Posts

Showing posts from July, 2018

कप्तानको काँधमै जिम्मा !

Image
केशरमणि कटुवाल इमरान खान, भन्नेवित्तिकै धेरैको मनमा अझै पनि सन् १९९२ को विश्वकप क्रिकेटको झल्को आइहाल्छ । खानको कप्तानीमा रहेको पाकिस्तानले पहिलो पटक विश्वकप क्रिकेटको उपाधी जितेको त्यसैबेला हो । विश्वकप क्रिकेटको फाइनलमा उनले इङल्यान्डविरुद्ध कप्तानी इनिङ खेल्दै ७२ रन बनाए भने मुस्ताक अहमेदले ३ विकेट लिएका थिए ।  पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीबाट लामो समय खेलेका उनले झण्डै २ दशक क्रिकेटमा बिताए र आफ्नो सबैभन्दा महत्वपूर्ण उपलब्धीका रुपमा विश्वकपको उपाधी पाकिस्तानलाई दिलाए । त्यसयता पाकिस्तानले विश्वकप क्रिकेटको उपाधी जितेको छैन । इमरान खानको कप्तानीमा पाकिस्तानले विश्वकपको उपाधी उचाल्दा वासिम अक्रमपनि सोही टोलीका सदस्य थिए । जुन प्रतियोगितामा उनले १८ विकेट लिँदै प्रतियोगिताभर सबैभन्दा धेरै विकेट लिने खेलाडीका रुपमा आफूलाई उभ्याएका थिए ।  पाकिस्तानी क्रिकेट टोलीमा उनी निकै सफल खेलाडी हुन् । उनले पाकिस्तानको तर्फबाट ८८ वटा टेस्ट, १७५ वटा वान डे, ३८२ वटा फस्ट क्लास क्रिकेट र ४२५ वटा लिस्ट–ए क्रिकेट खेलेका छन् । जसमध्ये टेस्टमा ६ शतक र १८ अर्धशतक, वान डेमा १ शतक ...

चामत्कारिक उद्दार अभियान, जसले तान्यो संसारको ध्यान

Image
केशरमणि कटुवाल ‘हामी यो चमत्कार हो, विज्ञान हो या अरु के हो हामीलाई थाहा छैन । तर अब फँसेका सबै सबै १३ जना गुफाभन्दा बाहिर छन् ।’ यो भनाई थाइल्यान्डको चियाङ्ग राय प्रान्तमा रहेको एउटा अँध्यारो गुफामा १८ दिनसम्म फँसेका १२ जना किशोर फुटबलर र उनीहरुका १ जना २५ वर्षीया प्रशिक्षकलाई सकुशल बाहिर निकालेपछि थाई नौसैनिक टोलीका सदस्यले भनेको वाक्य हो, यो । गत जुन २३ गते गुफामा पसेका उनीहरुलाई १८ दिनपछि १० जुलाईमा सबै १३ जनाको उद्दार भएको छ । आफ्ना प्रशिक्षकसँग बेपक्ता भएका १२ जना गुफामा रहेको ९ दिनपछि एक बेलायती गोताखोरले पत्ता लगाएपछि उनीहरुको उद्दारको प्रक्रिया सुरु गरिएको थियो । भरिएको चिसो पानी, अँध्यारो र धेरै नै साँघुरो गुफाबाट बच्चाहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्ने अभियानलाई संसारले नजिकबाट नियाल्यो र उनीहरु गुफाबाट बाहिर निस्किएको समाचारले संसारका सञ्चारमाध्यममा स्थान पायो । थाई जनता र फँसेका बालकका परिवारमा अभूतपूर्व खुसीको क्षण आयो । यो घटना कतिपयलाई सामान्य लागे पनि यति कठिन अवस्थामा मानवीय आशावादिता र हौसलाको जितको यथार्थ परिघटना पनि हो । उनीहरुले यो गुफाभित्र बाँच्नका लाग...

