सपना पुरा गर्ने अठोट अहिल्यै गरौं
केशरमणि कटुवाल
बिषय प्रबेश
दक्षिण एसियाली फुटबलको सर्बोच्च प्रतियोगिता साफ च्याम्पियनसिपले नोपाललाई धेरै पाठ सिकाएर गएको छ । दक्षिण एसियाली राजनीतिमा जस्तै खेलकुदमा पनि एकछत्र राज गरिरहेको भारतको फुटबलस्तर यसपटक निक्कै कमजोर देखियो । जसको नतिजा दक्षिण एसियामा नयाा च्याम्पियन जन्मियो अफगानिस्तान । लामो समयको युद्धको रापबाट पिल्सिएको अफागानिस्तानले समुह चरणदेखी नै आफूलाई उपाधिका दावेदारका रुपमा प्रस्तुत गर्दै उत्कृष्ठ प्रदर्शनलाई निरन्तरता दियो । अफगानिस्तानलाई वास्तविक टक्कर माल्दिभ्स र नेपालले मात्र दिएपनि नजिता भने आफू अनुकुल निकाल्न असफल भए । तुलनात्मक रुपमा भुटानलाई दक्षिण एसियाको कमजोर राष्ट्रको रुपमा आाकलन गरिएपनि यसपटक उसले सुदृढ प्रदर्शन गर्यो भने श्रीलंकाले आफ्नो क्षमतालाई न्याय गर्न सकेन ।
समुह चरणलाई हुेर्ने हो भने पााच पटकको च्याम्पियन भारत र एक पटकको बिजेता बंगलादेश सहित कठिन प्रतिद्वन्दीहरु पाकिस्तान र आयोजक नेपाल रहेको समुह ‘ए’ तुलनात्मक रुपमा कठिन समुह थियो भने समुह ‘बी’ मा पनि एक पटक उपाधिको स्वाद चाखिसकेको माल्दिभ्स, सातौ सस्करणको उपबिजेता अफगानिस्तान सहित श्रीलंका र भुटान रहेका थिए । कठिन समुहमा परेपछि समुह चरणमा निक्कै कडा प्रतिस्पर्धालाई सहज रुपमा पार गर्दै नेपाल समुह बिजेता र भाग्यको भरपुर साथ पाएको भारत उपबिजेताको रुपमा सेमिफाइनलमा पुगे भने समुह ‘बी’ मा माल्दिभ्सले श्रीलंकालाई १०–० र भुटानलाई ८–२ को भारी अन्तरले पछाडी पार्दै समुह बिजेता बन्दै सेमिफाइनल पुग्दा अफगानिस्तान गोल अन्तरमा पछि पर्दै उपबिजेताका रुपमा अन्तिम चारमा पुग्यो । यस्तोमा सातौं सस्करणको समिकरण नै दोहोरियो । सेमिफाइनलमा पुरानै प्रतिद्वन्दी भारत र माल्दिभ्स तथा नेपाल र अफगानिस्तान आमुने सामुने हुदा नेपाल पुरानै प्रतिद्वन्दीसंग पुरानै गोलअन्तरले स्तब्ध भयो भने भारतले माल्दिभ्सलाई हराउदै अफगानिस्तानसंगको उपाधि भेट निश्चित गर्यो । दिल्लीमा ४–० ले हारेको २ बर्षपछि काठमाडौंमा अफगानिस्तानले २–० को जित निकाल्यो जसले उसको फुटबल स्तर निक्कै माथि रहेको प्रमाणित मात्रै गरेन भारतमा बेहोरेको हारको बदला समेत लियो ।
अन्तराष्ट्रिय फुटबलमा नेपाल
नेपालको राष्ट्रिय टिमले विश्वकप छनोटको दोस्रो चरणमा पुग्नु नै अन्तराष्ट्रिय फुटबलमा ऐतिहासिक सफलता हो । नेपालले यस अघि सन् १९८६, १९९० र १९९८ को विश्वकप फुटबल छनोटमा सहभागीता जनाएको भएपनि दोस्रो चरणको यात्रा तय गर्न सकेको थिएन । तर सन २०१४ मा ब्राजिलमा हुने विश्वकप छनोटका लागि एसियाली छनोटको पहिलो चरणमा बेलायती प्रशिक्षक ग्राहम रोबर्टसको प्रशिक्षणमा रहेको नेपालले पूर्वी टिमोरमाथि घरेलु मैदानमा समग्रमा सात एक गोल अन्तरले पराजित गर्दै दोस्रो चरण सम्म पुगेको थियो । दोस्रो चरणमा भने नेपाल जार्डनसंग समग्रमा १०–१ गोल अन्तरले पराजित हुन पुग्यो । यसबाहेक नेपालले एशियाका दोस्रो स्तरका राष्ट्रहरुको प्रतियोगिता एएफसी च्यालेन्जकपमा पनि फाइनल चरणसम्म स्थान बनाईसकेको छ ।
सागमा नेपालको अवस्था के ?
