसाग सम्पर्क गर्न खटाइबक्सेको थियो ।

माओवादीसाग कुनै हिसाबले सहमति भएपछि प्रतिनिधिसभा भंग गर्ने र राजनीतिक नेताहरुको सहभागितामा गोलमेच सम्मेलन गरी माओवादी सहितको राष्ट्रिय सरकार गठन गर्ने सरकारको योजना थियो । साथै दुई वर्षपछि अर्को आमचुनाव गर्ने र चुनाव अगाडि संविधानको प्रस्तावना यथावत राखी संविधान संशोधन गर्नेबारे समेत सरकारले गृहकार्य गरिबक्सेको थियो । संविधान संशोधन गरी राजाको भूमिका बेलायत या जापानको राजाको जस्तो वा भारतका राष्ट्रपतिको जस्तो निर्धारण गरिनुपर्छ भन्ने पनि सरकारको सोचाइ थियो । यो प्रस्ताव माओवादीलाई मान्य नभए राज्यका सबै शक्ति प्रयोग गरेर उसलाई निशस्त्रीकरण गरी राजनीतिको मूलधारमा ल्याउने रणनीति पनि सरकारबाट सोचिबक्सादै थियो । यसका लागि बेलायत र अमेरिकाको सहयोग लिनेबारे समेत प्रयास भइरहेको थियो । खासगरी यी दुई मुलुकका अधिकांश नेता, कूटनीतिज्ञ या अन्य पदाधिकारीहरु जसले महाराजाधिराजको दर्शनभेट पाउाथे, उनीहरु नेपालमा सुशासन भएन, भ्रष्टाचार बढ्यो, असुरक्षाका कारण आतंक फैलियो आदि कुराहरु गरेर सरकारलाई अप्रत्यक्ष रुपमा कुन न कुनै कदम चाल्न सुझाव दिइरहेका हुन्थे । सम्भवत: सरकारबाट चीन भ्रमणका अवसरमा समेत सहयोगको आश्वासन पाइबक्सेको थियो ।

माओवादी समस्या नेपालका लागि मात्र नभएर भारतको समेत दीर्घकालीन समस्या हुनसक्छ भन्ने सरकारको विश्लेषण थियो । त्यसैले आफूले उठाउन चाहिबक्सेको कदममा भारतको सहयोग लिन मौसुफबाट व्यक्तिगत रुपमा नै प्रयास भइरहेको थियो । यसमा भारतको दृष्टिकोण सकारात्मक भएन भने माओवादीसंग रहेको उसको सम्बन्ध उजागर हुने हुदा भारतलाई नै असजिलो हुन सक्ने सरकारको बुझाइ थियो । भारतले माओवादीलाई संरक्षण र सहयोग दिएको थियो भन्ने कुराका अनेकौं संवेदनशील प्रसंगहरु म सैनिक सचिव छादै जानकारीमा आएका हुन् । तीमध्ये एउटा प्रसंग यहाा उल्लेख गरौं । २०६० असारतिर सशस्त्र प्रहरीबलको एउटा कम्पनी कमान्डो तालिमका लागि भारत गएको थियो । टोलीले देहरादुनदेखि ७० किलोमिटर टाढा मसुरी नजिकै जंगल र पहाडी इलाका रहेको चक्रातामा तालिम लिएको थियो । तालिम सकिएपछि नेपाल फर्किएर एकजना प्रहरी निरीक्षकले सशस्त्र प्रहरी महानिरीक्षक सहवीर थापालाई तालिमका क्रममा देखेका र सुनेका केही प्रसंग सुनाएछन् । तिनका कुरा सुनेर सशस्त्र प्रहरी महानिरीक्षक थापा मलाई भेट्न आउनुभयो । उहााले भन्नुभयो, ‘सशस्त्रको एउटा गुल्म भारतको चक्रातामा तालिमका लागि गएको थियो । त्यहाा देखे–सुने अनुसार उत्त गुल्म त्यहाा गएको एक महिना अगाडि नेपालका माओवादीको टोलीले पनि सोही स्थानमा तालिम लिएको बुझियो । यो ज्यादै गम्भीर विषय हो ।

यो कुरा सुनेर म अचम्ममा परें । चक्रातास्थित सशस्त्र तालिम केन्द्रमा भारतले पहिले श्रीलंकाली पृथकतावादी तमिल विद्रोहीलाई पनि तालिम दिएको थियो । बंगलादेश स्वतन्त्रताका लागि मुक्ति वाहिनीलाई पनि भारतले सोही केन्द्रमा तालिम दिएको थियो । चक्राता तालिम केन्दस्थित इस्ट्याब्लिसमेन्ट–२२ नामक कम्प्लेक्स अमेरिकाले बनाइदिएको हो । अमेरिका र भारतले नेपालमा स्वतन्त्र तिब्बत आन्दोलनका लागि लडाकु तयार पार्ने क्रममा खम्पा बिद्रोहीलाई समेत सोही स्थानमा सशस्त्र तालिम दिएका थिए । यस पृष्ठभूमिमा नेपालमा माओवादीको सशस्त्र शक्ति बढ्नु र सफल हुदै जानुमा यो तालिम पनि महत्वपूर्ण कारण हुनसक्छ भन्ने मलाई लाग्यो ।

