बर्डफ्लुको महामारीका पछाडि भयानक डिजाइन
केशरमणि कटुवाल
हेर्दा लामो समयदेखीको निरन्तर देखिने प्रक्रिया मात्रै जस्तो लाग्छ उपत्यकामा बर्डफ्लु । २०६५ सालमा पूर्वी नेपालको झापाबाट भित्रिएको बर्डफ्लुको संक्रमण गत साउन २ गतेबाट उपत्यकामा तिव्र रुपमा देखिएको छ । यसको नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासले अझै सार्थंकता पाउन सकिरहेको छैन । पछिल्लो समयमा काभ्रे, भत्तपुर, ललितपुर र काठमाडौमा महामारीको रुपमा देखिएको बर्डफ्लुका कारण १३ लाख भन्दा बढि कुखुरा नष्ट गरि सकिएको छ । बर्डफ्लु नियन्त्रणको प्रयास जारी रहेको भएपनि काठमाडौंको कीर्तिपुर र मुलपानी तथा टोखा, इन्द्रायणी नयाापाटीm ललितपुरको भैसेपाटी लगायतका स्थानमा नयाा संक्रमण देखिने क्रम जारी नै छ । जसले गर्दा कुखुरा व्यवसायीहरु आतंकित मात्रै बनिरहेका छैनन् यहााको ठुलो पुाजी पनि बिदेशिने निश्चित छ । जसले गर्दा देशको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने देखिन्छ । नेपालमा प्रत्येक दिन ३ लाख देखी ३ लाख ५० हजार किलो तथा काठमाडौ उपत्यकामा २ लाख देखी २ लाख ५० हजार किलो मासु खपत हुने गरेको छ । आज यो मासुको मुल्य हिसाव गर्ने हो भने बर्षेनी अर्बौ रुपैयाका मासु बिदेशबाट ल्याउनु पर्ने अवस्था सिर्जना भएको छ ।
नेपालको कुल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत योगदान दिने अनुमान गरिएको मासुजन्य व्यवसायमा आएको यो संकटले झण्डै ५ लाख मानिसहरुले रोजगारी गुमाउने सम्भावना छ भने ५० देखी ६० अर्बको लगानी समेत डुबेको अनुमान छ । त्यतिमात्र होइन आजका कुखुरा पालक किसानहरुले बेहोरेको क्षतिका कारण भोलि उनीहरु यही व्यवसायमा फर्कन समेत तयार हुन्छन् कि हुदैनन् भन्ने शंका छ । पूर्ण नियन्त्रणको ३ महिना पछि मात्र व्यवसाय पुन सुरु गर्न सकिने प्रावधान भएपनि त्यो १ बर्ष सम्म लाग्ने र अहिलेकै अवस्थामा ल्याउनका लागि कम्तिमा पनि ५ बर्ष लाग्ने व्यवसायीको अनुमान छ । आज जुन चल्ला नष्ट भइरहेका छन ति चल्ला उत्पादन गर्न कम्तिमा पनि ६ महिना पर्खनु पर्छ, नेपाल ल्याएको त्यो चल्लाले ६ महिना पछि अण्डा पार्छ अनी त्यो अण्डा निस्केको ३ महिना पछि मात्र एउटा पूर्ण कुखुरा भएर ग्राहककोमा पुग्ने छ । यसलाई हिसाव गर्ने हो भने अझै पनि १ बर्षभन्दा बढि समय काठमाडौ उपत्यकमा उत्पादन हुने सम्भावना छैन ।
