चाल्दै-चाल्दै जीवन धूलो !
-युवराज नयाँघरे चाल्न थालेको जीवन उमेर जत्तिकै भो ! जीवन चाल्दै छु म । चालेर हात थाके, आँखा गले, औँला बाउँडिए । तर नसकिने स्थितिमा छु जीवनलाई चाल्न । जानेदेखि बुझेर चालेँ । नजान्दै पनि चालिआएकै हो जीवनलाई । अँहँ, सकिएन चाल्न । घरमा श्रीमतीले पातलो चाल्नीले भान्सामा चाल्दैछिन् पीठो । एकदमै मसिन्न्याएर पीठो चालिरहेकी छन् उनी । हल्लाई-हल्लाई अथवा ढकढकाई-ढकढकाई पीठो चाल्ने उनको तन्मय निहालिरहेको छु छेउमै बसेर । तिनले पीठो घोटेर चाल्नी चलाएको हर्छु गहिरिएर । चालिएँ म यसरी नै थुप्रै घामपानीमा । उनले पीठो चालिरहेको कामलाई विचार्दैछु म पुस्तकमा घोत्लिएर । फरक पाटा हुन् यी । सिद्घान्त र व्यवहारका दुइ भँगालोजस्तो । सोच्छु-जीवन धूलै त हो नि ! हामी थाहा पाएर चाल्छौ...