मान्छेमा विभिन्न कमजोरी स्वाभाविक रुपले हुन्छन् । त्यस्तै कमी–कमजोरी दीपेन्द्र सरकारमा पनि थिए । सरकारको सबैभन्दा मुख्य कमजोरी महिला नै थियो । त्यस्तै एउटा परिवारमा हुन सक्ने कलह या झगडा राजा वीरेन्द्रको परिवारमा पनि थियो । दरबारमा काम गरेको लामो अनुभवका आधारबाट हेर्दा मलाई युवराजाधिराजको विवाहका सन्दर्भमा दरबारभित्र उठेको किचलोमा दीपेन्द्र सरकारलाई कुनै वैदेशिक शक्तिले खेलाएको अनुभव हुन्छ । यो मूलत: राजनीतिक षड्यन्त्र थियो ।

२०५७ सालको मध्यतिर सरकारबाट मलाई एउटा गोप्य फाइल अध्ययन गर्न दिइबक्सेको थियो । उक्त फाइलमा देशमा संकट आएको अवस्थामा अपनाउनुपर्ने विभिन्न रणनीतिबारे उल्लेख गरिएको थियो । त्यस योजनाको नाम थियो–‘वाज’ । यसक्रममा सरकार पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापालाई अतिरथी (फिल्ड मार्सल) बनाएर सबै सुरक्षा निकायसाग समन्वयकर्ताको जिम्मेवारी दिने सोचमा होइबक्सन्थ्यो । उहाालाई २०५८ वैशाख १ गते अतिरथी बनाउने तय भएको थियो । यसै समयमा राजनीतिक नेताहरु र उनीहरुका गतिविधिमा समेत निगरानी राख्ने योजना बनेको थियो । सरकारको योजना कार्यान्वयन भएको भए त्यसैबेला माओवादी समस्या समाधान हुने थियो । साथै २०४६ सालमा नराम्ररी क्षति भएको राजसंस्थाको छवि बढ्ने थियो र राजसंस्थाको भविष्य सुनिश्चित पनि हुने थियो । यो कुरा बेग्लै हो, सरकारको योजनाले अर्कै मोड लिएर वा अन्य कुनै कारणबाट पञ्चायती व्यवस्थाको पुनरावृति भएको भए राजसंस्था त्यसै समयमा समाप्त हुने अवस्था सिर्जना हुन पनि सक्थ्यो ।

मुलुकको समस्या समाधानका लागि यसरी एउटा गम्भीर योजनाले आकार लिन लागेका बेला रहस्यमय तरिकाले राजदरबार हत्याकाण्ड हुन पुग्यो । त्यसैले यस घटनामा स्वदेशी तथा विदेशी विभिन्न तत्वहरुको हात हुनसक्छ भन्ने मेरो विश्लेण तथा निष्कर्ष रहेको छ । दुर्भाग्यवश आजसम्म त्यो पाटोको छानबिन हुनसकेको छैन ।

उपसंहार
राजदरबारका निकट विबेक शाहको खुलासालाई आधार मान्ने हो भने राजदरबार हत्याकाण्डमा देशी बिदेशी तत्वहरुले लामो र क्रमबद्ध योजना बनाइरहेका थिए । यतिमात्र होइन दरबार हत्याकाण्डमा तत्कालीन युवराज दिपेन्द्रको हात रहेको भन्ने कुरालाई पनि खारेज गरिदिएको छ । इतिहासको गर्भमा रहेको दरबार हत्याकाण्डको बारेमा बिभिन्न समयमा आएका बिभिन्न भनाईहरुले रहस्य सिर्जना गरेको भएपनि यस सम्बन्धमा लेखिएका बिभिन्न पुस्तकहरुले हत्याकाण्डमा पारस शाह भएको तर्फ पनि संकेत गरेका छन । पारसले दरबार हत्याकाण्डको बारेमा छानविनका लागि गठित समितिलाई दिएको बयान र पछिल्लो समय सिंगापुरमा ‘न्यु पेपर’ लाई दिएको अन्र्तवार्तामा धेरै फरक देखिएको छ । हत्याकाण्डका बारेमा धेरै बिचार आएकाले कुन चाही सत्य हो भन्ने कुरा भने अझैपनि निक्यौल गर्न गाह्रो परिरहेको छ । त्यस्तै दरबार हत्याकाण्डमा अरु धेरै प्रत्यक्षदर्शीहरु तथा प्रभाणहरु बााकी नै छन । हत्याकाण्डका कतिपय प्रमाणहरु नष्ट गरिएको भएपनि अझै प्रभावकारी छनविन हुन सक्ने हो भने सत्य उजागर हुन सक्छ । 

Comments

Popular posts from this blog

खस जातीको संक्षिप्त इतिहास

कम्प्युटर भनेको के हो ?

नेपाल थरको इतिहास