देशको अर्थतन्त्र र किसानहरुको सम्पूर्ण लगानी डुब्न लाग्दा स्वयम सरकार भने मौन भएर बसेको छ । बर्डफ्लु नियन्त्रणको सतही कार्यक्रम अघि बढाएको सरकारले यसको संक्रमणको खास कारण भने अझै खोज्ने योजना बनाएको देखिदैन । जहाा कुखुरा नष्ट गरिएको छ त्यहाा सुली र चारो अझै नष्ट गरिएको छैन । जसले संक्रमण फैलिने खतरा उत्तिकै रहेको बर्डफ्लु नियन्त्रणमा खटिएका अधिकारीहरु पनि स्वीकार गर्दछन । आफूहरुले गल्ती गरेको तर अव त्यसलाई सुधार्न के गर्ने र कसरी किसानहरुका मर्कालाई सम्बोधन गर्ने भन्ने कुनै योजना नहुदा अझ समस्या छ । सबैभन्दा पहिले पंक्षी र त्यसपछि मात्र पंक्षिजन्य बस्तुहरुको नष्ट गर्ने भनाईले अझै किसानका खोरहरु कुखुरा पाल्नका लागि योग्य हुन लामो समय लाग्ने छ ।
बर्डफ्लु नियन्त्रणको प्रयास तिब्र भइरहदा व्यवसायलाई पुनसञ्चालनको वाताबराण बनाउन तथा रोग लागेपछि पोल्ट्रीजन्य बस्तुहरु नष्ट गर्नुभन्दा रोग फैलिन नदिन कस्ता सावधानी अपनाउने र किसानहरुलाई उत्साहित बनाउने कुनै कार्यक्रम आएका छैनन् । केही समय अघि मात्र केएफसी रेस्टुरेन्टले ल्याएको ठुलो परिणामको भारतीय मासुका बिषयमा ठुलो विबाद उत्पन्न भएपछि सरकारले छानविनका लागि समिति गठन गरेपनि त्यो अझै सार्वजनिक नगर्नु सरकारको अर्को लाचारीपन हो । जसले गर्दा नेपालमा बर्डफ्लु संक्रमण भएको भन्दा पनि त्यसलाई भित्राउनमा थप मदत पुगेको किसानहरुको गुनासो रहेको छ । त्यसबेला धादिङमा किसानहरु र भारतबाट अबैध रुपमा मासु ल्याउनेहरुबीच द्वन्द्व समेत भएको थियो । नेपालमा नै मासुको यत्रो उत्पादन र किसानहरुको मेहनतले उचित लाभ पाउन नसकिरहेका बेला किन भारतबाट मासु ल्याइयो ? त्यसको जवाफ अहिलेसम्म सम्बन्धित निकासले दिन सकिरहेको छैन । त्यसको खास कारण के थियो त्यसलाई सबैका सामु छर्लङग पार्नु पर्छ ।
काठमाडौं उपत्यका नेपालको सबैभन्दा ठुलो मासु बजार पनि हो । यो संकट कसले बजार कब्जा गर्ने भन्ने लामो समयदेखी चलिरहेको प्रतिस्पर्धाको परिणामा त होइन ? प्रश्न निकै गम्भीर छ । नेपालको यो मासु बजारलाई कब्जा मात्र गर्ने हो भने पनि यसबाट धेरै लाभ लिन सकिने यथार्थलाई देखेर नै यो भयानक डिजाइन भएको कुरालाई अहिले नै नकार्न सकिदैन । सबै ठाउाका कुखुरा नष्ट गरिएको छ तर सबै ठाउामा बर्डफ्लु छैन । नेपालमा अहिले सम्म कुनै पनि किसिमका एन्टीबर्डफ्लु औषधिहरु प्रयोग गर्न आधिकारीक रुपमा स्वीकृति दिएको अवस्था छैन । तर यस किसिमका औषधिहरु भारतीय चोरबाटो हुदै भित्रने गरेको गुनासो आउने गरिरहेको छ । केही ठाउाहरुबाट ल्याएका चल्लाहरुमा बर्डफ्लु भएको किसानहरुको भनाई सुन्दा लाग्छ यो जिवाणु उब्जिएको भन्दा पनि उब्जाइएको जस्तो लाग्छ । नेपालको मासुबजार कब्जा गर्ने भारतीय व्यापारीहरुको चालवाजी र केही सीमित नेपाली व्यापारीहरुको महत्वाकांक्षाको शिकार सम्पूर्ण किसान र नेपाली अर्थतन्त्र भइरहेको छैन ? होइन भने भारतबाट अबैध रुपमा नेपाल भित्रिएको मासुका बिषयमा भएको छानविनको प्रतिबेदन किन गोप्य राखिएको छ । यसको जवाफ ति पीडित कुखुरा व्यवसायी र आम नेपाली उपभोत्ताई दिन जरुरी छ ।
Comments
Post a Comment