Posts

Showing posts from 2018

कप्तानको काँधमै जिम्मा !

Image
केशरमणि कटुवाल इमरान खान, भन्नेवित्तिकै धेरैको मनमा अझै पनि सन् १९९२ को विश्वकप क्रिकेटको झल्को आइहाल्छ । खानको कप्तानीमा रहेको पाकिस्तानले पहिलो पटक विश्वकप क्रिकेटको उपाधी जितेको त्यसैबेला हो । विश्वकप क्रिकेटको फाइनलमा उनले इङल्यान्डविरुद्ध कप्तानी इनिङ खेल्दै ७२ रन बनाए भने मुस्ताक अहमेदले ३ विकेट लिएका थिए ।  पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीबाट लामो समय खेलेका उनले झण्डै २ दशक क्रिकेटमा बिताए र आफ्नो सबैभन्दा महत्वपूर्ण उपलब्धीका रुपमा विश्वकपको उपाधी पाकिस्तानलाई दिलाए । त्यसयता पाकिस्तानले विश्वकप क्रिकेटको उपाधी जितेको छैन । इमरान खानको कप्तानीमा पाकिस्तानले विश्वकपको उपाधी उचाल्दा वासिम अक्रमपनि सोही टोलीका सदस्य थिए । जुन प्रतियोगितामा उनले १८ विकेट लिँदै प्रतियोगिताभर सबैभन्दा धेरै विकेट लिने खेलाडीका रुपमा आफूलाई उभ्याएका थिए ।  पाकिस्तानी क्रिकेट टोलीमा उनी निकै सफल खेलाडी हुन् । उनले पाकिस्तानको तर्फबाट ८८ वटा टेस्ट, १७५ वटा वान डे, ३८२ वटा फस्ट क्लास क्रिकेट र ४२५ वटा लिस्ट–ए क्रिकेट खेलेका छन् । जसमध्ये टेस्टमा ६ शतक र १८ अर्धशतक, वान डेमा १ शतक ...

चामत्कारिक उद्दार अभियान, जसले तान्यो संसारको ध्यान

Image
केशरमणि कटुवाल ‘हामी यो चमत्कार हो, विज्ञान हो या अरु के हो हामीलाई थाहा छैन । तर अब फँसेका सबै सबै १३ जना गुफाभन्दा बाहिर छन् ।’ यो भनाई थाइल्यान्डको चियाङ्ग राय प्रान्तमा रहेको एउटा अँध्यारो गुफामा १८ दिनसम्म फँसेका १२ जना किशोर फुटबलर र उनीहरुका १ जना २५ वर्षीया प्रशिक्षकलाई सकुशल बाहिर निकालेपछि थाई नौसैनिक टोलीका सदस्यले भनेको वाक्य हो, यो । गत जुन २३ गते गुफामा पसेका उनीहरुलाई १८ दिनपछि १० जुलाईमा सबै १३ जनाको उद्दार भएको छ । आफ्ना प्रशिक्षकसँग बेपक्ता भएका १२ जना गुफामा रहेको ९ दिनपछि एक बेलायती गोताखोरले पत्ता लगाएपछि उनीहरुको उद्दारको प्रक्रिया सुरु गरिएको थियो । भरिएको चिसो पानी, अँध्यारो र धेरै नै साँघुरो गुफाबाट बच्चाहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्ने अभियानलाई संसारले नजिकबाट नियाल्यो र उनीहरु गुफाबाट बाहिर निस्किएको समाचारले संसारका सञ्चारमाध्यममा स्थान पायो । थाई जनता र फँसेका बालकका परिवारमा अभूतपूर्व खुसीको क्षण आयो । यो घटना कतिपयलाई सामान्य लागे पनि यति कठिन अवस्थामा मानवीय आशावादिता र हौसलाको जितको यथार्थ परिघटना पनि हो । उनीहरुले यो गुफाभित्र बाँच्नका लाग...

