Posts

Showing posts from March, 2013

खस जातीको संक्षिप्त इतिहास

खस खस–(प्ज्ब्क्) आर्य समुहको एक जातीय समुदाय हो, जसले नेपालको पहाडी भूभागको सबैभन्दा बढी जनसंख्या ओगटेको छ । यो जातीका अन्य नामहरु पर्वते, गोर्खाली र नेपाली हुन् । यो जाती तत्कालिन विशाल नेपाल (हाल भारतमा पर्ने हिमाचल प्रदेश तथा उतराखण्ड) का साथै सुदूर तथा मध्य पश्चिम नेपालको कर्णाली क्षेत्रमा प्राग ऐतिहासिक कालखण्ड देखि बसोबास गरेको हो । त्यहाँबाट खसहर नेपालको पूर्वी भागमा फैलदै गए र हाल नेपालको प्राय: सबैजसो ठाउँमा बसोबास गर्न पुगेका छन् । अहिले खस जातीहरुको मुख्य स्थान भनेको तत्कालिन विशाल नेपालमामा पर्ने भू–भाग पूर्वमा आसाम देखि पश्चिममा काश्मिरसम्म, हिमाञ्चल प्रदेश तथा उतराखण्ड, नेपाल, सिक्किम, दार्जीलिङ, भुटान, आसाम र बर्माको पहाडी क्षेत्र आदि पर्दछन् ।  खसहरुको मातृभाषा खस कुरा हो जुन हजारौ वर्षको अन्तरालमा विकशित, विस्तारित र परिमार्जित हुँदै हालको नेपाली भाषा बनेको हो । खस जातिका मुख्य हाँगा बाहुन  क्षेत्री  ठकुरी  सन्यासी–योगी (दसनामी) कामी दमाई  सार्की  गन्धर्व  बादी को हुन् खस ? मानव सभ्यताको इतिहास आज पनि...

चिनिया क्रान्ति र माओको सम्झना

                                                                                                                                    केशरमणि कटुवाल चीन बाहिरको दुनियाले बेइजिङको केन्द्रमा रहेको तियानमेन स्क्वायर भन्ने बित्तिकै सन् १९८९ जूनमा भएको विद्यार्थी आन्दोलनलाई सम्झन्छ र त्यसविरुद्ध तत्कालीन चिनिया शासकले सैन्य दमन गरेका थिए भनेर बुझ्छ । तर चिनियाहरु र चीनप्रति समभाव राख्नेहरु यसलाई एउटा ऐतिहासिक महत्वको स्थलमात्रै होइन, सन् १९४९ पछिको गणतान्त्रिक चीनको प्रतीक ठान्दछन् । दुईथरी चिनारी बोकेको तियानमेनमा दिनहुा मान्छेहरुको भीड लाग्छ । त्यस्तो भीडमा थोरै विदेशी र अधिकांश चिनियााहरु नै हुन्छन् । तियानमेन स्क्वायरमा राता झण्डाहरु फरफराइरहेको पृष्ठभूमिमा राष...

चाभेज अस्ताएपछिको भेनेजुएलाको समाजवाद

                                                                                                                        केशरमणि कटुवाल ‘२१औं शताब्दीको समाजवाद’ को नारा सम्पूर्ण दक्षिण अमेरिकाका नेता बन्न सफल समाजवादी नेता तथा असंलग्न आन्दोलनका एक महत्वपूर्ण हस्ती  भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको निधनले यतिबेला भेनेजुएला र दक्षिण अमेरिका मात्र होइन बिश्वको समाजवादी आन्दोलनलाई नै अपुरणिय क्षति पुगेको छ । सेनाको एउटा इमान्दार सिपाही देखी एक आदर्श राष्ट्रवादी नेता मात्र होइन सम्पूर्ण तेस्रो बिश्वका लागि आदर्श बनेका चाभेज स्वतन्त्र र स्वाधिनताका पक्षपाती भएकै कारण अमेरिका लगायतका पश्चिमा मुलुकका लागि टाउको दुखाइको बिषय बनेका थिए । तेलको उत्पादनबाट प्राप्त गरेको ठूलो परिमाणको आर...

‘सहकारी नीतिले सहकारीकर्मीहरुलाई समेटिन आवश्यक’

Image
सरकारले विकासका लागि सरकारी, सहकारी र नीजि क्षेत्र गरी ३ खम्बे आर्थिक नीति अवलम्बन गरेको छ । तर सरकारको योजना अनुसार यि तीन क्षेत्रले राष्ट्रको विकासका लागि भन्दा पनि एक अर्काबीचको टकरावमा नै खर्चेको देखिन्छ । सबै क्षेत्रले विकासको लागि आफैले महत्वपूर्ण भूमिका खेलेको दावी गर्दै आइरहेका छन् । विकासको एउटा महत्वपूर्ण पाटो सहकारीको विकासका लागि संयुक्त राष्ट्रसंघले सन् २०१२ लाई अन्तराष्ट्रिय सहकारी बर्ष नै घोषणा गरेको भएपनि नेपालमा भने सहकारी बर्षमा कुनै उल्लेखनिय कामहरु हुन सकेनन् । लामो समयको प्रयासपछि कृषी तथा सहकारी मन्त्रालयलाई टुक्राएर सहकारी तथा गरिवी निवारण मन्त्रालय त बनाइएको छ, त्यो पनि केवल जागिर खाने थलो जस्तै भएको स्वयं सहकारी अभियन्ताहरुको बताउछन् । अहिले सहकारी मन्त्रालय स्थापना भएको छ भने हालसालै राष्ट्रिय सहकारी नीति २०६९ पनि सार्बजनिक भएको छ । तर यो नीति पनि केवल पूर्ण हुन नसकेको सहकारीकर्मीहरुको गुनासो छ । विश्वमा नै सहकारी प्रति आकर्षण बढि रहदा नेपालमा सहकारी प्रतिको नीति नाम मात्रको हुनु दु:खद भएको उनीहरुको भनाई छ । सहकारी संस्थाहरुको यति धेरै चाप भइसक्...