चिनिया क्रान्ति र माओको सम्झना
केशरमणि कटुवाल
चीन बाहिरको दुनियाले बेइजिङको केन्द्रमा रहेको तियानमेन स्क्वायर भन्ने बित्तिकै सन् १९८९ जूनमा भएको विद्यार्थी आन्दोलनलाई सम्झन्छ र त्यसविरुद्ध तत्कालीन चिनिया शासकले सैन्य दमन गरेका थिए भनेर बुझ्छ । तर चिनियाहरु र चीनप्रति समभाव राख्नेहरु यसलाई एउटा ऐतिहासिक महत्वको स्थलमात्रै होइन, सन् १९४९ पछिको गणतान्त्रिक चीनको प्रतीक ठान्दछन् । दुईथरी चिनारी बोकेको तियानमेनमा दिनहुा मान्छेहरुको भीड लाग्छ । त्यस्तो भीडमा थोरै विदेशी र अधिकांश चिनियााहरु नै हुन्छन् । तियानमेन स्क्वायरमा राता झण्डाहरु फरफराइरहेको पृष्ठभूमिमा राष्ट्रिय संग्रहालय, सांस्कृतिक क्रान्तिका नायक माओत्सेतुङको सम्झनामा बनाइएको ‘माओ स्मृति हल’ जस्ता ऐतिहासिक महत्व राख्ने कुरा छन् । र मान्छेहरुको बथान यिनै ऐतिहासिक कुरासंग साक्षात्कार गर्न त्यहा आइपुग्छन् ।
चीनले बिश्व रंगमञ्चमा अहिले हासिल गरेको हैसियत बास्तममै बिश्व कम्युनिष्ट आन्दोलनका महान गुरु माओत्सेतुङले सफल बनाएको चिनियाा क्रान्तिको उपज नै हो । विश्व बजार चिनिया उत्पादनले ढाकेको छ । संसारले महाशक्तिशाली भन्ने अमेरिकादेखि अफ्रिकाका गरिब मुलुकहरु सम्म सबैतिर चिनियाा उत्पादन पुग्ने गरेको छ । बजार अनुसार फरक स्तरका सामग्री उत्पादन गरिरहेको चीनले दिन दुगुना रात चौगुनाका दरले आर्थिक प्रगति गरिरहेको छ । पछिल्ला तीन दशकसम्म हरेक वर्ष लगातार अनुपातमा १० दशमलव ६ प्रतिशतका दरले आर्थिक वृद्धि हासिल गर्दै आएको चीनले पछिल्लो पााच वर्षमा १० प्रतिशतका दरले आर्थिक वृद्धि गरेको छ ।
चिनिया क्रान्तिलाई सफल बनाउने र प्रगतिको बाटोमा डोहोर्याउने महानायक माओको १ सय १९ औ जन्मदिन बिश्वभरका कम्युनिष्टहरुले बिभिन्न कार्यक्रम हरुको आयोजना गरी मनाएका छन् । नेपालमा पनि नेकपा–माओवादी लगायतका दलहरुले माओ जयन्तीका अवसरमा बिभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरे ।
अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा माक्र्सवाद–लेनिनवादपछि सर्वोत्तम विचारको विकास गर्ने क्रममा माओको नेतृत्वमा सञ्चालित चिनिया कम्युनिष्ट आन्दोलनले ल्याएको नया विश्वक्रान्तिको लहर दुनियालाई चकित पार्ने महान् सर्वहारा सास्कृतिक क्रान्तिको कालखण्डमा भएको ग्रामिण विकास, शैक्षिक सुधार, सास्कृतिक सुधार आदिका माध्ययमबाट निर्मित नया राजनैतिक, आर्थिक र सास्कृतिक विकासका आयामहरु र समकालीन चिनिया कम्युनिष्ट पार्टीभित्रको सङघर्ष लगायतका सम्पूर्ण विषयमा संकलन गरिएको वस्तुपरक र यथार्थताका तथ्यमूलक घटनाक्रमबाट आम नेपाली कम्युनिष्ट आस्था बोक्नेहरुले बुझ्न र यसबाट पाठ लिनु अपरिहार्य देखिन्छ ।