सवा करोड कमाउने पनि गरिब

Image
तपाईंको कमाई त लाखभन्दा पनि धेरै छ । जिन्दगी कति आनन्दपूर्वक बितिरहेको होला यहाँको त ? समाजमा यस्तै खालका वार्तालाप हामी धेरैजसो सुन्ने गर्छौं । जसको मासिक आम्दानी लाखभन्दा बढी छ, उसलाई सफल व्यक्ति मानिन्छ । समाज र परिवारमा पनि उसलाई सफलताको उदाहरणका रूपमा प्रस्तुत गरिन्छ । तर संसारमा एक यस्तो देश पनि छ जहाँ १ करोड २८ लाख रुपैयाँ कमाउनेलाई पनि गरिब ठानिन्छ । यो सहर हो, अमेरिकाको सनफ्रान्सिस्को । अमेरिकाको आवासीय र सहरी विकास विभागको हालैको रिपोर्टले यही तथ्य बाहिर ल्याएको छ ।  रिपोर्टअनुसार सनफ्रान्सिस्को, सन माटियो र त्यस आसपास रहने चार सदस्य रहेको परिवार यदि १ करोड २८ लाख कमाउँछ भने ऊ न्यून तलब पाउने परिवारमा गनिन्छ । त्यही यदि कुनै परिवार ८० लाख रुपैयाँ कमाउँछ भने ऊ अझ गरिबमा गनिन्छ । देशको अन्य इलाकाको तुलनामा यी सहरमा गरिबीको यो अवस्था एकदमै धेरै छ । ब्रुकिङ इन्स्टिच्युटको वेबसाइट द हेमिल्टन परियोजनाको एउटा सर्वेक्षणले यही देखाउँछ कि अमेरिकामा मानिसहरूको कमाइमा निकै अन्तर छ । अमेरिकाको लगभग दुईतिहाइ परिवारको कमाई सनफ्रान्सिस्कोको १ करोड २८ लाख रुपैयाँ कमाउनेहरू गरिब पर...

मेक्सिकोमा वामपन्थीको अभूतपूर्व र ऐतिहासिक जित

Image
केशरमणि कटुवाल उत्तर अमेरिकाको दक्षिणी क्षेत्रमा पर्ने मेक्सिकोमा हालै भएको निर्वाचनमार्फत अम्लो नामबाट प्रख्यात वामपन्थी विचारधाराका नेता आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले जित हासिल गरेका छन् । यो मेक्सिकोको इतिहासमा नै पहिलो पटक वामपन्थी विचारधाराका नेताको जित हो । उनले जित हात पारेको वामपन्थी पार्टी नेशनल रिजेनेरेसन पार्टी सन् २०१४ मा मात्रै स्थापना भएको हो । पार्टी स्थापनाको ४ वर्षमा नै राष्ट्रपतिको पदमा पुगेपछि ओब्राडोरले देशमा महत्वपूर्ण परिवर्तन हुन लागेको बताएका छन् ।  मेक्सिकोमा करिब ९० वर्षको इतिहासमा हरेक ६ वर्षमा राष्ट्रपतिको निर्वाचन हुँदै आएको छ । अहिलेसम्म देशका दुई प्रमुख पार्टी नेशनल एक्सन पार्टी (पीएएन) र इन्स्टिट्युशनल रिभोल्युशनरी पार्टी (पीआरआई) ले देशमा शासन गर्दै आएका छन् । सन् १९२९ देखि २००० सम्म पीआरआई पार्टीका उम्मेदवार राष्ट्रपति भए भने सन् २००० देखि २०१२ सम्म दुई कार्यकाल पीएएनले सत्ता सम्हाल्यो । फेरि २०१२ को चुनावमा पीआरआईले सत्तामा पुनः कब्जा जमायो र एनरिक पेना नेइटो हाल मेक्सिकोका राष्ट्रपति छन् ।  मेक्सिकोको पछिल्लो इतिहासलाई ह...

आसामका मुस्लिम यसरी बन्दैछन् अनागरिक !

Image
हर्ष मन्दर/दिसपुर ३० जुनमा आसाममा नागरिकता दर्ता अपडेट गर्ने लामो प्रक्रिया पूरा भएको छ । सर्वोच्चको निगरानीमा चलिरहेको प्रक्रिया आसाको भारतीयको नाम प्रकाशित भएपछि समाप्त हुनेछ । यसको कारण आसाममा रहेका बंगालीभाषी करिब ९० लाख मुस्लिमहरुमा त्रासको माहौल सिर्जना भएको छ । मुस्लिम समुदायका जस्तै सानो संख्यामा रहेका बंगाली मूलका हिन्दूहरु पनि तनावमा परेका छन् । नागरिकताको राष्ट्रिय दर्ता प्रक्रियाको संयोजन गरिरहेका अधिकारी डा.प्रदीप हजेलालाई उदृत गर्दै करिब ४८ लाख आसामीले भारतीय नागरिक भएको प्रमाण पेश गर्न नसकेको समाचार आएको छ । तर, उनले यसको खण्डन गर्न आफ्नो हवाला दिँदै समाचार छाप्ने पत्रकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् । उनले राज्यमा अवैध रुपमा बसिरहेकाको संख्या ५० हजारको हाराहारी रहेको बताएका छन् । अब यसरी नागरिकता पाउनबाट बञ्चित हुनेलाई के विदेशी ठहर गरिन्छ ? यो सवाल अहिले जबरजस्त रुपमा उठेको छ । यस्तो अवस्थामा बंगलादेशी ठहर हुनेलाई स्वदेश फर्काउन भारतसँग कुनै सम्झौता नभएको अवस्थामा केही पुस्तादेखि भारतलाई आफ्नो देश मानेर बसिरहेका उनीहरुको अवस्था के हुन्छ भन्ने स्पष्ट छै...