आजभोलि साफ च्याम्पियनसिपमा दक्षिण एसियाका ८ राष्ट्रिय टिमले खेल्छन् भने सागमा तिनै आठ देशका यू–२३ टिमले प्रतिस्पर्धा गर्छन् । सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियली खेलकुद सम्म भने फुटबलतर्फ राष्ट्रिय टिमले नै भाग लिन्थे । इतिहास पल्टाउने हो भने नेपालका लागि जहाा साफ च्याम्पिनसिप अहिलेसम्म कहिल्यै सुखद रहेन, ठीक त्यहीं दक्षिण एसियाली खेलकुद भने नेपाली फुटबलका लागि सुखद छ । अझ नेपाली फुटबलले हात पारेका अहिलेसम्मकै दुई सफलता त्यसैमा छ । दक्षिण एसियाली खेलकुद सन् १९८४ देखि काठमाडौंमै सुरु भएको थियो र नेपालले त्यसमा फुटबलतर्फ स्वर्ण पदक नै हात पार्यो । नेपालले औपचारिक प्रतियोगितामा फुटबलतर्फ स्वर्ण जितेको त्यो पहिलो अवसर थियो । फाइनलमा नेपालले बंगलादेशलाई ४–२ ले हराएको थियो र त्यति बेला कप्तान थिए–रुपकराज शर्मा । त्यो नेपाली राष्ट्रिय टिमले खेलेको दोस्रो अन्तराष्ट्रिय प्रतियोगिता थियो ।
त्यसअघि नेपालले नयाा दिल्लीमा सम्पन्न एसियाली खेलकुदमा फुटबलतर्फ सहभागिता जनाएको थियो । नेपालले सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ दोस्रो पल्ट स्वर्ण जित्यो । फाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–३ ले हराएको थियो । यसलाई नेपाली फुटबलको अहिलेसम्मकै सर्वाधिक ठूलो सफलता मानिन्छ । त्यसबाहेक नेपालले अरु पटक सन् १९८७ र सन् १९९९ फाइनल सम्मको यात्रा तय गरेको छ । नेपाल कोलकातामा भएको दोस्रो दक्षिण एसियाली खेलकुदको फाइनलमा भारतसाग १–० ले पराजित भयो भने काठमाडौंमै सम्पन्न आठौं संस्करणमा बंगलदेशसंग १–० ले पराजित भयो । अहिलेसम्म नेपालले खेलेको त्यो नै अन्तिम फाइनल हो ।
साफ च्याम्पियनसिपमा नेपाल
साफ च्याम्पियनसिपमा भने नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि भनेकै यसपटक सम्म गरी तीन पटक सेमिफाइनल पुग्नु हो । पहिलो पल्ट भारतको गोवामा भएको दोस्रो साफ च्याम्पियनसिपमा, अर्को नयाा दिल्लीमा सम्पन्न सातौ संस्करणमा र यसपटक घरेलु मैदानमा । अरु बेला साफ च्याम्पियनसिपमा नेपालको चुनौती लिग चरणमै समाप्त हुदै आएको छ । एशियाली र विश्वस्तरीय केही नियमित प्रतियोगिताको छनोट चरणमा नै अल्झिने नेपाली फुटबलको वास्तविक हैसियत नाप्ने थलो पनि दक्षिण एसिया नै हो । दक्षिण एशियाका