चाभेज अस्ताएपछिको भेनेजुएलाको समाजवाद




                                                                                                                        केशरमणि कटुवाल
‘२१औं शताब्दीको समाजवाद’ को नारा सम्पूर्ण दक्षिण अमेरिकाका नेता बन्न सफल समाजवादी नेता तथा असंलग्न आन्दोलनका एक महत्वपूर्ण हस्ती  भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको निधनले यतिबेला भेनेजुएला र दक्षिण अमेरिका मात्र होइन बिश्वको समाजवादी आन्दोलनलाई नै अपुरणिय क्षति पुगेको छ ।

सेनाको एउटा इमान्दार सिपाही देखी एक आदर्श राष्ट्रवादी नेता मात्र होइन सम्पूर्ण तेस्रो बिश्वका लागि आदर्श बनेका चाभेज स्वतन्त्र र स्वाधिनताका पक्षपाती भएकै कारण अमेरिका लगायतका पश्चिमा मुलुकका लागि टाउको दुखाइको बिषय बनेका थिए ।

तेलको उत्पादनबाट प्राप्त गरेको ठूलो परिमाणको आर्थिक स्रोत  तल्लो वर्गको जीवन स्तरमा सुधार्न खर्चेका चाभेजलाई त्यहााका जनताले गरिवको उद्धारका लागि स्वर्गवाट पठाइएका देवदुतको रुपमा लिने गर्दथे । क्रान्तिको नाममा ठूला सपना देखाउने होइन वास्तविक जनताको जीवनसाग जोडिएको विषयलाई ध्यान दिने चाभेजलाई अन्त्य गर्ने सामं्राज्यवादी सपना हजारौ कोशिसका वावजुत पनि सफल नभएपनि उनको २ बर्ष अघि पत्ता लागेको क्यान्सर नै मृत्युको प्रमुख कारण बन्यो ।

साम्राज्यवाद बिरोधी नेता चाभेजको निधनको झण्डै एक हप्ता पछि नेपालका क्रान्तिकारी कम्युनिष्ट नेताहरुको उपश्थितिमा राजधानीमा बुधबार चाभेजप्रति श्रद्धान्जली कार्यक्रमको आयोजना समेत गरियो । भेनेजुएला मात्र होइन चिली र कोलम्विया बाहेकका सबै ल्याटिन अमेरिकी देशहरुमा अहिले वामपन्थी झुकाव भएका व्यक्तिहरु राष्ट्रपति बनेका छन् भने अधिकांश देशमा अमेरिकी साम्राज्यवाद बिरोधी आन्दोलन र बोलिभियन समाजवादको बिस्तार भएको छ । ती देशहरुमा स्वाधिनताको लडाई मुख्य रहेको छ । सिमोन बोलिभार, चे ग्वेभारा र फिडेल क्यास्ट्रो पछिका सम्पूर्ण ल्याटिन अमेरिकाका नेता बनेका चाभेज समाजवादीहरुका लागि सिक्न लायक व्यक्ति हुन् ।

समाजवादी तथा कम्युनिष्ट नेताहरु सत्तामा गएर भ्रष्टाचारमा लिप्त भएका थुप्रै उदाहरणहरु छन् । तर चाभेजको जतिसुकै बिरोध गर्नेहरुले पनि उनलाई भ्रष्ट भन्न सकेका छैनन् । बिहान एउटा, दिउसो अर्को र बेलुका अर्कै बोल्ने नेपालका नेताहरुका लागि चाभेज शिक्षा लिन लायक नेता हुन् । जसले अमेरिकी साम्राज्यवादको नाकै मुनी बसेर सम्पूर्ण साम्राज्यवाद बिरोधी आन्दोलनलाई अगाडि बढाए र सफल पनि भए । साम्राज्यवाद संग लड्नै सकिन्न भन्नेहरुले चाभेजबाट सिक्नुपर्ने बताउछन् माओवादी उपाध्यक्ष सिपी गजुरेल

बिश्व साम्राज्यवाद तथा प्रभुत्ववादका बिरुद्धको लडाईबाट कहिल्यै नथाकेका बिश्वका श्रमजीवि जनताका नेता बन्न सफल चाभेज समाजवादी आन्दोलनका लागि एउटा भुल्नै नसकिने नाम हो । त्यसमा पनि दक्षिण अमेरिकामा फिडेल क्यास्ट्रो जीवित रहदा नै उनलाई उछिनेर सम्पूर्ण ल्याटिन अमेरिकाका आदर्श पात्र बनेका चाभेजको निधनले बिश्व साम्राज्यवाद बिरोधी आन्दोलनलाई ठुलो क्षति पुग्न गएको छ ।

राष्ट्रिय स्वाधिनताका लागि जस्तो सुकै संघर्षलाई पनि सहज रुपमा सञ्चालन गर्नु कम जोखिमपूर्ण थिएन । ल्याटिन अमेरिकामा जन्मिएर पनि सम्पूर्ण बिश्वका श्रमजीवि जनताको नेता बनेका चाभेजको जीवन आफैमा एउटा आदर्श जीवन रह्यो । बिश्वभरीका साम्राज्यवाद बिरोधी देश तथा पार्टीले एक असल मित्र गुमाएको छ । बिश्वमा कही पनि दीर्घकालसम्म टिक्न नसकेको समाजवाद भेनेजुएलाका अन्तरिम राष्ट्रपति निकोलास मादुरोले बचाउन त्यहााका जनताको बिश्वास जित्न सक्छन कि सक्दैनन् त्यो प्रतिक्षाको बिषय हो । ल्याटिन अमेरिकामा फैलदो रुपमा रहेको समाजवादी आन्दोलन र बिश्वमा चलिरहेको साम्राज्यवाद बिरोधी आन्दोलनलाई दृढतापूर्वक सञ्चालन गर्नु नै चाभेज प्रतिको सच्चा श्रद्धान्जली हुने छ ।

Comments

Popular posts from this blog

खस जातीको संक्षिप्त इतिहास

कम्प्युटर भनेको के हो ?

नेपाल थरको इतिहास