सवा करोड कमाउने पनि गरिब

Image
तपाईंको कमाई त लाखभन्दा पनि धेरै छ । जिन्दगी कति आनन्दपूर्वक बितिरहेको होला यहाँको त ? समाजमा यस्तै खालका वार्तालाप हामी धेरैजसो सुन्ने गर्छौं । जसको मासिक आम्दानी लाखभन्दा बढी छ, उसलाई सफल व्यक्ति मानिन्छ । समाज र परिवारमा पनि उसलाई सफलताको उदाहरणका रूपमा प्रस्तुत गरिन्छ । तर संसारमा एक यस्तो देश पनि छ जहाँ १ करोड २८ लाख रुपैयाँ कमाउनेलाई पनि गरिब ठानिन्छ । यो सहर हो, अमेरिकाको सनफ्रान्सिस्को । अमेरिकाको आवासीय र सहरी विकास विभागको हालैको रिपोर्टले यही तथ्य बाहिर ल्याएको छ ।  रिपोर्टअनुसार सनफ्रान्सिस्को, सन माटियो र त्यस आसपास रहने चार सदस्य रहेको परिवार यदि १ करोड २८ लाख कमाउँछ भने ऊ न्यून तलब पाउने परिवारमा गनिन्छ । त्यही यदि कुनै परिवार ८० लाख रुपैयाँ कमाउँछ भने ऊ अझ गरिबमा गनिन्छ । देशको अन्य इलाकाको तुलनामा यी सहरमा गरिबीको यो अवस्था एकदमै धेरै छ । ब्रुकिङ इन्स्टिच्युटको वेबसाइट द हेमिल्टन परियोजनाको एउटा सर्वेक्षणले यही देखाउँछ कि अमेरिकामा मानिसहरूको कमाइमा निकै अन्तर छ । अमेरिकाको लगभग दुईतिहाइ परिवारको कमाई सनफ्रान्सिस्कोको १ करोड २८ लाख रुपैयाँ कमाउनेहरू गरिब पर...

मेक्सिकोमा वामपन्थीको अभूतपूर्व र ऐतिहासिक जित

Image
केशरमणि कटुवाल उत्तर अमेरिकाको दक्षिणी क्षेत्रमा पर्ने मेक्सिकोमा हालै भएको निर्वाचनमार्फत अम्लो नामबाट प्रख्यात वामपन्थी विचारधाराका नेता आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले जित हासिल गरेका छन् । यो मेक्सिकोको इतिहासमा नै पहिलो पटक वामपन्थी विचारधाराका नेताको जित हो । उनले जित हात पारेको वामपन्थी पार्टी नेशनल रिजेनेरेसन पार्टी सन् २०१४ मा मात्रै स्थापना भएको हो । पार्टी स्थापनाको ४ वर्षमा नै राष्ट्रपतिको पदमा पुगेपछि ओब्राडोरले देशमा महत्वपूर्ण परिवर्तन हुन लागेको बताएका छन् ।  मेक्सिकोमा करिब ९० वर्षको इतिहासमा हरेक ६ वर्षमा राष्ट्रपतिको निर्वाचन हुँदै आएको छ । अहिलेसम्म देशका दुई प्रमुख पार्टी नेशनल एक्सन पार्टी (पीएएन) र इन्स्टिट्युशनल रिभोल्युशनरी पार्टी (पीआरआई) ले देशमा शासन गर्दै आएका छन् । सन् १९२९ देखि २००० सम्म पीआरआई पार्टीका उम्मेदवार राष्ट्रपति भए भने सन् २००० देखि २०१२ सम्म दुई कार्यकाल पीएएनले सत्ता सम्हाल्यो । फेरि २०१२ को चुनावमा पीआरआईले सत्तामा पुनः कब्जा जमायो र एनरिक पेना नेइटो हाल मेक्सिकोका राष्ट्रपति छन् ।  मेक्सिकोको पछिल्लो इतिहासलाई ह...

आसामका मुस्लिम यसरी बन्दैछन् अनागरिक !