आठवटा राष्ट्रहरुमा भुटान बाहेक अरु सबै राष्ट्र सदावहार दावेदार रहने गर्छन । यसपटक भने भुटानले तुलनात्मक रुपमा सुधारिएको र श्रीलंकाले अनुमान गरिए भन्दा कमजोर प्रदर्शन गर्यो । यस्तोमा नेपालले समुह चरणमा निकै सुधारिएको खेल प्रदर्शन गर्यो । दुई बर्षपछि बंगलादेशलाई २–० ले हराउदै प्रतियोगिता सुरु गरेको नेपालले पाकिस्तानसंगको नाटकीय बराबरी र २० बर्षपछि भारतको सिनियर राष्ट्रिय टिमलाई २–१ ले हराउदा नेपाली दर्शकहरुले प्रतियोगिता नै जितेको जस्तो अनुभूति गरे ।
नेपालका लागि सधै जित्ने सम्भावना रहेको तर कहिल्यै जित्न नसकेको प्रतियोगिता बन्न पुगेको छ साफ च्याम्पियनसिप । नेपालको मुख्य चुनौती दक्षिण एशियाका प्रतिद्वन्दी राष्ट्रहरुको सुध्रिदै आएको फुटबल स्तर र सोही अनुरुप नेपालले प्रगति गर्न नसक्नु नै देखिन्छ । सन् १९९० तिर नेपालले सजलै हराउने माल्दिभ्स अहिले नेपाल भन्दा अब्बल मानिन्छ । सात पठक फाइनलमा पुगेर ५ पटक उपाधि जितेको भारत, एक/एक पटक उपाधि उचालेका बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका खेलाडिहरु निकै व्यवसायिक बन्नु र उनीहरुले फुटबलमा गरेको लगानीले विगतका सजिला प्रतिद्वन्दीहरु कठिन बन्दै गएका छन् । लामो समयको ध्वंसात्मक युद्ध झेलिरहेको अफगानिस्तानले लगातार दोस्रो पटक फाइनलको यात्रा तय गर्दै उपाधि नै जित्यो । अमेरिकी आक्रमणपछि तहसनहस बनेको दृश्यलाई बिर्सिदै बिभिन्न युरोपियन देशहरुमा खेल्ने उसका व्यवसायिक खेलाडिहरु नेपाल र समग्र दक्षिण एसियाका भन्दा शारिरीक र खेल कौशलमा पनि निकै माथि देखिए । दक्षिण एसियामा निकै राम्रो र टेक्निकल फुटबल पस्किने नेपालमा फुटबलमा लगानीको अभाव नै मुख्य समस्यको रुपमा रहेको छ । एउटा खेलाडिले राष्ट्रिय टिममा बसेर एक दशक खेल्न सक्छ त्यसपछि कहा जाने भन्ने कुनै गन्तव्य छैन । लगानी मात्र होइन, नेपाली खेलाडीहरुको क्षमतालाई प्रयोग गर्ने व्यावसायिक शैली र व्यवस्थापनमा पनि उतिकै समस्या छ । दशरथ रंगशालामा दर्शकहरुको भव्य र सानदार उपश्थितिले नेपाली खेलकुदमा फुटबल एक नम्वर खेल हो भन्ने पुष्टि मात्रै गरेन बेलुका हुने फुटबलका लागि बिहानै टिकट बिक्री भइसक्नुले पनि नेपालमा अव अन्तराष्ट्रिय स्तरको नयाा रंगशालाको आवश्यकता राम्रोसित अनुभुति गराएको छ ।
नेपाल किन बाहिरियो ?
