Posts

Showing posts from 2014

क्रान्तिकारी पत्रकार महासंघको नेवा समिति पूर्नगठन

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघको नेवा राज्य समितिको भेलाले इन्द्र राउतको संयोजकत्वमा २३ सदस्यीय नेवाः राज्य समिति सम्मेलन आयोजक समिति चयन गरेको छ ।  कुपन्डोलमा भएको भेलाले महासंघको यस अघिको कमिटि पूर्नगठन गर्दै राउत नेतृत्वका सम्मेलन आयोजक समिति गठन गरेको हो ।  समितिको सदस्यहरुमा कृष्णकुमार श्रेष्ठ (प्रज्जवल), पुष्प न्यौपाने, उमेश महर्जन, श्रीकृष्ण सुलु, सचिरनन्द महर्जन, रामकृष्ण अधिकारी, किरण भट्टराई, नारायण पंगेनी, हेम विष्ट, रुवी श्रेष्ठ हरि लामिछाने, अमिररत्न ताम्राकार, केशरमणि कटुवाल चयन भएका छन् ।  त्यस्तै, निर्मला घिसिङ, दामेदर खनाल, अमिरमैया रन्जितकार, सानुकाजी महर्जन, केदारनाथ गौतम, टेनिस रोक्का, रेशम विक र गोपालदास श्रेष्ठ रहेका छन् । एक सदस्य भने पछि थपिने संयोजक राउतले जानकारी दिए ।  आइतबार भएको भेलाले १३ जेष्ठमा विहान क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संघले संयुक्त रुपमा आयोजना गर्ने कृष्ण सेन स्मृति दिवसका कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ । सो दिन दुवै संगठनले विहान शािन्तवाटिकावाट प्रभा...

६३ बर्षे प्रजातान्त्रिक अवधिमा परनिर्भर नेपालको अर्थ राजनीति

एक सय ४ बर्षे जहानिय राणाशासन अन्त्य र प्रजातन्त्र स्थापनाको लागि नेपाली जनताले ऐतिहासिक र बलिदानीपूर्ण संघर्ष गरे । फलस्वरुप वि.स.२००७ सालमा जहानिया राणाशासनको अन्त्य भएर देशमा प्रजातन्त्रको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइदै आएको छ । देशमा प्रजातन्त्रको ६३ बर्ष पुरा भएपनि जनताको प्रजातन्त्र प्राप्तिपछिको आकांक्षा भने अझै पुरा हुन सकेको छैन । बरु देश पछिल्लो समयमा राजनीतिक रुपमा मात्र होइन आर्थिक क्षेत्रमा पनि परनिर्भर हुदै गएको छ ।  नेपालमा प्रजातन्त्र प्राप्तिको आन्दोलन चलिरहदा छिमेकी भारत र चीन सहित विश्वको थुपै्र देशहरुमा राजनीतिक आन्दोलन चलिरहेको थियो । उनीहरुले राजनीतिक आन्दोलन पुरा गरेर आर्थिक विकासमा ठुलो फड्को मारिसक्दा पनि हामी भने अझै राजनीतिक आन्दोलनमा नै रुमल्लिरहेका छौं । त्यतिमात्र होइन नेपालभन्दा धेरैपछि आर्थिक विकासको चरणमा प्रबेश गरेका राष्ट्रहरुमा अहिले नेपाली गएर श्रम गर्नुपर्ने र त्यसैबाट आएको रेमिट्यान्सले अर्थतन्त्र धानिने अवस्था बन्नुले यहााको आन्तरिक अर्थतन्त्रको आधार मृतजस्तो भइसकेको छ । राजनीतिक दलहरुले गृहमन...

नेपालमा कृषिको व्यवसायिकरणका चुनौति

कृषि प्रधान हाम्रो देशका बहुसंख्यक जनताहरु कृषि पेशामा आवद्ध रहेका छन् । नेपालको कुल ग्राहस्थ उत्पादनमा ३४ प्रतिशत योगदान कृषि क्षेत्रको रहेको छ । तर अझै पनि नेपाल खाद्यान्नमा समेत आत्मा निर्भर हुन सकिरहेको छैन । नेपालमा कृषकहरुलाई दिने सहुलियत र नीतिगत तहमा रहेको कमजोरीकै कारण यस्तो अवस्था रहेको बताउछन् केन्द्रिय कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठक यता मन्त्रीपरिष कार्यलयका सचिव कृष्णहरि बास्कोटाको भने त्यो भन्दा फरक धारणा रहेको छ । नेपालको कृषि सहित हरेक क्षेत्रमा विकास हुन नसक्नुमा सबै दोषी रहेको र सबैले आफ्नो भूमिका नबुझ्ने नाफा कमाउने मात्रै उदेश्यमा लाग्दा समस्या जहााको त्यही भएको उनको बुझाई छ ।  अहिले नेपाल रेमिट्यान्सको भरमा चलेको र कृषिको व्यवसायीकरण आत्मानिर्भरता र आयात प्रतिस्थापनका लागि कुनै व्यवस्थित योजना नभएकाले सरकार गम्भीर बन्नुपर्ने  बताउछन् नेपाल उद्योग बाणिज्य महासंघ उद्योग समितिका सभापति दिनेश श्रेष्ठ यता कृषिको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने कृषि मन्त्रालय आफै पीडित बनिरहेको छ । कृषिलाई व्यवसायीकरण गर्न लागि प्रबिधिमा विकास...

चुनौतिपूर्ण बन्दै बैदेशिक रोजगार

बिश्व विकास र प्रगतिको चरमोत्कर्षमा पुगिसक्दा पनि नेपालले विकासको गतिमा ठुलो फड्को मार्न सकेको छैन । जसका कारण देशको भविष्यका कर्णधार युवावर्गहरु रोजगारीको खोजीमा बिश्वका बिभिन्न देशहरुमा भौतारिएर पुग्ने गरेका छन् । आर्थिक विकासको गतिमा अगाडि नबढेको मात्रै होइन लामो समयदेखीको राजनीतिक संक्रमणबाट मुक्त हुन नसक्दा अहिले देश, विदेशमा युवाहरुले कमाएको रेमिट्यान्सबाट चल्ने अवस्थामा पुगेको छ भने विदेशमा कतिपय युवाहरु तल्लो तहको र गैरनागरीक तथा यन्त्र सरह कार्य गर्न र आधारभूत मानवीय आवश्यकताहरुबाट विमुख भई नारकीय जीवन विताउन विवश हुने गरेका छन् ।  ‘सिप, सूचना र अभिमुखीकरण, सुरक्षित र मर्यादित आप्रवासन’ भन्ने नाराका साथ नेपाल लगायत बिश्वभरी अन्तराष्ट्रिय आप्रवासन दिवस मनाईरहदा बैदेशिक रोजगारीका लागि बिदेश जान हजारौ युवाहरु श्रम स्वीकृतिका लागि बैदेशिक रोजगार बिभागमा लाम लागेका थिए । उनीहरुलाई बिदेशीनु पर्दाको भन्दापनि बैदेशिक रोजगारमा बेहोर्नुपरेको हैरानीले दिक्क भएका देखिन्थे ।  नेपालबाट वाध्य भई विभिन्न श्रम बजारमा प्रवेश गरेका युवाहरु सबै वैधानीक तवरबाट मात्र गएका छैनन् ...