चिनिया जनवादी क्रान्ति सम्पन्न गरी चिनलाई विकास र प्रगतिको बाटोमा डोहोर्याउने माओत्सेतुङको बिचारधारालाई आत्मासात गर्दै अहिले बिश्वमा बिभिन्न कम्युनिष्ट आन्दोलन अझ खासगरी माओवादी आन्दोलनहरु सञ्चालित छन् । अर्धसामन्ती र अर्धऔपनिबेशिक देश नेपाललाई स्वाधिन बनाउने र सगरमाथाको देश नेपालबाट मुक्तिको सन्देश संसारभरी फैलाउने पबित्र उदेश्य लिएर नेपालमा १० बर्ष सम्म माओवादी जनयुद्ध सञ्चालित भयो । तर यसलाई निश्कर्षमा पुर्याउने बाटोका बिषयलाई लिएर सो पार्टी नै २ भागमा बिभाजित हुन पुगेको छ ।
जनयुद्धका एजेन्डाहरुलाई स्थापित गर्दै संबिधानसभाबाट नया जनवादी संबिधान र क्रान्तिकारी रुपान्तरणका एजेण्डालाई स्थापित गर्नुको साटो केही नेताहरु क्रान्तिको नाममा भ्रान्ती र स्वाधिनताका नाममा भारतको पिछलग्गु बन्दै गएपछि माओवादी आन्दोलनमा बिभाजन हुन पुगेको छ ।
संसारलाई हल्लाउने क्रान्ति सम्पन्न गरेको देशमा क्रान्तिका नायकहरु प्रतिक्रान्तिका खलनायक बनेका घटना क्रान्तिकारीहरुका लागि दुर्भाग्यपूर्ण हो । संसारलाई चकित पार्ने रुसी समाजवादी क्रान्तिले संसारभरी क्रान्तिका नया लहर चलायो तर त्यही रुसी बोल्सेबिक पार्टीको नेतृत्व जब खुश्चेभको हातमा पर्यो, त्यसपछि १९५६ मै प्रतिक्रान्तिमा बदलियो । यस्तै चिनिया क्रान्ति सम्पन्न हुनुपूर्व र क्रान्तिपश्चात जेजस्ता प्रतिक्रान्तिका भीषण हमलाहरु भए, यी सबैको गहन अध्ययनसागै माओले १९६६ मा फेरि नया महान् अभियानको थालनी गर्नुभयो, जसले १० वर्षसम्म चीनमा प्रतिक्रान्ति रोक्न सफल भयो । तर, माओको निधनपश्चात् पुरानै रोगले निरन्तरता पायो भने चीनमा माओपछि २१ औं शताब्दीमा नेपालमा त्यो अभियान चलिरहेको छ ।
माओको निधनपछि चलेका क्रान्तिका लहरहरु धेरै निभ्न लागेको टुकी झै छन्, समाजवादी सत्ता दुनियामा उदाउन नपाउदै अस्ताएका छन् । बिश्व लेनिन र माओकालीन क्रान्तिकारी पार्टीहरुभन्दा पृथक संक्रमणकालीन तर झनै जटिल र विशिष्ट प्रकारको अन्तरविरोधमा रुमलिएको छ । जहा नेपाली क्रान्तिकारी कम्युनिष्टहरुलाई नया ऊर्जा र शत्ति चाहिएको छ ।
कम्युनिष्टहरुलाई पुजीवादीहरुले तानाशाही भनेर लगाउने आरोप मिथ्या सावित गर्दै १९६६ को सास्कृतिक क्रान्तिबाट माओले जुन राजनीतिक प्रजातान्त्रिक संस्कृतिको निर्माण गरे यसलाई नेपालीहरुले फेरी एकपटक पुर्नपुष्टि गर्नु जरुरी छ ।
जनताको हातमा जनवादी सत्ता ल्याउने उदेश्यबाट प्रेरित नेपाली जनयुद्ध वा जनक्रान्ति सफल नहुादै जेजस्तो विकृत मानसिकताका कल्पनाशीलताहरु र त्यसबाट सृजित व्यवहारले जनवादी सत्ताको भविष्यमाथि गम्भीर बहस सृजना भएको छ । यसलाई फेरी क्रान्तिकारी साधनहरुमा रुपान्तरण गरेर नेपाली जनवादी क्रान्तिलाई पूर्णता दिदै बिश्वमा समाजवादको नयाा बिहानी ल्याउन सकेमात्र माओप्रति सच्चा श्रद्धान्जली हुने छ ।
Comments
Post a Comment