साफ च्याम्पियनसिपको दोस्रो नेपाल संस्करण अर्थात यसपटकको आठौं साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक समुह बिजेता बन्दै सेमिफाइनलमा पुग्दा प्रमुख दावेदारको रुपमा देखिएको थियो । तर पाएको मौका सदुपयोग गर्न नसक्दा नेपाल गृहमैदानमा भएको साफ च्याम्पियनसिप फुटवलको फाइनलमा पुग्नबाट बञ्चित भयो । फुटबल खेल एउटा चामत्कारीक खेल पनि हो । जवसम्म ९० मिनेट सकिएको सिठ्ठी बज्दैन तवसम्म फुटबलमा जे पनि हुनसक्छ । बिश्व फुटबलमा यस्ता थुप्रै चामत्कारीक परिघटनाहरु भएका छन् । शक्तिशाली राष्ट्र कमजोर राष्ट्रसंग पराजित भएका छन् । अझ यसलाई यसरी भनौ कि कहिलेकाही हुने यस्ता चमत्कारहरु पत्याउन नै मुस्किल पर्छ । साफ च्याम्पियनसिप अन्र्तगत अफगानिस्तान बिरुद्धको खेलमा नेपालले यस्तै अविश्वसनिय नतिजाको सामाना गर्यो । पहिलो हाफमै गोलकिपर किरण चेम्जोङको गम्भीर गल्तीको फाइदा उठाएर १–० को अग्रता बनाएको अफगानिस्तानका लागि उपाधि यात्रा सुगम बन्यो । नेपाली टोलीका अमेरिकी प्रशिक्षक ज्याक स्टेफनोस्कीले आफूसाग अफगानिस्तान बिरुद्धको खेलका लागि थुप्रै विकल्प भएको भनेपनि ती बिकल्पहरु मैदानमा देखिएनन् । होचा कदका खेलाडिहरु रहेको नेपालको छोटो पास र ग्रासबल खेलेर बिपक्षीलाई बिट गर्नुपर्ने नेपालको मौलिक खेल पनि अफगानिस्तान बिरुद्ध देखिएन । फुटवलमा विपक्षीलाई आफ्नो क्षेत्रमा खेल्नका लागि दिन नसक्ने टाइम एण्ड स्पेस दुवै दिन सकिदैन तर अफगानी खेलाडिहरुले नेपाल बिरुद्ध चाहिएजती समय र स्थान पाए जसले जसको चर्को मुल्य नेपालले चुकाउनु पर्यो । मैदानमा कडा मेहनत गरेपनि संयमता अपनाउन नसक्नु र पाएका केही अवसर सदुपयोग गर्न नसक्नु नेपालको यात्रामा पूर्णबिराम लगाउने कारक बने ।
यसका बाबजुतपनि नेपालले नै जित्नुपर्छ भन्दा पनि खेलमा हारजित हुने सामान्य कुरालाई हामीले सहज रुपमा स्वीकार गर्न सकनौ । भारतलाई २० बर्षपछि २–१ को हारको स्वाद चखाउदै सेमिफानल पुग्दा ति नै खेलाडि नेपाली दर्शकका लागि भगवान सावित भएको ३ दिन पछि नै चर्को आलोचनाले हामीसंग अझै खेल संस्कृतिको विकास हुन सकेको छैन भन्ने कुरा देखायो । खेलको अन्तिम क्षणमा पाएको पेनाल्टीलाई रोहित चन्दले २ पटक सम्मपनि गोलमा परिणत गर्न नसक्नुका पछाडि पनि घरेलु मैदान र दर्शकको दवावले नै काम गरेको हुनुपर्दछ । नेपालले प्रतियोगितामा अधिकांश खेलहरु ४–४–२ को रणनीतिमा खेल्यो जसलका लागि राष्ट्रिय टोलीमा ५ जना स्ट्राइकरले भूमिका