Posts

Showing posts from October, 2013

‘सरकारी नियमावलीमा सुधार आवश्यक’

सरकारले विकासका लागि सरकारी, सहकारी र नीजि क्षेत्र गरी ३ खम्बे आर्थिक नीति अवलम्बन गरेको छ । तर सरकारको योजना अनुसार यि तीन क्षेत्रले राष्ट्रको विकासका लागि भन्दा पनि एक अर्काबीचको टकरावमा नै खर्चेको देखिन्छ । सबै क्षेत्रले विकासको लागि आफैले महत्वपूर्ण भूमिका खेलेको दावी गर्दै आइरहेका छन् । कतिपय सहकारीहरुले अहिले पनि उपभोत्ताहरुलाई ठगेको घटनाहरुपनि आइनै रहेका छन् । यसैक्रममा सहकारीको नियमनका लागि २२ बर्ष अघि बनेको दक्षिण एशियाकै सबैभन्दा राम्रो मानिने सहकारी नियमावली २०४८ मा पहिलो पटक संसोधनको तयारी भएपनि सहकारीकर्मीहरु फेरि आन्दोलनमा केन्द्रीत भएका छन् । सरकारले अहिलेकै अवस्थामा सहकारी नियमावली जारी गरे ९० प्रतिशत सहकारी सास्था बन्द हुने उनीहरुको दावी छ ।  त्यसो त सहकारी क्षेत्र र निजी क्षेत्रबीच जहिले पनि सहकार्य भन्दा पनि टकरावको अवस्था देखिने गरेको छ । सहकारी क्षेत्रलाई ध्वस्त पार्नका लागि नियमावली संशोधन गर्न लागिएको अथवा थाहा नभएर नियमावलि संसोधन गर्न लागिएको सहकारीकर्मीहरुको भनाई छ । सरकारले बृहत अध्ययन गरेर सबैको साझा सल्लाहका आधारमा नियमावली संसोधन गर्नुपर्नेमा उन...

सपना पुरा गर्ने अठोट अहिल्यै गरौं

                                                                                                     केशरमणि कटुवाल बिषय प्रबेश दक्षिण एसियाली फुटबलको सर्बोच्च प्रतियोगिता साफ च्याम्पियनसिपले नोपाललाई धेरै पाठ सिकाएर गएको छ । दक्षिण एसियाली राजनीतिमा जस्तै खेलकुदमा पनि एकछत्र राज गरिरहेको भारतको फुटबलस्तर यसपटक निक्कै कमजोर देखियो । जसको नतिजा दक्षिण एसियामा नयाा च्याम्पियन जन्मियो अफगानिस्तान । लामो समयको युद्धको रापबाट पिल्सिएको अफागानिस्तानले समुह चरणदेखी नै आफूलाई उपाधिका दावेदारका रुपमा प्रस्तुत गर्दै उत्कृष्ठ प्रदर्शनलाई निरन्तरता दियो । अफगानिस्तानलाई वास्तविक टक्कर माल्दिभ्स र नेपालले मात्र दिएपनि नजिता भने आफू अनुकुल निकाल्न असफल भए । तुलनात्मक रुपमा भुटानलाई दक्षिण एसियाको कमजोर राष्ट्रको रुपमा आाकलन गरिएपनि यसपटक उसल...

एमाओवादीमा बागी उमेद्वारले टाउको दुखाई

बिदेशी शक्तिको निर्देशनलाई उल्लंघन गर्न नसकेर नेकपा–माओवादी नेतृत्वको मोर्चासंगको वार्तालाई बिचैमा छोडेर मंसिरमा हुने भनिएको संबिधान सभा निर्वाचनको लिगलिगै दौडमा लागेका राजनीतिक दलका नेताहरु अहिले आन्तरिक किचलोको शिकार बन्दै गएका छन् । दलहरुले उमेद्वार चयन गर्न नसकेपछि निर्वाचन आयोगले चार दलको निर्देशनमा चलेको सरकारको आग्रहमा उमेद्वार मनोनयनको समय १ हप्ता पछि सारेपनि दलहरुले सर्वसहमतिमा उमेद्वार छान्ने सम्भावना सकिएको सहज अनुमान लगाउन सकिन्छ । मंगलबार टिकट माग्नेहरुमाथि लाठी चार्ज गरिएको काग्रेस केन्द्रीय कार्यलयमा बुधबार प्रहरी परिचालन गरेर बैठक बसेपछि टिकटका लागि जिल्ला जिल्लाबाट आएका नेताहरु चियागफमा व्यस्त थिए ।  यता एमाले कार्यलयको हालत पनि कम थिएन । पार्टी कार्यलय टिकट माग्नेहरुको भीडले भरिएपछि बुधबारको स्थायी समिति बैठक अर्कै स्थानमा सारिएको थियो भने एकीकृत माओवादीमा पनि आन्तरिक विवाद भुसको आगो जस्तै भित्रभित्रै फैलिरहेको छ । एकीकृत माओवादीमा त यसपटक शिर्ष नेतादेखी  आधिकारिक उमेद्वारको बिरुद्धमा बागी उमेद्वार उठ्नेहरु नामावली निक्कै लामो पाइएको छ । त्यसो त एकीकृत...

निर्वाचन बिरुद्ध जनमत उर्लदो/दलहरु बिदेशीको इशारामा निर्वाचनको मन्त्रण गर्दै

Image
देश यतिबेला निर्वाचनको पक्ष र बिपक्षमा चलेका बहसहरुले तातेको छ । चोक/चोक र चियापसलमा समेत यतिबेला निर्वाचनको पक्ष र बिपक्षमा समुह/समुहमा बसेर चर्का बहसहरु गरेको सुन्न पाइन्छ । तर निर्वाचनको पक्षमा बहस गर्नेहरुले पनि नेकपा–माओवादी र उसको नेतृत्वमा रहेका दलहरुको सहभागीता बिना निर्वाचन गरिए त्यसले निकास नदिने बताउछन् । यता चार दल र त्यसको निर्देशनमा चलेको वर्तमान सरकार भने मंसिर ४ गतेको निर्वाचन कुनै हालतमा पनि गररै छाड्ने जिद्धी गर्न छाडेका छैनन् । त्यसो त निर्वांचनको मुखमा आएर मुख्य भनिएका ४ दलभित्रै पनि नेकपा–माओवादीलाई निर्वाचनमा सहभागी गराउनु पर्ने बिषयमा व्यापक जनमत बड्दै गएको छ भने उनीहरुले नै बिदेशी शक्तिको इशारामा आफ्ना नेताहरु चलेको स्वीकार गर्न थालेका छन् । एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले राजनीतिक दलका नेताहरुले स्वबिबेकमा चल्न नसकेका कारण समस्या भएको बताउछन् ।  श्रेष्ठको भनाईलाई आधार मान्ने हो भने पनि नेपालमा हुनै लागेका सहमति भााड्नको पछाडि बिदेशी शक्तिकेन्द्रको डिजाइन छ र यहााका नेताहरु खुलेआम रुपमा नै बिदेशीको पाउ मोलिरहेका छन् भन्नेमा कुनै द्विव...