टर्कीमा शक्तिशाली राष्ट्रपति : निर्वाचित सर्वसत्तावादको खतरा

Image
केशरमणि कटुवाल गणतन्त्र टर्की पश्चिम एसियामा अवस्थित युरेसियन देश हो । आठ देशसँग सीमा जोडिएको टर्कीको ठूलो भूभाग एसियामा र सानो भूभाग युरोपमा पर्छ । युरोपेली युनियनमा आबद्ध हुन प्रयासरत टर्की बेलाबेलामा आतंकवादी हमलाका निशानामा समेत पर्दै आईरहेको छ । सन २०१६ मा टर्कीमा सैनिक ‘कु’ को असफल प्रयास भयो । त्यसै सैनिक ‘कु’ असफल प्रयासबाट आफ्नो शक्तिलाई सुदृढ गरे, राष्ट्रपति रिसेप तैयप एर्दोगानले । उनका निकटस्थहरुले ‘सर’ र प्रशंसकहरुले ‘बोस’ भनेर बोलाउने उनी गत साताको चुनावबाट ५२ प्रतिशत मतसहित निर्वाचित भएका छन् । यो जितपछि उनी अब ‘सर’ र ‘बोस’ भन्दा पनि शक्तिशाली बनेका छन् । यतिमात्रै होइन यो भोट बिना नै ६४ वर्षीय स्लामिक नेता एर्दोगान टर्कीको इतिहासकै दोस्रो शक्तिशाली नेता थिए । यसभन्दा अघि टर्कीका संस्थापक मुस्तफा कमाल अतातुर्क अर्थात मुस्तफा कमाल पासामात्रै यति शक्तिशाली थिए । एर्दोगान अत्यन्तै असहिष्णु नेताका रुपमा चिनिन्छन् । उनले आफू सत्तामा आएदेखि नै विरोधीहरुलाई सत्ताको शक्ति प्रयोग गरेर दमन गर्दै आएका छन् । यसबाट त्यहाँको ठूलो हिस्सा असन्तुष्ट छ ।  सन् २०१४ मा राष्ट्रप...

जसले २२ बर्षमा बाबु को हो भन्ने प्रश्नको उत्तर पाए

Image
२२ वर्ष पछि ‘बाबु को हो ?’ भन्ने प्रश्नको उत्तर पाए, उनले । सन्तुष्ट छन्, उनी । स्वतन्त्र जीवन छ । तर, बाल्यकालमा पाएको दुःख बिर्साउने गरी केही गर्ने जोश र अठोट छ । त्यसैले तय भयो, उनको सगरमाथा यात्रा ।

ट्रम्प–किम शिखरवार्ता : उत्साहहीन तर सकारात्मक

Image
केशरमणि कटुवाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग–उनबीच १२ जुनमा सिंगापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको छ । एक वर्षअघिसम्म एक अर्काविरुद्ध परमाणु हमलाको धम्की दिइरहेका अमेरिका र उत्तर कोरिया वार्ताको एउटै टेबलमा बस्ने कुरालाई कूटनीतिक रुपमा उपलब्धीकै रुपमा लिइएको छ । ट्रम्प र किमबीच पछिल्लो १८ महिनामा देखिएको उदारचढावपूर्ण सम्बन्धकै बीचमा यो शिखर वार्ता भइरहँदा दुई नेताले कुन–कुन विषयमा ठोस वार्ता गर्छन् ?, उनीहरुको बैठकले संसारलाई एक सुरक्षित स्थान बनाउँछ ?, उत्तर कोरियाली जनताको जीवनमा यसले के असर पार्ला ?, कि यो ट्रम्प र किमलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने प्रचार ‘स्टन्ड’ हो ?, भन्नेजस्ता प्रश्न विश्वबाटै गरिएको थियो । वार्ता सकारात्मक रुपमा सम्पन्न भएपनि यी सबै प्रश्नको जवाफ आइसक्ने बेला भइसकेको छैन । दुई परमाणु हतियार सम्पन्न मुलुकका नेताहरुबीचको यो वार्तालाई कोरियाली प्रायद्वीपमा शान्ति स्थापना तथा हतियारको होडबाजीमा सिर्जित तनाव अन्त्यको एउटा महत्वपूर्ण पाटोका रुपमा लिइएको छ ।  पश्चिमा राष्ट्रकै भाषामा उत्तर कोरि...