पाउने ठाउा बन्न सकेन । कम्तिमा पनि स्ट्राइकरको संख्या घटाएर मिडफिल्डमा खेलाडिहरु थप्नुपर्ने हुन्थ्यो । रोहित चन्दलाई डिफेन्ससंगै मिडफिल्डको भूमिकामा खेलाउनु भन्दापनि राष्ट्रिय लिगमा मिडफिल्डिबाट राम्रो खेलिरहेका शिव श्रेष्ठ वा बिजय गुरुङलाई राखेको भए नतिजालाई प्रभाव पार्न सकिन्थ्यो । एकातिर मैदानमा नै नउतार्नका लागि स्ट्राइकर टिममा रहने तर आवश्यक मिडफिल्डमा संख्या नपुग्दा पनि थोरै खेलाडिमा निर्भर रहनुपर्यो । टोलीलाई केही खेलाडीमा मात्रै निर्भर गराउादै जोखिम उठाउन खोज्दा नतिजा अप्रत्यासित आउनु स्वभाविक हो ।
निश्कर्ष
नेपालमा फुटबल खेलले औपचारिकता पाएको एक शताब्दी मात्रै भएको छ । अङग्रेज साम्राज्यको विस्तारसंगै फुटबल खेल विश्वभर फैलने क्रममा एसिया र दक्षिण एसियामा प्रबेश गरेको देखिन्छ । नेपालमा करिब वि.सं १९७० बाट फुटबल सुरु भएको अनुमान छ । नेपालमा हारजितका लागि भन्दा पनि दरवारियाहरुले मनोरञ्जन र शारिरिक व्यायामका लागि खेलिने फुटबल अहिले नेपालका सबै उमेर समुहका अधिकांश मानिसहरुका लागि चर्चाको बिषय बनेको छ । यसपटकको साफ च्याम्पियनसिपले अझ नेपाली फुटबलका दर्शक र समर्थक ह्वात्तै बढाएको छ । त्यसमाथि पनि सेमिफाइनलमा भोगेको दु:खद पराजयमा खेलाडिहरु मैदानमा भक्कानिएजस्तै सबै नेपाल फुटबल समर्थकका लागि पीढादायी क्षण बन्यो । अफगानिस्तान बिरुद्ध किरण चेम्जोङले राम्रो बचाउ गर्न नसकेर गोल खादा झोक्एिका दर्शक ८६ मिनेटमा पाएको पेनाल्टीमा २ पटक सम्मपनि रोहित चन्दले गोल गर्न नसक्दा रंगशालामा रहेका बीस हजार र प्रत्यक्ष टेलिभिजन हेरिरहेका लाखौ दर्शकहरु चुक्चुकाए । नेपालले अहिले जुन किसिमको हारको सामना गर्नुपरेको छ यो खेलाडिको मात्रै हार होइन समग्र नेपली फुटबलको हार हो । जुनबेला हारको ताजा पीढालाई कम गर्नका लागि नयाा योजना ल्याइने भएपनि त्यसलाई समयक्रममा बिर्सने गरिएको छ । नेपालमा व्यवस्थित लिग खेलसंगै अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल तथा बिदेशमा खेल्ने अवसर राष्ट्रकै तर्फबाट जुटाइदिनु पर्दछ । नेपालमा अहिले परिणाम मात्रै खोज्ने तर लगानी नगर्ने प्रबृद्धि सबै क्षेत्रमा छ । फुटबलाई पनि त्यसले छोएको छ । ‘अबको साफमा नेपाल’ नयाा नारा नै बनाएर सरकार, खेलाडि र खेलपदाधिकारीहरु आजै लाग्न जरुरी छ । यसपटक साफको नयाा च्याम्पियन बन्ने सपना पुरा गर्ने प्रण आजै गरौ ।
जलजला मासिकको असोज अंकमा प्रकाशित छ ।
Comments
Post a Comment