क्रान्तिकारी पत्रकार महासंघको नेवा समिति पूर्नगठन

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघको नेवा राज्य समितिको भेलाले इन्द्र राउतको संयोजकत्वमा २३ सदस्यीय नेवाः राज्य समिति सम्मेलन आयोजक समिति चयन गरेको छ । 

कुपन्डोलमा भएको भेलाले महासंघको यस अघिको कमिटि पूर्नगठन गर्दै राउत नेतृत्वका सम्मेलन आयोजक समिति गठन गरेको हो । 

समितिको सदस्यहरुमा कृष्णकुमार श्रेष्ठ (प्रज्जवल), पुष्प न्यौपाने, उमेश महर्जन, श्रीकृष्ण सुलु, सचिरनन्द महर्जन, रामकृष्ण अधिकारी, किरण भट्टराई, नारायण पंगेनी, हेम विष्ट, रुवी श्रेष्ठ हरि लामिछाने, अमिररत्न ताम्राकार, केशरमणि कटुवाल चयन भएका छन् । 

त्यस्तै, निर्मला घिसिङ, दामेदर खनाल, अमिरमैया रन्जितकार, सानुकाजी महर्जन, केदारनाथ गौतम, टेनिस रोक्का, रेशम विक र गोपालदास श्रेष्ठ रहेका छन् । एक सदस्य भने पछि थपिने संयोजक राउतले जानकारी दिए । 

आइतबार भएको भेलाले १३ जेष्ठमा विहान क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संघले संयुक्त रुपमा आयोजना गर्ने कृष्ण सेन स्मृति दिवसका कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ । सो दिन दुवै संगठनले विहान शािन्तवाटिकावाट प्रभातफेरि कार्यक्रम आयोजना गदैछन् । 

भेलामा क्रान्तिकारी पत्रकार महासंघका संयोजक कुमार शाह, महासंघका फ्याक्सन इन्चार्ज तथा नेकपा–माओबादी केन्द्रिय सदस्य महेश्वर दाहाल, नेवाः राज्य समितिका इन्चार्ज दिनेश शर्मा, केन्द्रिय सदस्य राम आचार्य लगायतको पनि उपस्थिती रहेको थियो । 

Comments

Popular posts from this blog

खस जातीको संक्षिप्त इतिहास

कम्प्युटर भनेको के हो ?

नेपाल थरको इतिहास