Image
हर्ष मन्दर/दिसपुर ३० जुनमा आसाममा नागरिकता दर्ता अपडेट गर्ने लामो प्रक्रिया पूरा भएको छ । सर्वोच्चको निगरानीमा चलिरहेको प्रक्रिया आसाको भारतीयको नाम प्रकाशित भएपछि समाप्त हुनेछ । यसको कारण आसाममा रहेका बंगालीभाषी करिब ९० लाख मुस्लिमहरुमा त्रासको माहौल सिर्जना भएको छ । मुस्लिम समुदायका जस्तै सानो संख्यामा रहेका बंगाली मूलका हिन्दूहरु पनि तनावमा परेका छन् । नागरिकताको राष्ट्रिय दर्ता प्रक्रियाको संयोजन गरिरहेका अधिकारी डा.प्रदीप हजेलालाई उदृत गर्दै करिब ४८ लाख आसामीले भारतीय नागरिक भएको प्रमाण पेश गर्न नसकेको समाचार आएको छ । तर, उनले यसको खण्डन गर्न आफ्नो हवाला दिँदै समाचार छाप्ने पत्रकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् । उनले राज्यमा अवैध रुपमा बसिरहेकाको संख्या ५० हजारको हाराहारी रहेको बताएका छन् । अब यसरी नागरिकता पाउनबाट बञ्चित हुनेलाई के विदेशी ठहर गरिन्छ ? यो सवाल अहिले जबरजस्त रुपमा उठेको छ । यस्तो अवस्थामा बंगलादेशी ठहर हुनेलाई स्वदेश फर्काउन भारतसँग कुनै सम्झौता नभएको अवस्थामा केही पुस्तादेखि भारतलाई आफ्नो देश मानेर बसिरहेका उनीहरुको अवस्था के हुन्छ भन्ने स्पष्ट छै...

टर्कीमा शक्तिशाली राष्ट्रपति : निर्वाचित सर्वसत्तावादको खतरा

Image
केशरमणि कटुवाल गणतन्त्र टर्की पश्चिम एसियामा अवस्थित युरेसियन देश हो । आठ देशसँग सीमा जोडिएको टर्कीको ठूलो भूभाग एसियामा र सानो भूभाग युरोपमा पर्छ । युरोपेली युनियनमा आबद्ध हुन प्रयासरत टर्की बेलाबेलामा आतंकवादी हमलाका निशानामा समेत पर्दै आईरहेको छ । सन २०१६ मा टर्कीमा सैनिक ‘कु’ को असफल प्रयास भयो । त्यसै सैनिक ‘कु’ असफल प्रयासबाट आफ्नो शक्तिलाई सुदृढ गरे, राष्ट्रपति रिसेप तैयप एर्दोगानले । उनका निकटस्थहरुले ‘सर’ र प्रशंसकहरुले ‘बोस’ भनेर बोलाउने उनी गत साताको चुनावबाट ५२ प्रतिशत मतसहित निर्वाचित भएका छन् । यो जितपछि उनी अब ‘सर’ र ‘बोस’ भन्दा पनि शक्तिशाली बनेका छन् । यतिमात्रै होइन यो भोट बिना नै ६४ वर्षीय स्लामिक नेता एर्दोगान टर्कीको इतिहासकै दोस्रो शक्तिशाली नेता थिए । यसभन्दा अघि टर्कीका संस्थापक मुस्तफा कमाल अतातुर्क अर्थात मुस्तफा कमाल पासामात्रै यति शक्तिशाली थिए । एर्दोगान अत्यन्तै असहिष्णु नेताका रुपमा चिनिन्छन् । उनले आफू सत्तामा आएदेखि नै विरोधीहरुलाई सत्ताको शक्ति प्रयोग गरेर दमन गर्दै आएका छन् । यसबाट त्यहाँको ठूलो हिस्सा असन्तुष्ट छ ।  सन् २०१४ मा राष्ट्रप...